Logo

२०८३, श्रावण २७गते


images
images

त्रिदेशीय टी–ट्वान्टी क्रीकेट

नेपाल नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित

नेपाल नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित

images
  • सेतोमसी सहकर्मी
  • नेपाल नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित
    images
    images

    ०७ बैशाख काठमाडौ- त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत मंगलबार नेदरल्याण्ड्ससंग नेपाल ३ विकेटले पराजित भएको छ । 

    images
    images
    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २०६ रन बनाएको थियो । नेपालले दिएको २०७ रनको बिशाल लक्ष्य नेदरल्याण्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । 20210420_214858.jpg

    images
    images
    images

    नेपालका लागि कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे । ४६ बलको सामना गरेका कुशलले ८ चौका र एक छक्काको मद्दतमा ६२ रन बनाएका थिए । ३० बल खेलेका दिपेन्द्रले तीन चौका र पाँच छक्कासहित ६० रन बनाए । यस्तै सोमपाल कामीले ‍२१, कप्तान ज्ञानेन्द्र मल्लले २०, कुशल मल्लले १८ र विनोद भण्डारीले ७ रन जोडेका थिए ।

    images
    images
    images

    Screenshot_20210420-214404_Facebook.jpgनेदरल्याण्डसको लागि वास डी लिड र बेन कूपरले अर्धशतक बनाए ।  बनाउँदा लीडले नटआउट ८१ रन बनाए, कूपरले ५५ रन बनाए । यस्तै कप्तान पिटर सिलारले ३१ रनको योगदान दिए । Screenshot_20210420-214504_Facebook.jpgनेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले चार तथा कुशल मल्ल, करण केसी र अभिनाश बोहराले एक–एक विकेट लिए पनि जितका लागि पर्याप्त हुन सकेन ।

    यसअघि सिरिजको पहिलो खेलमा नेपालले नेदरल्याण्डसलाई हराएको थियो । नेपालले अन्तिम खेल बिहीबार मलेसियासंग खेल्नेछ । ३ खेल खेलेको नेदरल्याण्ड्स दुई जित संगै ४ अंक जोडेको छ ।
    नेपालले पनि अहिलेसम्म २ खेल जितेर ४ अंक जोडेको छ । रन रेटको आधारमा भने नेपाल शीर्ष स्थानमा छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।