तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका सबै स्कुल, कलेज र त्यस अन्तर्गत हुने होस्टेल, कोचिङ्ग, ट्युसन र परिक्षा समेत अर्को सूचना नहुंदासम्मलाइ स्थगन गर्न निर्देशन गरेको छ । शिक्षा अधिकृत गंगाराम आचार्यद्वारा जारी सूचनामा उक्त निर्देशन गरिएको हो ।
त्यसै गरि हिजो शनिबार मात्र नयाँगाउँ स्थित प्यारामाउण्ट बोर्डिङमा होस्टेलमा बसि अध्ययनरत छात्रा प्रतिभा सापकोटाको मृत्यु बारे समेत छानबिन गरिने सूचनामा जनाइएको छ ।
साथै सूचनामा हाटबजार समेत अर्को निर्देशन नहुदासम्म बन्द गर्न भनिएको छ । बैंक, सहकारी, अन्य पेशा ब्यबसाय गर्दा समेत उच्च सतर्कता अपनाउन नगरपालिकाले अनुरोध गरेको छ ।
विवाह, ब्रतबन्ध र अन्य धार्मिक अनुष्ठान गर्दा समेत सचेतता अपनाउन अनुरोध गर्दै भारतबाट आउने नेपाली वा अन्य नागरिकलाई कोरोना प्रोटोकलमा रहने गरि सहजीकरण गर्न टोलबिकास संस्था आदिलाइ अनुरोध गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology