Logo

२०८३, श्रावण २७गते


images
images

सगरमाथामा एसइई दिने विद्यार्थीलाई विदाई

सगरमाथामा एसइई दिने विद्यार्थीलाई विदाई

images
  • सगरमाथामा एसइई दिने विद्यार्थीलाई विदाई
    images
    images

    देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालयमा विद्यालय शिक्षा परिक्षा (एसइई) दिने विद्यार्थीलाई विदाई गरिएको छ । सोमवार विद्यालयका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले एसइईमा सहभागी हुने विद्यार्थीलाई विदाई गरेका हुन् ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले विद्यार्थीलाई अभिभावक, विद्यालय र आफ्नो भविष्यलाई सम्झिएर अध्ययन गर्न आग्रह गरे । 'आजसम्म अभिभावक, विद्यालय र यहाँहरु स्वयंले गर्नुभएको मेहनतको नतिजा पनि एसइई हो ।' उनले भने, 'सबै विद्यार्थी भाइबहिनीहरुलाई तनावमुक्त भएर अध्ययन गर्न आग्रह गर्दछु ।'

    images
    images
    images

    विपुल ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय सन्चालक समिति सदस्य कल्पना पौडेल, सह-प्राचार्यद्वय लेखनाथ काफ्ले र प्रदिप अधिकारी, विद्यार्थीहरु सुबोध पाठक, रोशनी कार्की, दीया बश्याल लगायतले बोलेका थिए । 

    images
    images
    images

    सगरमाथाले आफ्नो २३ औं व्याज एसइईमा सहभागी गराउँदै छ ।  जसमा ७१ जना विद्यार्थीले परिक्षा दिंदै छन् । 

    सगरमाथाबाट २०६२ को एसएलसी परिक्षामा अनिश लामिछाने बोर्ड सेकेन्ड भएका थिए । हालसम्म एक हजार २२२ जना विद्यार्थीलाई एसइई उत्तीर्ण गरिसकेको विद्यालयका सह-प्राचार्य प्रदीप अधिकारीले जानकारी दिए । 

    कक्षा १२ सम्म अध्यापन हुने विद्यालयमा एक हजार पाँच सय ५४ जना विद्यार्थी अध्यनरत छन् । सगरमाथामा एक सय बढी शिक्षक कर्मचारी कार्यरत रहेको विद्यालयले जनाएको छ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सगरमाथा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।