१५ बैशाख एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) को मंगलबारको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर ले दिल्ली क्यापिटल्सलाई मात्रै १ रनले हराउदै रोमान्चक जित निकालेको छ ।
नरेन्द्र मोदी स्टेडियम अहेमदाबादमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैंगलोरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७१ रन बनाएको थियो । बैंगलोरका लागि एबी डि भिलियर्सले विस्फोटक ब्याटिङ गर्दै ७५ बनाएका हुन । उनले ५ छक्का र ३ चौका प्रहार गरेका थिए ।
बलिङतर्फ दिल्लीका अक्षर पटेल, अमित मिश्रा, अवेश खान, कसिगो रबाडा र इशान्त शर्माले एक-एक विकेट लिए ।
१७२ रनको लक्ष्य पाएको दिल्ली क्यापिटल्सले राम्रै शुरुआत गरे पनि बीचमा रन रेट बढाउन नसक्दा पछिल्ला ओभरमा दबाबमा परेको थियो । दिल्लीको स्कोर ४७ रन हुँदा तीन ब्याट्सम्यान पृथ्वी श, स्टिभन स्मिथ र शिखर धवन आउट भएपछि दिल्ली निकै दबाबमा परेको थियो ।
तर मार्कस स्टोइनिस र कप्तान रिषभ पन्तबीच राम्रै साझेदारी भएको थियो । कप्तान ऋषभ पन्तले अविजित ५८ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् ।
यसैबीच, मैदानमा प्रवेश गरेका विस्फोटक ब्याट्सम्यान शिमरन हेटमायरले ५३ रन बनाए जसमा उनले ४ छक्का र ३ चौका सामेल थियो । बलिङतर्फ बेंग्लोरका हर्षल पटेलले २, केल जेमिसन र मोहम्मद सिराजले एक- एक विकेट लिए ।
यो जितसँगै बैंगलोर अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।
लिगको अंक तालिका
१. बैंगलोर – १० अंक
२. चेन्नइ – ८ अंक
३. दिल्ली – ८ अंक
४. मुम्बई – ४ अंक
५. कोलकाता – ४ अंक
६. पंजाब – ४ अंक
७. राजस्थान – ४ अंक
८. हैदराबाद – २ अंक
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology