Logo

२०८३, मंसिर ४गते


images
images

राजनीति

सुरक्षा निकायको संलग्नता गराएर एमालेलाई निर्वाचनमा पराजित गराइयो- ओली

सुरक्षा निकायको संलग्नता गराएर एमालेलाई निर्वाचनमा पराजित गराइयो- ओली

images
  • सुरक्षा निकायको संलग्नता गराएर एमालेलाई निर्वाचनमा पराजित गराइयो- ओली
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुरक्षा निकायको संलग्नतासमेत गराएर एमालेलाई निर्वाचनमा पराजित गरिएको आरोप लगाएका छन् ।

    images
    images
    images

    एमालेको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले निर्वाचनमा पार्टीले व्यहोरेको पराजयलाई आन्तरिक कमजोरीको परिणामका रूपमा मात्रै बुझ्न नहुने बताउँदै त्यसको पृष्ठभूमि सरकारबाट विस्थापित गराइएको अवस्थादेखि विश्लेषण गर्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    उनले निर्वाचनअघि भएका ध्वंसात्मक गतिविधि र आक्रमणले पार्टीलाई प्रतिरक्षात्मक अवस्थामा पुर्‍याएको बताउदै एमाले सरकार विस्थापनका लागि नै वातावरण तयार पारिएको दाबी गरे । उनले भने- 'हामी सरकारबाट अपदस्थ हुँदाको अवस्थाको विश्लेषण नगरि राजनीति हुँदैन । राजनीति बुझ्नका लागि हाम्रो सरकार विस्थापनका लागि बनाइएको वातावरण बुझ्नुपर्दछ ।'

    images
    images

    उनले सामाजिक सञ्जाल र प्रविधिको प्रयोगमार्फत एमालेप्रति नकारात्मक धारणा फैलाइएको आरोप लगाउदै भने- 'अल्गोरिदम लगाएर, सामाजिक सञ्जालका माध्यमबाट हामीलाई जनताबाट टाढा पुर्‍याइयो । हामीप्रति घृणा फैलाएर, अनावश्यक ढंगले सुरक्षा निकायको संलग्नता गराएर एमालेलाई निर्वाचनमा पराजित गराइयो ।'

    ओलीले एमालेले व्यहोरेको राजनीतिक धक्काबाट निराश हुनुपर्ने अवस्था नरहेको बताउदै मौसमी छिचिमिराको उदाहरण दिँदै यस्ता प्रवृत्तिको प्रभाव लामो समय नरहने टिप्पणी गरे ।

    समाजमा फैलिएका भ्रम र निराशा हटाउँदै पुनर्जागरणको अभियान सञ्चालन गर्ने जिम्मेवारी पनि एमालेले लिने बताउदै ओलीले पार्टीलाई आगामी दिनमा थप सशक्त बनाउँदै राजनीतिक चुनौतीको सामना गर्ने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।