Logo

२०८३, श्रावण २७गते


images
images

आइपिएल सिजन- १४

बेङ्ग्लोरले पहिलो पटक हार चाख्यो, सुपर ओभरमा दिल्लीको रोमाञ्चक जित

बेङ्ग्लोरले पहिलो पटक हार चाख्यो, सुपर ओभरमा दिल्लीको रोमाञ्चक जित

images
  • बेङ्ग्लोरले पहिलो पटक हार चाख्यो, सुपर ओभरमा दिल्लीको रोमाञ्चक जित
    images
    images

    १३ बैशाख एजेन्सी- इण्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार सम्पन्न खेलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई चेन्नइ सुपर किंग्सले हराएको छ । बेंगलोर चेन्नईसँग ६९ रनले पराजित भएको हो । हारसँगै बेंगलोरको यस सिजनमा पहिलो पटक हार चाखेको छ । 
    वानखेडे स्टेडियममा टस जितेर ब्याटिङमा आएको चेन्नइले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनाएको थियो । उसका लागि रवीन्द्र जडेजाले विष्फोट ब्याटिङ गर्दै अर्धशतक बनाए । पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका जडेजाले २८ बलमा ४ चौका र ५ छक्का प्रहार गरे । यस्तै ओपनर ब्याट्सम्यान फाफ डुप्लेसिसले ५० रनको योगदान दिए ।FB_IMG_1619399685029.jpg

    images
    images
    images

    जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोर फितलो ब्याटिङ गर्दै सस्तैमा समेटिन पुग्यो । उसले बल्ल १२२ रन बनायो ।
    बेङ्ग्लोरलाई सस्तैमा समेट्न चेन्नइका रवीन्द्र जडेजाले सर्वाधिक ३ विकेट लिँदा इमरान ताहिरले २ विकेट लिए । त्यस्तै साम करन र सार्दुल ठाकुरले १/१ विकेट लिए ।

    images
    images
    images

    यसै बिच आइतबार रातीनै भएको अर्को खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । निर्धारित २० ओभरको खेल बराबरीमा टुङ्गिएपछि नतिजाका लागि सुपर ओभरमा जानु परेको थियो । आइपिएल सिजन-१४ मा यो पहिलो सुपर ओभरको खेल हो ।

    images
    images
    images

    चेन्नईको चिदमबरम स्टेडियममा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

    सुपर ओभरमा हैदरावादले विकेट नगुमाई ७ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले बिना विकेट क्षति लक्ष्य पूरा गर्‍यो ।FB_IMG_1619399603712.jpg

    जारी सिजनमा बेङ्ग्लोरको यो पहिलो हार हो। र, यो जितसँगै चेन्नइ बेङ्ग्लोरलाई उछिन्दै शीर्ष स्थानमा पुगेको छ । प्रतियोगितामा सामेल ८ वटै टिमले पाँच–पाँच म्याच खेलिसक्दा चेन्नइ पछि दोस्रोमा दिल्ली, तेस्रोमा रोयल च्यालेन्जर्स बेंग्लोर, चौथोमा मुम्बई इन्डियन्स, पाँचौंमा पञ्जाव किङ्ग्स, छैटौंमा राजस्थान रोयल्स, सातौंमा हैदरावाद र आठौंमा कोलकाता नाइट राइडर्स छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।