Logo

२०८३, आश्विन १०गते


images
images

बुटवलको सडक सञ्जाल विस्तार र स्तरीय हुँदै

बुटवलको सडक सञ्जाल विस्तार र स्तरीय हुँदै

images
  • बुटवलको सडक सञ्जाल विस्तार र स्तरीय हुँदै
    images
    images

    बुटवल ।  मुलुककै धेरै जनसंख्या रहेको बुटवल वडा नं.११ का सडकलाई विस्तार तथा स्तरोन्नति गरि बुटवल चक्रपथ, बुटवल पर्यटन सर्किट, तिलोत्तमा चक्रपथ, सैनामैना चक्रपथ, भैरहवा-लुम्बिनी सडक र विमानस्थलमा जोडिने ठूला मार्गमा जोडिने भएको छ।

    images
    images
    images

    तीमध्येका प्रमुख बाइपास सडक देवी पथ र रङ्गशाला मार्ग विस्तार एवम् स्तरोन्नति कार्यको आज नगर प्रमुख शिवराज सुवेदीले शिलान्यास गर्नुभयाे ।
        
    शिलान्यास समारोहमा उपप्रमुख गुमादेवी आचार्य, प्रवक्ता रामप्रसाद रेग्मी, वडाअध्यक्ष रामचन्द्र क्षेत्री,जनप्रतिनिधिहरू,  इन्जिनियरहरु र टोल विकास संस्थाका अगुवाहरू,राजनीतिक दलका नेताहरुको सहभागिता थियो । 
     संघीय सरकार, मातहतका निकाय, प्रदेश सरकार र मातहतका कार्यालयले बुटवलको सडक सञ्जाल विस्तार र स्तरोन्नतिमा सहकार्य गरेका छन् । 

    images
    images
    images

    रुपन्देहीलाई विकासको रोलमोडल बनाउने संकल्पकर्ता र त्यसलाई साकार पार्ने काममा निरन्तर समर्पित नेपाल सरकारका पूर्वउपप्रधान तथा अर्थमन्त्री  विष्णुप्रसाद पौडेलको अगुवाइमा बुटवल सहित यहाँका अधिकांश पालिकामा विकास निर्माणका काम तीब्र भइरहेका छन् । 
       
     बुटवलको मुख्य भागबाट गएको राजमार्गको चौराहा-गोलपार्क खण्डको काम पनि ठेकेदारले ढिलोगरि अहिले अगाडि बढाएको छ । यस्तै बेलबास-बेथरी सडकको बाँकी खण्ड, बेलबास-नुवाकोट खण्डका अधुरा काम समेत अहिले अगाडि बढ्दैछ । 
     बुटवलको नमुना सडक कालिका पथको विस्तार र स्तरोन्नतिको काम पनि चलिरहेको छ । सडक क्षत्राधिकारमा बनेका संरचना हटाउन ढिलाइ गरेकाले, साइट क्लियरमा ढिकाइ गरिएकाले र कोरोना महामारी तथा लगातारको वर्षाले विकास निर्माणका अधिकांश काम प्रभावित भएको अवस्था छ। 

    images
    images
    images

    अहिले यी सबैका बाबजुद काम सुरु भएका त छन् तर फेरि कोरोनाको नयाँ भेरिएन्टले समस्या उत्पन्न गराउने जोखिम रहेकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल
  • # बुटवलको सडक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।