देवदह । रुपन्देहीको देवदहस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा कक्षा ११ का विद्यार्थीले कक्षा १२ का विद्यार्थीलाई विदाई गरेका छन् । शुक्रवार विद्यालय परिसरमा आयोजित कार्यक्रममा कक्षा ११ का विद्यार्थीले औपचारिक कार्यक्रमबीच कक्षा १२ का विद्यार्थीलाई विदाई गरे ।
कार्यक्रममा बोल्दै स्वर्णिम सगरमाथा कलेजका निवर्तमान अध्यक्ष ऋषिराम सापकोटा, विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेल, कलेज संचालक समिति सदस्य विष्णु प्रसाद पौडेल लगायतले विदाई सधैँका लागि छुट्टिनु नभई नयाँ यात्राको सुरुवात भएको उल्लेख गरे । उनीहरुले अभिभावक र विद्यालयले गरेको लगानीको आधारमा विद्यार्थीले नतिजा प्राप्त गर्ने धारणा राखे ।
कार्यक्रममा विद्यालयका सहायक प्राचार्य प्रदीप अधिकारी, कक्षा ११-१२ कोर्डिनेटर दीपेश विक्रम मल्ल, विद्यार्थीहरु शिक्षा पौडेल, सुस्मिता गैरे, रबिन अधिकारी लगायतले बोलेका थिए ।
सो अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology