Logo

२०८३, श्रावण २७गते


images
images

शिक्षा

सगरमाथामा सरस्वती पूजा सहित पुरस्कार वितरण

सगरमाथामा सरस्वती पूजा सहित पुरस्कार वितरण

images
  • सगरमाथामा सरस्वती पूजा सहित पुरस्कार वितरण
    images
    images

    देवदह । सगरमाथा आवासिय माध्यमिक विद्यालय देवदह-७ ले वषन्त पञ्चमीको अवसरमा सरस्वती पूजा गर्दै विद्यार्थीहरुलाई पुरस्कार वितरण कार्यक्रम गरेको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरि सरस्वती पूजा एवम् पुरस्कार वितरण गरिएको हो । 

    images
    images
    images

    सोहि अवसरमा बोल्दै प्रमुख अतिथी लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रिय क्याम्पसका प्रमुख दयानिधी गौतमले लगनशिलता र निरन्तरको प्रयासले विद्यार्थीहरुमा सफलता मिल्ने बताए । विद्यार्थी र अभिभावकको लागि उत्प्रेरक प्रवचन दिएका गौतमले निराशाका कारण नकारात्मकता बढ्ने उल्लेख गर्दै सकारात्मक सोँचको विकास गर्न आवश्यक रहेको बताए ।

    images
    images
    images

    उनले पछिल्लो समय किताव पढ्ने बानिमा कमि आएको जनाउँदै सामाजिक सञ्जाल र मोवाईलको अनावश्यक प्रयोगले बालबालिकालाई कुलत तर्फ अग्रसर बनाउने खतरा बढ्दै गएको बताए ।

    images
    images
    images

    विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद पौडेलले गुणस्तरिय शिक्षाको लागि सगरमाथाले हालसम्म पनि संघर्ष गरिरहेको बताए । ‘म अहिले पनि सिक्ने र सिकाउने कार्य नै गरिरहेको छु ।’ प्रिन्सिपल पौडेलले भने, ‘मेरो सम्पूर्ण टिम नयाँ सोँच र तौर तरिका अपनाएर शैक्षणिक क्रियाकलाममा अरोरात्र खटिरहनुभएको छ ।’ 

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराज मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा उपेखा गुरुमा, विद्यालय व्यवस्थापन मितिका सदस्य लता चापागाई लगाएतले बोल्दै सगरमाथा यस क्षेत्रकै अग्रणी शैक्षिक संस्था भएको बताए ।
    कार्यक्रममा विद्यालयका विभिन्न कक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई पुरस्कृत तथा इप्साको खेलकुद कार्यक्रममा बिजेता खेलाडीहरुलाई सम्मान गरिएको थियो । 

    विद्यालयका सहायक प्रिन्सिपल लेखनाथ काफ्लेको स्वागत र प्रदिप अधिकारीको सञ्चालनमा कार्यक्रम भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सगरमाथा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।