Logo

२०८३, श्रावण २७गते


images
images

इलेक्सन लेन्स

रुपन्देही - १ : झण्डै डेढ लाख मतदाता, अढाई दर्जन उम्मेदवार

रुपन्देही - १ : झण्डै डेढ लाख मतदाता, अढाई दर्जन उम्मेदवार

देवदह, तिलोत्तमा, रोहिणी र ओमसतीयाका ३३ वडामा १ लाख ४६ हजार ८ सय २४ मत
images
  • रुपन्देही - १ : झण्डै डेढ लाख मतदाता, अढाई दर्जन उम्मेदवार
    images
    images

    देवदह । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवारी दर्ता गरेसँगै देशभर चुनावी सरगर्मी बढेको छ । रुपन्देहीको क्षेत्र नम्बरमा १ मा पनि दलका उम्मेदवार तथा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका प्रतिनिधिहरुले आफ्ना चुनावी गतिविधिलाई तिव्रता दिन थालेका छन् । 

    images
    images
    images

    क्षेत्र नं १ मा राजनीतिक दलका तर्फबाट २० जना र स्वतन्त्रबाट ११ जना गरि जम्मा ३१ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत कपिल पौडेलले जानकारी दिए । देवदह-७, शितलनगरमा रहेको निर्वाचन कार्यालयमा नेकपा एमालेको तर्फबाट दधिराम न्यौपाने, नेपाली काग्रेसको तर्फबाट हिरा केसी, नेपाली कम्यूनिष्ट पार्टीको तर्फबाट घनश्याम यादव, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सुनिल लम्साल र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रज्वल बोहोराले उम्मेदवारी दर्ता गराएका छन् । 

    images
    images
    images

    यसैगरी नागरिक उन्मुक्ति पार्टी नेपालको तर्फबाट डा. उमाशंकर चौधरी, नेकपा माओवादीको तर्फबाट मदनबहादुर चौधरी, जनता समाजवादी पार्टी नेपालको तर्फबाट मोहम्मद असलाम खाँ, राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट झमबहादुर गुरुङ्ग, जनमत पार्टीको तर्फबाट निलुकुमारी चौधरीको उम्मेदवारी दर्ता भएको छ । 

    images
    images
    images

    यस्तै राष्ट्रिय जनमोर्चाको तर्फबाट हरि केसी, मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट शिवबहादुर गुरुङ्ग, नेपाल मजदुर किसान पार्टीको तर्फबाट हिमलाल पाण्डे, नेशनल रिपव्लिक नेपाल पार्टीको तर्फबाट खिलबहादुर गाहाले उम्मेदवारी दर्ता गराएका छन् ।

    त्यसैगरी उज्यालो नेपाल पार्टीबाट अशोक कुमार चौधरी, श्रम संस्कृति पार्टीबाट छविलाल गुरुङ्ग, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट श्री बहादुर कुँवर, नेपाल कम्यूनिष्ट पार्टी संयुक्त बाट रामचन्द्र भट्टराई, नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) बाट मदनबहादुर थारु, आम जनता पार्टीको तर्फबाट बदरु दोजा फकिर रहेका छन् । 

    क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवारको रुपमा केशव अर्याल, गीता सापकोटा, गोविन्द पंगेनी, एकबहादुर विक, धर्मबहादुर केसी, मकसुद अलि, महेश्वर भण्डारी, शंकर खत्री, सचिन विक र सागर अधिकारीको उम्मेदवारी परेको निर्वाचन कार्यालय रुपन्देही क्षेत्र नं १ ले जनाएको छ ।

    देवदह, तिलोत्तमा, रोहिणी र ओमसतीयाका ३३ वडामा १ लाख ४६ हजार ८ सय २४ मत

    रुपन्देहीको क्षेत्र नम्वर १ मा देवदहका सबै अर्थात १२ वटा वडा, तिलोत्तमा नगरपालिकाका ९ वटा (वडा नं ७, ८, ९, १०, ११, १२, १५, १६, १७), रोहिणी गाउँपालिकाका सबै ७ वटा र ओमसतिया गाउँपालिकाका ५ वटा ( वडा नं १, ३, ४, ५, ६) वडा क्षेत्र नं १ मा समावेश छन् । जसमा कुल १ लाख ४६ हजार ८ सय २४ मतदाता रहेका छन् । 

    कुल ४५ वटा मतदान स्थल रहेको रुपन्देही निर्वाचन क्षेत्र नं १ मा १५९ वटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालय क्षेत्र नं १ रुपन्देहीका प्रवक्ता कमल नेपालीले जनाएका छन् । क्षेत्र नं १ को कुल मतदाता संख्या १ लाख ४६ हजार ८ सय २४ रहेको प्रवक्ता नेपालीले जानकारी दिए ।

    देवदह : कुन वडामा कति मतदाता ?

