१२ बैसाख एजेन्सी- इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले दोस्रो जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा राजस्थानले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराएको हो ।
वान्खाडे क्रिकेट स्टेडियममा कोलकाताले दिएको १३४ रनको लक्ष्य राजस्थान रोयल्सले १८ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो । राजस्थानको जितमा कप्तान सन्जु सामसनले नटआउट ४२ रनको पारि खेल्दा डेभिड मिलर पनि २४ रनमा नटआउट रहेका थिए ।
यसैगरी यजश्वी जयसवाल र शिबम दुवेले समान २२–२२ रन जोडे ।
बलिङतर्फ कोलकाताका लागि भरुन चक्रवर्तीले दुई विकेट लिए । शिवम माभी र पर्सिघ कृष्णले एक/एक विकेट लिए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो । कोलकाताका लागि राहुल त्रिपाठीले सर्वाधिक ३६ रनको योगदान गरे ।
बलिङतर्फ राजस्थानका लागि क्रिस मोरिसले सर्वाधिक ४ विकेट लिए । जयदेव उण्डाखण्ड, चेतन साकारीय र मुस्ताफिजुर रहमानले एक/एक विकेट लिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology