Logo

२०८३, श्रावण २७गते


images
images

शिक्षा

सगरमाथा आवासीय माविमा शिक्षक-अभिभावक अन्तरक्रिया

सगरमाथा आवासीय माविमा शिक्षक-अभिभावक अन्तरक्रिया

images
  • सगरमाथा आवासीय माविमा शिक्षक-अभिभावक अन्तरक्रिया
    images
    images

    देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालय देवदह-७ को कक्षा १० मा अध्ययनरत विद्यार्थीका अभिभावक र शिक्षकबीच अन्तरक्रिया कार्यक्रम भएको छ ।

    images
    images
    images

    कार्यक्रममा प्राचार्य कृष्णप्रसाद पौडेलले आधुनिक समयका विद्यार्र्थीको सिकाइ शैली परम्परागत पुस्ताभन्दा फरक भएकाले घर र विद्यालयबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । उनले विद्यार्थीको शैक्षिक उपलब्धि र व्यवहारिक विकासका लागि अभिभावक तथा शिक्षकबीच नियमित संवाद र सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।

    images
    images
    images

    अन्तरक्रियामा सहभागी अधिकांश अभिभावकले विद्यालयले सञ्चालन गरिरहेको प्रविधियुक्त शिक्षण प्रणालीको प्रशंसा गर्दै यसले विद्यार्थीको सिकाइलाई थप प्रभावकारी बनाएको धारणा व्यक्त गरेका थिए ।

    images
    images
    images

    कार्यक्रममा कक्षा १० का कक्षा शिक्षक सुरज पौडेल र विश्व पौडेलले विद्यार्थीहरूको शैक्षिक प्रगति, उपलब्धि तथा समग्र अवस्थाबारे अभिभावकहरुलाई जानकारी गराएका थिए । 

    ४० जना अभिभावकको सहभागिता रहेको कार्यक्रम विद्यालयका सह-प्राचार्य प्रदीप अधिकारीको सञ्चालनमा भएको हो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सगरमाथा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।