सुनवल । सुनवल नगरपालिकाका नवनिर्वािचत नगरप्रमुख विमला अर्यालले समृद्ध सुनवल, सुखी सुनवलवासीको परिकल्पना गरेको बताएकी छन् । स्थानिय तह निर्वाचन २०७९ बाट निर्वाचित सुनवल नगरपालिकाका जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित नगरप्रमुख अर्यालले प्रतिवद्धता व्यक्त गर्दै जनताको आधारभुत आवश्यकता अन्तर्गत सुनवलवासीहरुलाई स्वस्छ पानीको लागी न्युनतम ५ हजार लि. पानी निशुल्क उपलब्ध गराउने निर्णय बताईन् ।
सपथ ग्रहण कार्यक्रममा प्रदेश सभा सदस्य वैजनाथ चौधरीले सुशासनमा जोड दिदै नवनिर्वाचित सवै जनप्रतिनिधिहरुलाई आर्थिक ऐन वनाउनुपर्ने बताए । आर्थिक ऐन विना कुनै पनि कर उठाउन र खर्च गर्न नपाउने भन्दै ऐनलाई हुवहु पालना गर्नुपर्ने उनको भनाई छ ।
सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक कोइरालाको स्वागत मन्तब्य रहेको कार्यक्रममा प्रदेश सभासद भगवती भण्डारी, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, राष्ट्रिय प्रजातन्त्र पाटीको केन्द्रीय सदस्य देवि घिमिरे, जिल्ला सहकारी संघका अध्यक्ष विष्णु प्रसाद पौडेल, लगायतले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
सोहि अवसरमा स्थानिय तहको निर्वाचन २०७५ मा निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान पत्र सहित विदाई गरिएको थियो । साथै नवनिर्वाचित नगर प्रमुख, उपप्रमुख र वडाध्यक्ष सहितका सवै जनप्रतिनिधिहरुले सहिद विष्णु पाण्डे प्रतिष्ठानमा सहिदलाई पुष्पाअर्पण गरि कार्यकक्ष प्रवेश गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology