Logo

२०८३, श्रावण २७गते


images
images

कक्षा १२ को नतिजा

कक्षा १२ को परिक्षामा नगर प्रथम भएको सरगमाथाको दावी

कक्षा १२ को परिक्षामा नगर प्रथम भएको सरगमाथाको दावी

images
  • कक्षा १२ को परिक्षामा नगर प्रथम भएको सरगमाथाको दावी
    images
    images

    देवदह । राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको यस बर्षको कक्षा १२ को परीक्षामा सरगमाथा आवासिय मावि देवदहले ८४.७ प्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल भएको छ । १६० जना विद्यार्थी परिक्षामा सहभागी गराएको सगरमाथाबाट १३५ विद्यार्थी उत्तिर्ण भएको प्रधानाध्यापक कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

    images
    images
    images

    परिक्षामा सहभागी भएका विद्यार्थी मध्ये सगरमाथाका प्रशान्त गैरेले ३.८६ जिपिए सहित नगर प्रथम भएको विद्यालयको दावी छ । त्यसैगरी ३.८५ जिपिए सहित दुर्गा तिवारी नगर द्धितिय, ३.८२ जिपिए सहित दिक्षा आचार्य नगर तृतिय र ३.८१ जिपिए सहित सिया जिसीले नगरमा चौथो स्थान हासिल गरेको विद्यालयका प्रिन्सिपल पौडेलले दावी गरे । 

    images
    images
    images

    परिक्षामा ३.६१ जिपिए भन्दा माथि ल्याउने विद्यार्थीको संख्या ७ जना रहेको विद्यालयका सहायक प्रधानाध्यापक प्रदिप अधिकारीले जानकारी दिएका छन् । यसैगरी ग्रेट वृद्धिको लागि २३ जना विद्यार्थीले परिक्षा दिने सहायक प्रधानाध्यापक अधिकारीले बताए । 

    images
    images
    images

    यसबर्षको कक्षा १२ को परिक्षामा देशभरबाट नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थी सहभागी भएकोमा सबै विषयमा ग्रेड प्राप्त गर्ने २ लाख ३१ हजार ७७० रहेका छन् ।

    त्यस्तै कुल ४ लाख १८ हजार १७० विद्यार्थी सहभागी भएकोमा २ लाख ६८ हजार १९० विद्यार्थीले सबै विषयमा ग्रेड पाएको बोर्डले जनाएको छ । त्यस्तै आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थी सहभागी भएकोमा ३६ हजार ४२० ले ग्रेड प्राप्त गरेका छन् ।

    कक्षा १२ को नियमिततर्फ ६९.७५ प्रतिशत आंशिकतर्फ ४२.३८ प्रतिशत र कुल ६४.१३ प्रतिशत विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ । 

    गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षा सम्पन्न भएको ३५ दिनमै यस बर्ष नतिजा आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कक्षा १२
  • # सरगमाथा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।