देवदह । सगरमाथा आवासिय माध्यमिक विद्यालय देवदह-७ ले कक्षा १२ को परिक्षामा उत्तिर्ण विद्यार्थीलाई सोमवार एक कार्यक्रम गरि सम्मान गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको यस बर्षको कक्षा १२ को परीक्षामा सम्मिलित भएर उत्तिर्ण भएका १३५ जना विद्यार्थीलाई विद्यालयले सम्मान गरेको हो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै देवदह नगरपालिकाका पूर्व नगर प्रमुख हिराबहादुर खत्रीले यस क्षेत्रको शैक्षिक विकासमा सगरमाथाको योगदान उल्लेख्य रहेको बताए । स्थापनाकालदेखि नतिजामा उत्कृष्टता हासिल गरेको विद्यालय यस क्षेत्रकै अग्रणी शैक्षिक संस्थाको रुपमा आँफुलाई स्थापित गर्न सफल भएको उनले उल्लेख गरे ।
विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले गुणस्तरिय शिक्षामा सगरमाथाले सम्झौता नगर्ने उल्लेख गर्दै कक्षा १०, १२ तथा स्नातक तहमा समेत विद्यालयले राष्ट्रिय स्तरमा उत्कृष्ट नतिजा दिन सफल भएको जानकारी दिए । ‘हामिले यसअघि कक्षा १० मा बोर्ड द्धितिय स्थान हासिल गरेका थियौं, स्नातक तहमा पनि नेपालमै उत्कृष्ट नतिजा पस्किन सफल भयौं ।’ उनले भने, ‘यो बर्षको कक्षा १२ को परिक्षामा देवदह नगरमा ४ जना विद्यार्थीको सर्वोत्कृष्ट नतिजा सहित करिव ८५ प्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल भएका छौं ।’
कार्यक्रममा स्वर्णीम सगरमाथा कलेजका निवर्तमान अध्यक्ष ऋषिराम सापकोटा, विद्यालयका अध्यक्ष डिल्लीराज मरासिनी, अभिभावक केशर बहादुर पुन, रामबहादुर थापा, विद्यार्थीहरु प्रशान्त गैरे, कृति न्यौपाने, दुर्गा तिवारी लगाएतले बोल्दै शिक्षक, अभिभावक र विद्यार्थीको मेहनत र सहकार्यबाट विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको बताए ।
सो अवसरमा कक्षा १२ को परिक्षामा ३.६ जिपिए देखि माथी ल्याउने ७ जना विद्यार्थीलाई मायाको चिनो तथा सम्मान पत्र र अन्य १ सय २८ जना विद्यार्थी तथा अभिभावकहरुलाइ सम्मापत्र प्रदान गरिएको थियो । त्यसैगरी उत्कृष्ट नतिजा दिने १४ जना शिक्षकहरुलाई समेत सम्मान पत्रद्धारा सम्मान गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका सह–प्राचार्य प्रदिप अधिकारीको स्वागत र कक्षा ११, १२ का संयोजक दिपेश विक्रम मल्लको संचालनमा कार्यक्रम भएको हो ।
सरगमाथाले यस बर्षको कक्षा १२ को परिक्षामा कुल १६० जना विद्यार्थी सहभागी गराउँदै ८४।७ प्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल भएको थियो । जसमा १ सय ३५ विद्यार्थी उत्तिर्ण भएका थिए । परिक्षामा सहभागी विद्यार्थी मध्ये प्रशान्त गैरेले ३.८६, दुर्गा तिवारीले ३.८५ दिक्षा आचार्यले ३.८२ तथा सिया जिसीले ३.८१ जिपिए प्राप्त गरेका थिए । उनीहरु नगरमै प्रथम, द्धितिय, तृतिय र चौथो भएको विद्यालयको दावी छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology