रेशम अधिकारी, नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका भित्र फोहोर उठाउन ट्याक्टर नआएको झण्डै २० दिन पुग्यो । नगर भित्रका हरेक वडामा तालिका अनुसार हप्ता को एक दिन बिहानै हर्न बजाउँदै फोहर उठाउन घरघर आउने गाडी तिन साता देखि आउन छाडेपछि सुनवल नगरपालिकाका वाडाहरुमा अत्याधिक फोहोर थुप्रिँदा हरेक घर दुर्गन्धित बन्न थालेका छन् ।

२० दिन देखि फोहोर उठाउन नआएपछि फोहोर घरहरूमा पोको पारेर राखेको फोहरबाट घरभरि दुर्गन्ध फैलिएको सुनवल ७ सिसाहानी बस्दै आएका राधाकृष्ण न्यौपानेले बताए। नगरपालिकालाई पटकपटक फोहर उठाउन आग्रह गर्दै आउँदा पनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।
सिसाहानी टोलमा मात्र नभई सुनवल नगरपालिकाको आधिकांश टोलको घर अगाडी र चोकचोकमा फोहोरको थुप्रो देख्न सकिन्छ । सुनवल नगरपालिकाकै ७ मा रहेको पाल्पा सिमेन्ट कारखाना अगाडिनै कतै प्लास्टिकको बोतल कतै गुट्खाको खोलले भरिएको छ ।

घरबाट फोहोर फ्याँकिँदी यसले विभिन्न रोगको संक्रमण हुने डर समेत बढ्ने खतरा छ । बजार क्षेत्रको नदि र बन जङ्गल फोहर फाल्ने डम्पिङ साइड जस्तै बनेका छ । खानेपानीका बोतल, प्लास्टिक लगायतका फोहरका डङ्गुरले वातावरण दुर्गान्दित बनेको छ ।
सुनवल नगरपालिका वातावरण अधिकृत खेमराज अगस्तिले वर्षायामको पानीले बाटो बगाएको कारण फोहोर उठ्न नसकेको बताए बाटो मर्मत भएसंगै आइतबार देखि फोहोरो उठ्न सुरु भएको र क्रमश सबै वडाहरूमा दिनको दुइ तिन पटक सम्म पुगेर भएपनि शुक्रबार सम्म सबै फोहोरो उठ्ने सेतोमसीलाइ जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology