Logo

२०८३, श्रावण २७गते


images
images

नारी नेतृत्व

संघर्षबाट खारिएकी विनिता

संघर्षबाट खारिएकी विनिता

images
  • संघर्षबाट खारिएकी विनिता
    images
    images

    जीवनमा जति नमिठा संघर्षका शृंखलालाई स्वीकार गरिन्छ, त्यति नै सफलताको स्वादमा मिठास हुन्छ । यस्तै संघर्षशील इतिहासको जराबाट सफलताको टुप्पोसम्म पुगेकी देवदहकी नारी हुन् - विनिता श्रीष । 
     
    बुवा मोहन र आमा तारा श्रीसको कोखबाट वि.सं २०५१ साल मंसिर ४ गते कान्छि छोरीको रुपमा विनिताको जन्म भयो । रुपन्देही जिल्लाको हालको तिलोत्तमा नगरपालिका वडा नं ११ भूपू सैनिकमा जन्मिएकी उनी सानैबाट चञ्चले स्वभावकी थिइन् । पढाइभन्दा अतिरिक्त क्रियाकलापहरुमा उनको ध्यान बढि जाने गर्थ्यो । बाल्यकालबाटै कलाकारिता र सामाजिक क्षेत्रमा विनिताको रुची बढि थियो । उनी भन्छिन्, ‘कलाकारिता र मिडिया क्षेत्र सानैदेखी मन पर्थ्यो । त्यसैले बुबा÷आमासँग समेत अगेनोको छेउमा बसेर ढुङ्ग्रो तेर्साएर अन्तरवार्ता लिने गर्थे ।’ 

    images
    images
    images

    अक्षरारम्भदेखि आधारभुत तहसम्मको शिक्षा स्थानीय भुल्के माध्यमिक विद्यालयबाट लिएकी विनिता कक्षा ६ देखि १० सम्मको शिक्षा गाउँबाट पुरा नहुने भएपछि देवदहको भलुही आउन थालिन् । दुरी लामो हुने भएकोले उनी कहिले पैदल त कहिले साईकलको सहारामा जनप्रिय माध्यमिक विद्यालय देवहद भलुहीसम्म आउने गर्थिन् । 

    images
    images
    images

    वि.सं २०६७ सालमा एसएलसी परिक्षा उत्तिर्ण गरेकी उनले त्यसपछिको शिक्षा सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलबाट पुरा गरिन् ।  विनिताले दुःख र सुख दुवैलाई झेलेको बताउँछिन् । मध्यम परिवारमा जन्मिएकी विनिताको पढाई पनि मध्यम नै थियो ।

    images
    images
    images

    २०६८ सालमा रेडियो देवदहसँग जोडिएकी विनिता कार्यक्रम प्रस्तोतादेखि काम शुरु गरि प्राविधिक हुँदै मार्केटिङ म्यानेजरसम्मको पदमा रहेर काम गरिन् । जसले विनितालाई थप अघि बढ्न सहज भयो । सानैदेखि मिडिया क्षेत्र रुचाउने विनितालाई रेडियो देवदहले सञ्चालन गरेको पत्रकारीता तालिममा सहभागि भएर कर्मचारीको रुपम छनौट हुँदा निकै खुसी लागेको बताउँछिन् । किनकी ठूली भएपछि मिडिया क्षेत्रमा काम गर्ने उनको सपना पुरा भएको थियो । 

    रेडियोमा काम गर्ने शिलशिलामा करिव एक बर्ष विना तलबमा काम गरेकी विनिताले एक बर्ष पुगेपछि मात्र तलव बुझेको बताउँछिन् । वि.सं. २०६८ सालमा रेडियोबाट बुझेको उनको पहिलो महिनाको तलव एक हजार पाँच सय रुपैंया थियो । ‘मैले पहिलो महिनाको तलव बुझ्दा ममा खुसीको सीमा नै थिएन । त्यतिबेला मलाई संसार नै जितेको जस्तो लाग्थ्यो ।’ उनी भन्छिन्, ‘तिलोत्तमादेखि साईकलको यात्रा तय गरेर खैरेनीसम्म दैनिक रुपमा आइपुग्न सहज भने थिएन ।’ 

    बर्षातको समयमा रोहिणी नदी तर्दा कैंयौ पटक साईकललाई कम्मरमा बोकेर तर्ने गरेको पल अझैपनि उनलाई ताजै छ । ‘त्यो बेलाको उर्जा अनि काम प्रतिको लगनशिलता ! आजभोली ति दिन सम्झिदा लोभ लाग्छ ।’ विनिता भन्छिन्, ‘सफलता त्यतिकै पाईने चिज होईन रहेछ । त्यसको लागि धेरै लगानी गरिएको हुन्छ, त्यो लगानी कति थाहा पाएर गरिन्छ त कति थाहै नपाई हुने रहेछ ।’ 

    बर्षातको समयमा रोहिणी नदी तर्दा कैंयौ पटक साईकललाई कम्मरमा बोकेर तर्ने गरेको पल अझैपनि उनलाई ताजै छ । ‘त्यो बेलाको उर्जा अनि काम प्रतिको लगनशिलता ! आजभोली ति दिन सम्झिदा लोभ लाग्छ ।’ विनिता भन्छिन्, ‘सफलता त्यतिकै पाईने चिज होईन रहेछ । त्यसको लागि धेरै लगानी गरिएको हुन्छ, त्यो लगानी कति थाहा पाएर गरिन्छ त कति थाहै नपाई हुने रहेछ ।’ 

    बिहान क्याम्पस जाने र दिउँसोमा रेडियोमा काम गर्ने विनिताको त्यो बेलाको दिनचर्या थियो । दिउँसोको लागि बिहानै घरबाट मकै र चिउरा भुटेर लैजाने उनले होटल र रेष्टुराँमा खाजा नास्ता विरलै खान्थिन् । बिहानको खाना उनलाई मौका मिल्दा मात्र जुर्थ्यो । रेडियोमा काम गर्ने दिदीले कहिले काँहि टिफिन बक्समा राखेर ल्याईदिएको खाना आफुले खाने गरेको विनिता सुनाउँछिन् । 

    binitaa shrish.jpeg
    सिटिजन लाइफ इन्सुरेन्स देवदह शाखा कार्यालयमा विनिता 

    वि.सं २०७५ सालमा विनिताले रेडियोको काम छाड्नुपर्ने भयो । सोही बर्ष उनी सुनवल–१ नवलपरासी निवासी विजय बुढाथोकीसँग विवाह बन्धनमा बाँधिइन् । लाहुरे परिवारमा विवाह भएकाले उनलाई सुरुमा केहि असहजता भयो । श्रीमान् इन्डियन लाहुरे, साथै परिवारमा ससुरा बुवाको पृष्ठभुमि पनि लाहुरे । नयाँ बुहारी भएर घर गएकी उनलाई सुरुमा त घरको काम मात्र गर्नुपर्छ भन्ने सोँच परिवारको हो कि झैँ लाग्ने गर्थ्यो । तर परिवारलाई विश्वासमा लिने हो भने बुहारीलाई घरबाहिर निस्कन खासै गार्ह्यो हुँदैन भन्ने एउटा उदाहरण हुन् विनिता ।

    उनी भन्छिन्, 'माइतीमा बसेजस्तो विवाह पछि कहाँ हुँदो रहेछ र ? परिवार र सासु ससुराको मान पनि गर्नै प¥यो । घरको नयाँ सदस्य भएकाले पनि सुरुसुरुमा त आफुभित्र रहेका कयौ रहरहरु मारेर अरुलाई खुसी पार्नुपर्ने कस्तो जिन्दगी जस्तो लाग्थ्यो । घरमा श्रीमानको राम्रो साथ र सर्पोट भएपनि सासु र ससुराको भने विनितालाई डर लाग्ने गर्थ्यो । नलागोस् पनि कसरी,  बिहे गर्ने समयमा मासिक १२ हजार रुपैंया तलव बझ्ने अवस्थामा पुगेकी उनलाई सासु ससुराले हामीलाई बुहारी चाहिएको हो पैसा कमाएर ल्याउनु पर्दैन भन्ने आशय व्यक्त गरेपछि थप दवाव नपर्ने कुरै भएन । तरपनि घरका कुरा सुन्दै बुहारीको कर्तव्य र जिम्मेवारीलाई पुरा गर्दै विनिताले आफ्नो यात्रा अगाडी बढाइन्  । परिस्थिती विस्तारै अनुकुल बन्दै गयो । विनिताले घरको विश्वास जित्दै गइन् । सासु ससुराले पनि उनलाई साथ दिन थाले । 

    हाल सिटिजन्स लाईफ इन्स्योरेन्स खैरेनीको शाखा प्रबन्धक रहेकी विनिता आजभोली साँझ घरमा पुग्दा खाना तयार भएको हुन्छ । असल जीवन साथी अनि जिम्मेवार अभिभावक पाएकै कारण आज आफु यहाँसम्म आईपुग्न सफल भएको विनिता बताउँछिन् । सिटिजन लाईफ ईन्स्योरेन्समा स्थापनाकालदेखि नै अभिकर्ताबाट जोडिएकी उनी वि.स २०७६ सालमै कम्पनीको खैरेनी शाखा प्रमुखको जिम्मेवारीमा नियुक्त भईन् । उनलाई त्यतिबेला कान्छी ब्रान्च म्यानेजर (बि.एम) भनेर कम्पनीमा चिन्ने गर्दथे । कम्पनीको काम गर्ने क्रममा विनिता कैयौं पटक उत्कृष्ट समेत भएकी छन् । सन् २०२३ मा शत प्रतिशत टार्गेट एचिभ गरेकी उनी सोही बर्ष अभिकर्ता उत्पादनमा नेपाल टप भएको बताउँछिन् । उनी भन्छिन्, 'सुरुवाती दिनमा संघर्ष धेरै भयो, ३ महिनाकी छोरीलाई कोखमा च्यापेर अफिस आउने र काम गर्ने गरियो ।' अहिले उनकी चार बर्षिय छोरी पनि स्कुल जाने भईन् । त्यसैले आजभोली उनलाई अफिसको काममा सहज हुनेगरेको छ । 

    सानो उमेरमा गाँउका केटाकेटी जम्मा पारेर अभिनय गर्ने विनिताले केहि म्यूजिक भिडियोमा समेत काम गरेकी छन् । कलाकार बन्ने सोँच पालेकी उनले ३ वटा म्युजिक भिडियो र २ वटा सट मुभिमा अभिनय गरेकी छन् । आफ्नो कामबाट केहि समय निकाल्न पाएको खण्डमा अझैपनि मिडिया र फिल्म लाइनमा काम गर्ने उनको धोको छ । उनी मुस्कुराउँदै भन्छिन्, ‘सानैबाट हिरोइन बन्ने धोको रहेकाले मौका पाए छाड्ने कुरै भएन ।’ पढाई भन्दा बाहिरी क्रियाकलपमा रुचि राख्ने विनितालाई अहिलेको अवस्थामा शिक्षक र साथी भाईले देख्दा अचम्म मान्ने गर्छन् । दृढ इन्छाशक्ति र लगनशिलताले खारिएकी उनी अहिले बिमाको क्षेत्रमा अब्बल बन्दै गएकी छन् ।

    अहिले विनिताको दैनिकी फेरीएको छ । हिजो साईकलमा कष्ठकर यात्रा गर्दै जागिरका लागि धाउने उनी अहिले आफ्नै गाडिमा अफिस आउने जाने गर्छिन् ।  जुन गाडि उनले सर्बोकृष्ट शाखा प्रबन्धक भएपछि अफिसले नै पुरस्कार दिएको हो । विनिता भन्छिन्, ‘म मा यति धेरै परिवर्तन आउला र अगाडि बढ्म्ला भन्ने न त मैले सोँचे, न त मेरो परिवारले नै सोँचेको थियो !’  