    मतदाता संख्याको हिसावले हेर्दा देवदहमा १३ वटा मतदान स्थल रहेका छन् । ५५ वटा निर्वाचन केन्द्र रहेको देवदहमा ५१ हजार ६९ मतदाता छन् । 

    वडागत रुपमा हेर्दा देवदह नगरपालिको वडा नं १ मा ३ हजार ६ सय ६९ मतदाता रहेका छन् भने वडा नं. २ मा ३ हजार ३ सय ७६ मतदाता रहेका छन् । यस्तै वडा नं ३ मा ३ हजार ४ सय २ मतदाता रहँदा वडा नं ४ मा ३ हजार ७ सय मतदाता रहेका छन् । वडा नं ५ को मतदाता संख्या ६ हजार ४७ छन् भने वडा नं ६ को मतदाता संख्या ३ हजार ५ सय ६९ रहेको छ । 

    यसैगरी वडा नं ७ को मतदाता संख्या ५ हजार ७ सय ७१ रहँदा वडा नं ८ मा ३ हजार ७ सय ७५ मतदाता रहेको देखिन्छ । मतदाता नामावलीमा उल्लेख भए अनुसार वडा नं ९ मा ४ हजार १ सय ७९ जना र वडा नं १० मा ५ हजार ७ सय १७ मतदाता रहेका छन् । यस्तै वडा नं ११ मा ४ हजार १ सय ७६ र वडा नं १२ मा ३ हजार ६ सय ८८ रहेको छ ।

    तिलोत्तमा : १२ मतदान स्थल, ५० मतदान केन्द्र

    यस निर्वाचन क्षेत्रमा पर्ने तिलोत्तमा नगरपालिकाको ९ वटा वडामा १२ वटा मतदान स्थल रहेका छन् । ५० वटा मतदान केन्द्र रहेको तिलोत्तमामा जम्मा मतदाता संख्या ४६ हजार ७ सय ७९ रहेको छ ।

    वडागत रुपमा हेर्दा तिलोत्तमाको वडा नं ७ मा ७ हजार ३ सय ३७, वडा नं ८ मा ४ हजार ९ सय ७२, वडा नं ९ मा ५ हजार १ सय ५६, वडा नं १० मा ३ हजार ६ सय ५, वडा नं ११ मा ७ हजार ६ सय ९२ मतदाता रहेका छन् ।

    यस्तै वडा नं १२ मा ३ हजार ५ सय ७६, वडा नं १५ मा ४ हजार ५ सय ९२, वडा नं १६ मा ४ हजार ३ सय ७७ र वडा नं १७ मा ५ हजार ४ सय ७२ मतदाता रहेको निर्वाचन कार्यालयको मतदाता सुचीमा उल्लेख छ ।

    रोहिणी : २७ हजार ६ सय ८८ मतदाता

    यसैगरी क्षेत्र नं १ अन्तर्गत पर्ने रोहिणी गाउँपालिकाको ७ वटा वडामा ११ वटा मतदान स्थल रहेका छन् । ३२ वटा मतदान केन्द्र रहेको रोहिणीमा मतदाता संख्या २७ हजार ६ सय ८८ रहेको छ ।

    वडागत रुपमा हेर्दा वडा नं १ मा ३ हजार ९ सय ३७, वडा नं २ मा ४ हजार ७ सय १०, वडा नं ३ मा ५ हजार ३ सय २७,  वडा नं ४मा ३ हजार ६ सय ६०, वडा नं ५ मा २ हजार ९ सय ११, वडा नं ६ मा ३ हजार ३ सय ३३ र वडा नं ७ मा ३ हजार ८ सय १० मतदाता रहेको निर्वाचन कार्यालय क्षेत्र नं १ बाट प्राप्त तथ्याङ्कमा उल्लेख छ । 

    यसैगरी ५ वटा वडाहरु क्षेत्र नं १ मा पर्ने ओमसतिया गाउँपालिकामा ९ वटा मतदान स्थल रहेको छ । २२ वटा मतदान केन्द्र रहेको ओमसतियामा मतदाताको संख्या २१ हजार २ सय ८८ रहेको छ । 

    वडागत हिसाबले हेर्दा ओमसतियाको वडा नं १ मा ४ हजार १ सय ८०, वडा नं ३ मा ३ हजार ९ सय ३०, वडा नं ४ मा ५ हजार ३ सय ७२ वडा नं ५ मा ३ हजार ८ सय ४८ र वडा नं ६ मा ३ हजार ९ सय ५८ मतदाता रहेका छन् ।


    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।