Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधिसभा निर्वाचन

मेरो कार्यकालमा विकासका काम तिव्र रुपमा अघि बढे : पूर्व सांसद विश्वकर्मा

मेरो कार्यकालमा विकासका काम तिव्र रुपमा अघि बढे : पूर्व सांसद विश्वकर्मा

images
  • मेरो कार्यकालमा विकासका काम तिव्र रुपमा अघि बढे : पूर्व सांसद विश्वकर्मा
    file photo
    images
    images

    देवदह । रुपन्देही क्षेत्र नं १ का पूर्व सांसद छविलाल विश्वकर्माले आफ्नो कार्यकालमा रुपन्देही क्षेत्र नम्बर १ को विकास तीव्र रूपमा अघि बढेको बताएका छन् । 

    images
    images
    images

    नेकपा एमालेको चुनावी अभियान अन्तर्गत तिलोत्तमा-१२ मा निर्वाचन परिचालन सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकार परिवर्तनका कारण क्षेत्रमा संचालन भएका केही योजनाहरू अधुरा रहको उल्लेख गरे । एमाले पुनः सरकारमा आएमा ती सबै काम पूरा हुने भएकाले वर्तमान उम्मेदवार दधिराम न्यौपानेलाई जिताउन क्षेत्रबासी लाग्नुपर्ने उनले बताए । 

    images
    images
    images

    सोही कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार न्यौपानेले देशको समग्र विकास र जनताको आवश्यकताहरू पूरा गर्न सक्ने पार्टी नेकपा एमाले मात्रै भएको दावी गरे । पार्टीका केन्द्रिय सदस्य समेत रहेका न्यौपानेले सुकुम्बासी समस्या समाधानका लागि देवदह नगरपालिकाबाट लालपुर्जा वितरणको शुरुआत गरिएको र बाँकी कामहरू पनि एमालेकै नेतृत्वमा सम्पन्न हुने बताए । 

    images
    images
    images

    कार्यक्रममा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले नयाँ भनिएका दलहरूसँग जनताको पक्षमा ठोस योजना नभएको आरोप लगाए । उनले एमालेको नेतृत्वमा विकास र स्थायित्व सुनिश्चित हुने दाबी गरे । 

    नेकपा एमाले तिलोत्तमा-१२ निर्वाचन परिचालन समितिका संयोजक यादव अर्यालले बजारमा जति नै हल्ला भएपनि अन्ततः जित एमालेकै हुने दाबी गरे । एमाले तिलोत्तमा-१२ का पूर्व अध्यक्ष डिबी भण्डारीको स्वागत र कार्यवाहक सचिव नागेश्वर यादवको संचालनमा कार्यक्रम भएको हो ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।