    बिनिता श्रीष .jpeg
     सर्बोत्कृष्ट शाखा प्रमुख भएपछि पुरस्कार स्वरुप पाएको गाडीको साँचो बुझ्दै विनिता  

    पछिल्लो समय समाजमा उदाहरणीय बनिरहेकी विनिता आफ्नो कर्म प्रति गर्व गर्नुपर्ने बताउँछिन् । समाजमा महिलालाई हेर्ने दृष्टिकोण अझैपनि कमजोर रहेको बताउने विनिता हरेक महिलाहरु आर्थिक पाटोसँग जोडिनुपर्ने तर्क गर्छिन् । जबसम्म महिला आर्थिक पाटोमा सक्षम हुँदैनन्, तबसम्म आफ्ना रहर र सपना पुरा गर्न नसकिने भन्दै सबैलाई सक्षम भएर मात्र विवाह बन्धनमा बाँधिन समेत उनको आग्रह छ ।  विनिताले नेतृत्व गरेको सिटिजन लाईफको देवदह शाखामा अहिले १२ सय भन्दा बढी एजेन्टहरु रहेका छन् । जसमध्ये धेरै जसो महिलाहरु नै रहेका छन् ।

    कम्पनिमा काम गर्दा सुरुको चरणमा एकै पटक गाउँका १० जनालाई बिमा गराएर २३ हजार रुपैंया कमाउन सफल भएकी विनितालाई त्यसपछि कहिल्यै पछि फर्किनु परेन । अहिले उनले मासिक एक लाख रुपैंयासम्म आम्दानी गर्ने गरेको बताउँछिन् । बिमा कम्पनीबाट पटकपटक बैदेशिक भ्रमणको लागि अवसर पाएकी उनले छोरी सानै भएका कारण उक्त अवसरलाई त्यागेको बताईन् । तर अब छिट्टै नै वैदेशिक भ्रमणमा जाने उनको चाहना छ ।
     
    बजारमा बिमा गर्ने बानीको विकास गराउन अझै नसकिएको बताउने विनिता भन्छिन्, ‘आजको बचत नै भोलिको भवष्य हो, तसर्थ बचत गर्ने बानीको विकासका लागि पनि बिमा आवश्यक छ ।’ मिडियाले गर्दा नै आज आफु यो स्थानमा पुग्न सफल भएको भन्दै उनले मिडियालाई कहिल्यै विर्सन नसक्ने बताउँछिन् । देवदह आसपासमा हुने विभिन्न सांङ्गितिक कार्यक्रमहरुमा उद्घोषण गर्ने गरेकी विनितालाई अन्य जिल्लाहरुबाट पनि कार्यक्रमका लागि बोलाउने गर्छन् ।  

    मानिसको भाग्य स्वयम् उसैको कर्ममा भरपर्छ भन्ने उनी सपना रातमा नभई दिनमा देख्नुपर्ने बताउँछिन् । कर्मलाई पुजा गर्ने उनी हाल विभिन्न सामाजिक संघ संस्थामा पनि आवद्ध छन् । लायन्स क्लव अफ देवदह पाकरी वृक्षको द्धितिय उपाध्यक्ष रहेकी उनी अब केही बर्षमा सो क्लवको अध्यक्ष भएर सामाजिक काम गर्ने बताउँछिन् । 

    नोट : नारी नेतृत्व स्तम्भ देवदह नगरपालिका उपप्रमुखसंग महिला कार्यक्रम र सेतोमसीको सहकार्यमा संचालित लेखन कार्यक्रम हो  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।