Logo

२०८३, श्रावण २७गते


images
images

आइपिएल सिजन- १४

हैदराबादलाई हराए संगै चेन्नई लिगको शिर्ष स्थानमा उक्लियो

हैदराबादलाई हराए संगै चेन्नई लिगको शिर्ष स्थानमा उक्लियो

images
  • सेतोमसी सहकर्मी
  • हैदराबादलाई हराए संगै चेन्नई लिगको शिर्ष स्थानमा उक्लियो
    images
    images

    १६ बैसाख एजेन्सी- इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नईले हैदराबादलाई हराएको छ । बुधबार भएको खेलमा हैदराबादलाई ७ विकेटले हराए संगै चेन्नई लिगको शिर्ष स्थानमा उक्लिएको छ ।
     
    टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । हैदराबादका लागि डेभिड वार्नर र मनिस पाड्याले अर्धशतकीय पारी खेले । FB_IMG_1619654806287.jpg

    images
    images
    images

    ४६ बल खेलेका मनिसले ५ चौका र १ छक्काको सहयोगमा ६१ रनको योगदान गरे । त्यस्तै ५५ बल खेलेका वार्नरले ३ चौका र २ छक्काको सहयोगमा ५७ रन बनाए । त्यस्तै केन विलियमसनले २६ रनको योगदान गरे । बलिङतर्फ चेन्नईका लागि लुङ्गी एन्गिडीले २ विकेट लिए । त्यस्तै एक करणले एक विकेट लिए । खेल दिल्लीमा भएको थियो ।

    images
    images
    images


    हैदरावादले दिएको १७२ रनको लक्ष्य चेन्नईले १८ ओभर ३ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो । चेन्नईका लागि रितुराज गाइक्वाड र फाफ डू प्लेसिसले अर्धशतकीय पारी खेले । FB_IMG_1619655123344.jpg

    images
    images
    images

    गाइक्वाडले १२ चौकाको सहयोगमा ७५ रन बनाए त्यस्तै डू प्लेसिसले ६ चौका र १ छक्काको सहयोगमा ५६ रन बनाए ।सुरेश रैनाले १७ रन बनाउँदा मोइन अली १५ र रविन्द्र जडेजाले ७ रन बनाए । बलिङतर्फ हैदरावादका रासिद खानले ३ विकेट लिए ।

    ६ खेल खेलेको चेन्नई पाँच खेलमा जित निकाल्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ भने समान खेल खेलेको हैदरावाद पाँच खेलमा हार व्यहोर्दै तालिकाको पुछारमा छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।