माघ ६ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि रुपन्देहीको क्षेत्र नम्वरमा १ मा १६ वटा राजनैतिक दलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन आयोगको कार्यालय, रुपन्देही क्षेत्र नं १ मा साँझ ५ बजेसम्म राजनीतिक दल बाहेक ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृत कपिल पौडेलले जानकारी दिए । ‘उम्मेदवारीको क्रम साँझ ५ बजेपछि पनि अझै जारी रहेको छ ।’ अधिकृत पौडेलले भने, ‘लाईनमा रहेकालाई हामीले रोक्न मिल्दैन त्यसैले दर्ताको क्रम सकिएपछि मात्र यकिन संख्या भन्न सकिने अवस्था छ ।’
देवदह–७, शितलनगरमा रहेको निर्वाचन कार्यालयमा नेकपा एमालेको तर्फबाट दधिराम न्यौपाने, नेपाली काग्रेसको तर्फबाट हिरा केसी, नेपाली कम्यूनिष्ट पार्टीको तर्फबाट घनश्याम यादव, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सुनिल लम्साल र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रज्वल बोहोराले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी नागरिक उन्मुक्ति पार्टी नेपालको तर्फबाट डा. उमाशंकर चौधरी, नेकपा माओवादीको तर्फबाट मदनबहादुर चौधरी, जनता समाजवादी पार्टी नेपालको तर्फबाट मोहम्मद असलाम खाँ, राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट झमबहादुर गुरुङ्ग, जनमत पार्टीको तर्फबाट निलुकुमारी चौधरीको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै राष्ट्रिय जनमोर्चाको तर्फबाट हरि केसी, नेशनल मंगोल अर्गनाइजेसनको तर्फबाट शिवबहादुर गुरुङ्ग, नेपाल मजदुर किसान पार्टीको तर्फबाट हिमलाल पाण्डे, नेशनल रिपव्लिक पार्टीको तर्फबाट खिलबहादुर गाहाले उम्मेदवारी दर्ता गराएका छन् ।
राजनीतिक दलका उम्मेदवारहरुले दलबल सहित निर्वाचन कार्यालयमा पुगेर प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका हुन । रुपन्देहीको क्षेत्र नम्वर १, मा १ लाख ४६ हजार ८ सय २४ मतदाता रहेका छन् । यस क्षेत्रबाट २०७९ को निर्वाचनमा नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा निर्वाचित भएका थिए । ४५ वटा मतदान स्थल र १५९ वटा मतदान केन्द्र रहेको निर्वाचन क्षेत्र नं १ मा कुल १ लाख ४६ हजार ८ सय २४ मतदाता रहेको कार्यालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology