Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधिसभा निर्वाचन

प्रत्यक्षमा ३४८६ जानको उम्मेदवारी दर्ता, ३९६ महिला

प्रत्यक्षमा ३४८६ जानको उम्मेदवारी दर्ता, ३९६ महिला

images
  • प्रत्यक्षमा ३४८६ जानको उम्मेदवारी दर्ता, ३९६ महिला
    images
    images

    काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशका १६५ निर्वाचन क्षेत्रमा ३४८६ उम्मेदवारी दर्ता भएको छ । 

    images
    images
    images

    निर्वाचन आयोगका अनुसार माघ ६ गते देशभर एकैपटक सम्पन्न भएको मनोनयन पत्रमा कूल ३४८६ उम्मेदवारीमध्ये ३०८९ पुरुष, ३९६ महिला तथा अन्य १ जना रहेका छन् । यस सूचीमा सामान्य परिवर्तन हुन सक्ने आयोगले जनाएको छ।

    images
    images
    images

    पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार माघ ७ गते दाबी विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ भने आज दिनको दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचवुझ एवम् निर्णय गरी माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

    images
    images
    images

    त्यस्तै माघ ९ गते विहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।