Logo

२०८३, श्रावण २७गते


images
images

देवदह महोत्सव

विद्यालय स्तरीय विज्ञान प्रदर्शनीमा सगरमाथा प्रथम

विद्यालय स्तरीय विज्ञान प्रदर्शनीमा सगरमाथा प्रथम

images
  • विद्यालय स्तरीय विज्ञान प्रदर्शनीमा सगरमाथा प्रथम
    images
    images

    देवदह । देवदहमा जारी दशौँ देवदह महोत्सवमा आयोजित विज्ञान प्रदर्शनीमा सगरमाथा आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ । प्रदर्शनीको मूल्यांकन विज्ञान शिक्षकहरू युवराज घिमिरे र उमाकान्त अधिकारीले गरेका थिए । 

    images
    images
    images

    सात वटा सूचकमा गरिएको मूल्यांकनमा सगरमाथाले सर्वाधिक अंक प्राप्त गरेको मूल्यांकनकर्ता उमाकान्त अधिकारीले बताए । 'सबै विद्यार्थीहरूले अत्यन्त मेहनत गर्नुभएको थियो ।' अधिकारीले भने, 'विज्ञान प्रदर्शनीले विद्यार्थीहरूमा विज्ञानप्रती रुची बढाएको देखियो । हरेक वर्ष सुधार हुँदै गएको छ ।' 

    images
    images
    images

    मूल्यांकनकर्ताका अनुसार प्रतियोगितामा न्यु नमूना बोर्डिङ स्कूल दोस्रो, केरवानी माध्यमिक विद्यालय तेस्रो र सरस्वती शिक्षालय शान्तवना भएको छ । 

    images
    images
    images

    विज्ञान प्रदर्शनीमा उत्कृष्ट चार विद्यालयलाई नगदसहित प्रमाणपत्र एवं सहभागी सम्पूर्ण विद्यालयलाई प्रमाणपत्र प्रदान गरिने प्रदर्शनीका संयोजक चुराबहादुर थापाले जानकारी दिए । 

    माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा देवदह क्षेत्रको कृषि, उद्यम, हस्तकला, पहिचान र पर्यटन सम्भावनालाई एकै ठाउँबाट उजागर गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ । पछिल्ला वर्षहरूमा सञ्चालन भएका व्यापार मेलाहरूले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, बजारमा उत्पादनको पहुँच र पहिचान विस्तारमा सहयोग पु‍¥याउँदै आएको आयोजकको भनाइ छ ।

    मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, सिङ्गिङ आइडल, डान्सिङ स्टार, लोक भजन प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, बाल उद्यान, आकर्षक सेल्फी तथा टिकटक जोन लगायतका आकर्षक रहने जनाइएको छ ।

    स्थानीय तथा सांस्कृतिक खानाका होटलसहित २५० वटा स्टल रहको महोत्सवमा १० करोड रुपैंयाभन्दा बढिको कारोवार हुने जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।