देवदह । सगरमाथा आवासीय मा.वि. देवदह-७, शीतलनगरको कक्षा ३ मा अध्ययनरत विद्यार्थीहरुका अभिभावक र शिक्षकहरु बिच अन्तरक्रिया कार्यक्रम भएको छ ।
अन्तरक्रियामा अभिभावकहरुले विभिन्न रचनात्मक सुझावहरु राख्दै कक्षा ३, आधारभुत तहको आधार स्तम्भ भएकाले विद्यार्थीहरुको सृजनात्मक क्षमता अभिवृद्धि गर्ने कार्यमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा कक्षा शिक्षकहरु रस्सा के.सी, पूजा घर्तिमगर र बिना पाण्डेले विद्यार्थीहरुको शैक्षिक एवम् अतिरिक्त क्रियाकलापसहितको रिपोट प्रस्तुत गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले अभिभावकहरुलाई आफ्ना बालबालिकाहरुलाई व्यावहारिक क्रियाकलापहरुमा सहभागी गराई उनीहरुलाई हौसला दिनुपर्नेमा जोड दिए । प्राचार्य पौडेलले संस्कार विनाको शिक्षा निरर्थक हुने भएकोले शिक्षालाई व्यावहारिक रुपमा जीवन उपयोगी बनाउनु पर्ने बताए ।
कक्षा ३ का ५५ अभिभावकहरुको सहभागिता रहेको कार्यक्रम शिक्षक रसा के.सीको सञ्चालनमा भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology