रेशम अधिकारी । सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापा भरतले पत्रकारले नि:स्वार्थ खबरदारी गर्नुपर्ने बताएका छन् ।
दर्पण पोष्ट डट कमको तेर्सो स्थापना दिवसको अवसरमा आयोजना गरिएको आधारभुत पत्रकारिता तालिममा बोल्दै प्रमुख थापाले ‘पत्रकारिता अत्यन्तै महत्वपूर्ण र शक्तिशाली पेशा भएको र यो शक्ति कसको हितमा प्रयोग गर्ने भन्ने कुरा एक पत्रकारको कलम र बोलीमा निर्भर हुने बताएका छन् ।
“देखेको र सुनेको कुराहरूलाई मात्र समाचार बनाउनुहुँदैन । ”उनले भने, “विषय वस्तुको गहिराइसम्म पुगेर तथ्यपरक ढङ्गबाट समाचार सम्प्रेषण गर्नुस् ।
थापाले सञ्चारकर्मीले धेरै पक्षको कुरा बुझ्नुपर्ने, सुन्नुपर्ने, र अनुसन्धान गरी तथ्य पत्ता लगाउनुको साथै सोतंत्र रुपमा सत्यको पक्षमा उभिई काम गर्नु उसको पहिलो धर्म रहेको बताएका छन् ।
नागरिकको समस्यालाई पत्रकारिताको माध्यमबाट सम्बन्धित निकायमा पुराउने उद्देश्यले तालिमको आयोजना गरिएको शिखा मिडिया प्रबन्धक विमल भट्टराईले बताए ।

कार्यक्रममा दर्पण पोस्टमा आवद्द पत्रकारहरूलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो । १० दिनसम्म चल्ने तालिममा ५० जना परीक्षार्थीको सहभागिता रहने छन ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology