१७ वैशाख एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्समाथि ७ विकेटको सानदार जित निकालेको छ । ओपनर पृथ्वी शाको उत्कृष्ट ब्याटिङको सहयोगमा दिल्ली यो जितसँगै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको हो ।
नरेन्द्रमोदी क्रीकेट स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकत्ताले निर्धारित २० ओभरमा १५४ रन बनाएको थियो । १५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले तीन विकेटको क्षतिमा १६.३ ओभरमै जित हासिल गरेको हो ।
दिल्लीको जितमा पृथ्वी शाले ४१ बलमा ८२ रन बनाएका थिए भने शिखर धवनले ४६ रन बनाएका थिए । त्यस्तै कप्तान ऋषव पन्तले १६ रन बनाएका थिए भने मार्कस स्टोइनिसले अविजित ६ रन बनाए । बलिङतर्फ कोलकोताका पाट कमिन्सले ३ विकेट लिएका थिए ।
कोलकोताका लागि आन्द्रे रसेलले अविजित २७ बलमा ४५ रन बनाए भने शुभमन गीलले ४३ रन बनाए । त्यस्तै राहुल त्रिपाठीले १९, नितिश रानाले १५, दिनेश कार्तिकले १४ र पाट कमिन्सले अविजित ११ रन बनाएका थिए । बलिङतर्फ दिल्लीका अक्सर पटेल र ललित यादवले २-२ विकेट लिए भने अभेश खान र मार्कस स्टोइनिसले एक-एक विकेट लिएका थिए ।
यसअघि बिहीवार नै सम्पन्न पहिलो खेलमा राजस्थान रोयल्स पराजित भएको छ । राजस्थानलाई मुम्बई इण्डियन्सले ७ विकेटले पराजित गरेको हो । 
दिल्लीको अरुण जेट्ली स्टेडियममा टस हारेर पहिले बलिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा १७१ रन बनाएको थियो ।
१७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले १८.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
जितसँगै ७ खेल खेलेको दिल्ली क्यापिटल्स अंक तालिकाको दोस्रो नम्बरमा पुगेको छ । भने समान खेल खेलेको कोलकत्ता पाँचौं नम्बरमा छ।
उता मुम्बई ६ खेलमा ६ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । समान ६ खेल खेलेको राजस्थान ४ अंकका साथ सातौं स्थानमा छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology