१४ बैशाख एजेन्सी- इण्डियन प्रिमियर लिग (आईपीएल)मा सोमबार राती सम्पन्न खेलमा कोलकाता नाइट राईडर्सले पन्जाब किङ्सलाई ५ विकेटले पराजित गरेको छ । यो जित कोलकाताको दोस्रो जित हो ।
अहमेदावादको नरेन्द्र मोदी स्टेडियममा
पन्जाबले दिएको १ सय २४ रनको सामान्य लक्ष्य कोलकत्ताले १६.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
कोलकाताको जितमा कप्तान इयान मोर्गनले अविजित रहदै ४७ रन जोडे । यस्तै राहुल त्रिपाठीले ४१ रन बनाए । आन्द्रे रसेल १० रनमा आउट भए ।
पन्जाबका मोहमद शामी, मोइसेस हेन्रिक्स, आर्शदिप सिंह र दिपक होडाले १-१ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो । पञ्जाबका लागि मयंक अग्रवालले सर्वाधिक ३१ रन बनाउँदा क्रिश जोर्डनले ३० रन बनाए। त्यस्तै, कप्तान केएल राहुल र निकोलस पूरनले १९-१९ रन तथा शाहरुखले १३ रन जोडे । बलिङतर्फ कोलकाताका प्रसिध कृष्णाले ३ विकेट लिँदा प्याट कमिन्स र सुनिल नराइनले २-२ तथा शिभम माभी र वरुण चक्रवर्तीले १-१ विकेट लिए।
जितसँगै कोलकाता पाँचौं स्थानमा उक्लिएको छ । कोलकाताको ६ खेल बाट ४ अंक जोडेको छ ।
पन्जाबको ६ खेलमा ४ अंक छ । पन्जाब छैटौं स्थानमा रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology