देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तरगत शुक्रवार विभिन्न तहमा प्रतियोगिता सम्पन्न गरेको छ ।
जुनियर तह कक्षा ४ र ५ तर्फ अंग्रेजी उच्चारण प्रतियोगिता भयो । प्रतियोगितामा पूर्णिमा थापाले प्रथम, अविश्रान्त न्यौपानेले द्धितीय, पुरुषोत्तम न्यौपाने र रिवाज जि.सी. तृतीय स्थान प्राप्त गर्न सफल भए ।
त्यसैगरी सिनियरतर्फ कक्षा ६–१० छात्रा '७ ए साइड' अन्तरसदनात्मक फुटवल प्रतियोगितामा ब्लु सदनले प्रथम र रेड सदनले द्धितीय स्थान प्राप्त गर्यो । साथै छात्रा कपर्दी प्रतियोगितामा ग्रीन सदनले प्रथम र रेड सदनले द्धितीय स्थान प्राप्त गरे । यसैगरी सिनियरतर्फ कक्षा ६–१० छात्र कपर्दी प्रतियोगितामा ग्रीन सदनले प्रथम र एल्लो सदनले द्धितीय स्थान प्राप्त गरे ।
खेल शिक्षक सुजता रानाको संयोजकत्वमा सञ्चालन भएको कार्यक्रममा उमेश राना, प्रदिप सापकोटा र रितेश थापाले रेफ्रीको भूमिका निर्वाह गरेका थिए । थियो भने अंग्रेजी उच्चारण कार्यक्रम एलिना गैरे, अन्जु श्रेष्ठ र आरती रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology