बुटवल उपमहानगरपालिकाले महामारी नियन्त्रणका लागि हुने निषेधाज्ञाको समयमा स्वास्थ्य, आइसोलेशन तथा क्वारेन्टिन निर्माण, सरसफाइ तथा खानेपानी वितरणसम्बन्धित सेवाप्रवाहलाई नियमितरूपमा सञ्चालन गर्नेभएको छ ।
जनस्वास्थ्यको संवेदनशीलतालाई प्राथमिकतामा राख्दै उपमहानगरपालिकाले सम्बन्धित विषयमा जिम्मेवार कर्मचारीलाई स्वास्थ मापदण्ड अनुसार जुनसुकै समयमा कार्यालयमा उपस्थित गराउने भएको छ ।
सेवाप्रवाहलाई नियमितरूपमा सञ्चालन गर्न महाशाखाका प्रमुख एवम् अधिकृतहरुलाई विषयगत जिम्मेवारी तोकिएको र सम्पुर्ण कामको समन्वय प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले गर्ने भएका छन।
उपमहानगर प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्यले महामारीको रोकथाम, नियन्त्रण र समुदायमा हौसला बढाउने काममा जनप्रतिनिधि, कर्मचारीलाई निजी क्षेत्र र नागरिक समाजको साथ लिएर थप अग्रसर बन्न निर्देशन समेत दिएका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology