Logo

२०८३, श्रावण २७गते


images
images

नारी नेतृत्व

अभावबाट पलाएकी जस्मिन

अभावबाट पलाएकी जस्मिन

images
  • अभावबाट पलाएकी जस्मिन
    images
    images

    शिक्षा जीवनको ज्योति  हो । शिक्षा बिनाको मानव जीवन अन्धकार जस्तै हुन्छ । शिक्षा औपचारीक या अनौपचारीक जस्तोसुकै पनि हुन सक्छ, तर त्यसले दिने प्रतिफल र उपयोगिता के कति हुन्छ भनेर हेरिनुपर्ने हुनसक्छ । हाम्रो समाजमा पनि त्यस्ता धेरै उदाहरणहरु हुन्छन्, जो औपचारीक रुपमा डिग्री हासिल गरेकाहरुको पनि प्रेरणा बन्ने किसीमका हुने गर्छन् । यस्तै पात्र हुन्, देवदहकी जस्मिन गुरुङ ।

    images
    images
    images

    बुबा पहल सिंह र आमा डेलीमाया गुरुङको कोखबाट पहिलो सन्तानको रुपमा जस्मिनको जन्म भयो । विंसं २०३५ साल फाल्गुन २५ गते स्याङ्जा जिल्लाको साविक विरुवा गाविस गाबुडाँडामा जस्मिनको जन्म भएको हो । पहाडको बसाई, आर्थिक अवस्था नाजुक । हातमुख जोर्न समेत कठिन । अवसरको खोजीमा उनको परिवार स्याङ्जाबाट रुपन्देहीको देवदह भवानीपुरमा बसाइँ स¥यो । सानै उमेरमा परिवारसहित देवदह आएकी उनी महामाया भवानी माध्यमिक विद्यालयमा कक्षा १ भर्ना भईन् । ढिलागरी विद्यालय भर्ना भएकी उनलाई कक्षामा सबैभन्दा ठूली भएकै कारण साथीहरुले जिस्काउने गर्थे ।

    images
    images
    images

    पढाईमा निकै रुची राख्ने जस्मिन पढ्न चाहेर पनि दिनहुँ विद्यालय जान पाउँदैनिथन् । कारण थियो, उनको परिवारको आर्थिक अवस्था । जस्मिनको वाल्यकाल आफ्ना दुई भाई र एक बहिनीलाई हुर्काउँदैमा बित्यो । कमजोर आर्थिक अवस्था, हातमुख जोर्न समेत कठिन परिस्थिति । अवसरको खोजिमा तराइ झरेको जस्मिनको परिवारलाई पडाड छाडेपछि पनि बिहान बेलुकाको छाक टार्न हम्मेहम्मे प¥यो । जसका कारण करिव १ बर्षको भवानीपुर बसाईपछि उनको परिवार देवदहको खैरेनीमा बसाइँ स¥यो । 

    images
    images
    images

    बुवाको दैनिक मजदुरी र आमाले दाउरा बेचेर कमाउने थोरै आम्दानीबाट जस्मिनको ६ जनाको परिवार चलाउन कठिन थियो । उनकी आमाले जंगलमा गएर दिनभरि लगाएर काटेको दाउरा प्रतिभारी १० रुपैँयामा बिक्रि हुन्थ्यो । कुनै दिन त बनपालेले दाउरा खोसीदिने र हँसिया बन्चरो र नाम्लोसमेत लगिदिने गरेका कारण रित्तो हात उनकी आमा घर आउँथिन् । त्यतिबेला आमाले दाउराको भारी बोकेर भलवारीसम्म लगेर बेच्ने गरेको उनले सुनाइन् ।

    कैंयौ पटक आमासंगै दाउराको भारी बोकेर आफु पनि विभिन्न ठाउँमा पुग्ने गरेको जस्मिनले सम्झिन्छिन् । उनी भन्छिन् ‘यसरी दाउरा बिक्रिबाट मुस्कीलले आउने १-२ सय रुपैंयाबाटै परिवार चलाउन पर्ने अवस्था थियो । त्यसैले पनि आमा बुवाको अनुपस्थितीमा घरको काम सघाउनुपर्ने मलाई बाध्यता थियो ।’ आमा बुवा काममा जाने र घरमा पकाएर खानको लागि केही पनि नहुँदा छिमेकीको घरमा खाना मागेर भाई बहिनीलाई खुवाउने गरेको पल उनलाई अझैपनि ताजै छ । उनी भन्छिन् ‘कैंयौ पटक खैरेनीमा रहेका होटलमा बचेको खाना होटलधनीले मलाई बोलाएर दिन्थे । र, त्यो खाना मैले र भाईबहिनीहरुले मिलेर खान्थ्यौं ।’

    कैंयौ पटक आमासंगै दाउराको भारी बोकेर आफु पनि विभिन्न ठाउँमा पुग्ने गरेको जस्मिनले सम्झिन्छिन् । उनी भन्छिन् ‘यसरी दाउरा बिक्रिबाट मुस्कीलले आउने १-२ सय रुपैंयाबाटै परिवार चलाउन पर्ने अवस्था थियो । त्यसैले पनि आमा बुवाको अनुपस्थितीमा घरको काम सघाउनुपर्ने मलाई बाध्यता थियो ।’ आमा बुवा काममा जाने र घरमा पकाएर खानको लागि केही पनि नहुँदा छिमेकीको घरमा खाना मागेर भाई बहिनीलाई खुवाउने गरेको पल उनलाई अझैपनि ताजै छ । उनी भन्छिन् ‘कैंयौ पटक खैरेनीमा रहेका होटलमा बचेको खाना होटलधनीले मलाई बोलाएर दिन्थे । र, त्यो खाना मैले र भाईबहिनीहरुले मिलेर खान्थ्यौं ।’

    मर्दापर्दा खर्चमा आउने लुगा कसैले उपहार दिएमा त्यो उनको परिवारको लागि निकै ठूलो हुने गर्दथ्यो । त्यसरी आउने कपडा सिलाएर दशैं तिहारमा लगाउने गरेको उनलाई अहिले पनि सम्झना छ । उनी भन्छिन् ‘एकपटक सिलाएर लगाएको कपडा टालटुल पारेर बर्षौ सम्म गुजारा चल्थ्यो ।’ त्यसो त अरुले फालेको पुराना कपडाबाट धागो निकालेर बाँसको कुरुष मार्फत जाडोमा लगाउने कपडाहरु सिलाएर लगाएको क्षण पनि उनलाई हिजै जस्तो लाग्ने बताउँछिन्  ।

    आर्थिक रुपमा संकटग्रस्त बनेको जस्मिनको परिवारमा मेहनती हातहरु थिए । तरपनि उनका आमाबुवाले गर्ने कडा परिश्रम र मेहनतले घरपरिवारको गुजारा टार्न निकै गाह्रो परिरहेको थियो । त्यतिकैमा उनको परिवारले थोरै धेरै ऋण लिएर साप्ताहिक हाटबजारमा  होटल गर्ने निर्णय ग¥यो । सोही अनुरुप स्थानीय शुक्रबारे हाटबजारमा उनिहरुको व्यापार सुरु भयो । एउटा सानो ठेलाबाट सुरुभएको उनिहरुको व्यापारमा चाउमिन, मःमः लगाएतका खानेकुराहरु समावेस थिए । हाटबजारको अघिल्तिर रहेको बिद्यालयमा अध्ययन गर्ने जस्मिन शुक्रबारको दिन विहानैबाट ठेलामा खाजा नास्ता बनाउन व्यस्त हुन्थिन् । उनि भन्छिन् शुक्रबारको दिन विद्यालय जान नपाईने भएकाले पढाई अनि कोर्श सम्झेर विद्यालयको बाहिरी तारबार लगाएको घेराबाट भित्र हेरेर चित्त बुझाउँथे । अभाव र वाध्यताका बाबजुत कक्षा ८ सम्म अध्ययन गरेकी जस्मिनलाइ कापी किन्ने पैसा नभएर गृहकार्य नगरी विद्यालय गएका धेरै क्षण अहिले पनि याद आउने गर्छन् ।

    वाल्यकालदेखि नै आँफुलाई कहिल्यै खाली नराख्ने र केही न केही गर्नुपर्छ भन्ने मान्यता राख्ने जस्मिनले सुनवलमा रहेको चर्खामा भेडाको उन काढ्ने र धागो बनाउने काम पनि गरिन् । त्यहाँबाट उत्पादित धागो कपडा, गलैचा बनाउनका लागि लैजाने गरिन्थ्यो । चर्खामा धागो बनाउँने कामगर्दा उनका औंलामा कैयौंपटक किल्लाले घोँचेर रगत आउने गथ्र्यो । त्यतिबेलाको अभावले उनको मन यति दुख्थ्यो कि औंलामा किलाको घोँचाईबाट भएको दुखाई उनलाई सामान्य लाग्थ्यो ।

     वाल्यकालदेखि नै आँफुलाई कहिल्यै खाली नराख्ने र केही न केही गर्नुपर्छ भन्ने मान्यता राख्ने जस्मिनले सुनवलमा रहेको चर्खामा भेडाको उन काढ्ने र धागो बनाउने काम पनि गरिन् । त्यहाँबाट उत्पादित धागो कपडा, गलैचा बनाउनका लागि लैजाने गरिन्थ्यो । चर्खामा धागो बनाउँने कामगर्दा उनका औंलामा कैयौंपटक किल्लाले घोँचेर रगत आउने गथ्र्यो । त्यतिबेलाको अभावले उनको मन यति दुख्थ्यो कि औंलामा किलाको घोँचाईबाट भएको दुखाई उनलाई सामान्य लाग्थ्यो ।

    जीवन जिउनकै लागि संघर्ष गरिरहेको जस्मिनको परिवारमा उनका ठूलो बुवा र ठुलीआमाले रकम खर्च गरेर जस्मिनका बुवालाई वैदेशिक रोजगारीका लागि साउदी पठाए । विदेशमा बुवाले कमाउने र आमाले काम गर्दै जाँदा उनीहरुको आर्थिक अवस्था केही माथि उठेर आयो । भाडामा बस्ने जस्मिनको परिवार खैरेनीमा नै घर बनाएर बस्न थाल्यो । उनी भन्छिन्, ‘घर बनेपछि आमा र म मिलेर घरमै होटल गर्न थाल्यौं । बुवाले विदेशबाट केही रकम पठाउने र आफुहरुको समेत होटलबाट कमाइ हुन थालेपछि जीवन सहज हुन थाल्यो ।’

    समय सधै एकनास हुँदैन भने जस्तै जस्मिनको परिवारमा पनि खुसीहरु छाउन थाले । विस्तारै उनीहरुका आवश्यकता पनि परिपूर्ति हुँदै गए । एकदिन उनले रेडियोमा विज्ञापन बजेको सुनिन् । उक्त विज्ञापन बुटवलमा ६ महिने ब्युटीसियन तालिम सञ्चालन हुँदै छ भन्ने थियो । त्यो विज्ञापन सुनेपछि उनी तालिममा सहभागी भइन् । त्यो समयमा उनी कहिलेकाहीँ गाडीमा र अधिकांस दिनहरुमा साईकल चलाएर तालिम लिन बुटवल जान्थिन् । उनको तालिम प्रतिको लगाव देखेर प्रशिक्षकले उनलाई समय भन्दा बढी समय सिकाउने गर्थे । जस्मिनले १ बर्षमा सिक्ने बिषय ६ महिनामा नै सिकिन् र आफ्नो ब्युटीसियन तर्फको यात्रा तय गरिन् ।

    २०५९ सालमा देवदहको खैरेनीबाट आफ्नो व्यावसायिक यात्रा सुरु भएको जस्मिन बताउँछिन् । सुरुका ४÷५ बर्षसम्म दर्ता विना नै आफुले जस्मिन ब्युटीपार्लर नामबाट व्यवसाय सुरु गरेको बताउने उनको पार्लर २०६४ सालमा आन्तरीक राजस्व कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको हो । देवदहमा पार्लर सम्बन्धि अभ्यास नभएका बेला नयाँपन सहित व्यवसाय सुरु गरेपछि भने जस्मिनलाई पछाडि फर्कनु परेको छैन । जस्मिन ब्युटिपार्लरमा अहिले मेकअप स्कीन ट्रिटमेन्ट, फेसीयल, सबै किसिमका मेकअप, मेनिकेयर, थ्रेडिङ्ग, ब्लीसिङ्ग, हेयर स्टेट, कर्मिङ्ग, कलरीङ्ग, हाईलाईट, एक्सटेन्सन, आदी कामहरु हुन्छन् । यसबाहेक उनको पार्लरमा ब्युटिसियन सम्बन्धि तालिम र क्लाईन्टको माग अनुसारका पार्लरका सम्पूर्ण सामग्रिहरु बिक्रि वितरण गरिन्छ ।

     हिजो १० रुपैंया कमाउनका लागि खैरेनीबाट भलवारीसम्म दाउरा बोकेर हिड्ने जस्मिन आज एक दुलही श्रृङ्खारेर १५ हजार रुपैंया सम्म कमाउने गर्छिन् । महिनाभरी २ सय रुपैंयाले घर चलाउनु पर्ने बाध्यताबाट गुज्रिएकी उनले सबै खर्च कटाएर अहिले मासिक ८० हजार रुपैंया सम्म कमाउँछिन् । साथीसंगबाट ५० हजार रुपैंया ऋण लिएर शुरु गरेको उनको पार्लरमा अहिले २२ लाख रुपैंया लगानी पुगिसकेको छ । 

    हिजो १० रुपैंया कमाउनका लागि खैरेनीबाट भलवारीसम्म दाउरा बोकेर हिड्ने जस्मिन आज एक दुलही श्रृङ्खारेर १५ हजार रुपैंया सम्म कमाउने गर्छिन् । महिनाभरी २ सय रुपैंयाले घर चलाउनु पर्ने बाध्यताबाट गुज्रिएकी उनले सबै खर्च कटाएर अहिले मासिक ८० हजार रुपैंया सम्म कमाउँछिन् । साथीसंगबाट ५० हजार रुपैंया ऋण लिएर शुरु गरेको उनको पार्लरमा अहिले २२ लाख रुपैंया लगानी पुगिसकेको छ ।

    जस्मिनले २०६५ साल वैशाख ३० गते लम्जुङ्ख निवासी तुलसी प्रसाद गुरुङ्खसंग विवाह गरिन् । लम्जुङ्ग विवाह गरेर गएपनि व्यापार देवदहमै भएकाले उनको बसाई देवदहमा नै रह्यो । विवाहपश्चात पनि उनलाई माईत र घर आफैले हेर्नुपर्ने जिम्मेवारी थपियो । २०६७ साल कात्तिक ७ गते पहिलो सन्तानका रुपमा छोरालाई जन्म दिएपछि उनको जिम्मेवारी दोब्बर भयो । छोरालाई जन्म दिएपनि जस्मिनले आफ्नो व्यवसायिक काम भने रोकिनन् । केही समयको आरामपछि उनी फेरी काममा फर्किईन् । सुत्केरी अवस्थामा पनि कैंयो विवाहका कार्यक्रममा गएर उनले दुलहीलाई श्रृगार्ने काम गरिरहिन् ।

    जस्मिनको परिवार निकै खुसी थियो तर त्यो खुसी भने उनको परिवारमा लामो समय टिक्न सकेन । उनले भनिन् ‘बुवाले व्यवहार विगार्दै जानु भयो । व्यवहार विग्रिएपछि करिव १० बर्ष बिदेश बसेर कमाएको सबै सम्पत्ति सकियो र हामी फेरी डेरामा बस्न वाध्य भयौं ।’ डेरामा सरेसंगै उनका बुवा बिरामी परे । मानसिक रुपले बिक्षिप्त बनेका बुवालाई उपचार गर्दा चल अचल सम्पत्ति सबै सकियो । उनले भनिन् ‘सारा सम्पत्ति सकियो, तर मृत्युको अगाडि केहि लागेन ।’ करिव ५ बर्ष बिरामीले थलिएका उनका बुवाको उपचार गर्दा गर्दै २०७३ साल वैशाख ८ गते निधन भयो । भावुक हुदै जस्मिन भन्छिन् ‘मेरो भाग्यमा खुसी हुन कहिल्यै लेखेन । बुवा बितेको ५ बर्षपछि २०७९ सालमा कान्छो भाईले समेत संसार छाड्यो ।’

    आफ्नो व्यापार संगसंगै देवदहमा हुने सामाजिक कृयाकलापमा सक्रिय जस्मिन पछिल्लो क्रममा घरायसी तनावका कारण धेरैजसो संघसंस्थामा निष्किृय छन् । तर उनी आफ्नो पारिवारीक जिम्मेवारीबाट भने पञ्छिएकी छैनन् । उनले माईतीमा आमा र भाइको छोराको पनि रेखदेख गरि रहेकीछन् । बहिनीलाई पनि ब्युटीपार्लरकै काम सिकाएर विदेश पठाईन् । 

    सानो उमेरबाट आफुलाई संघर्षशिल नारीको रुपमा उभ्याएकी जस्मिनको संघर्ष अहिले पनि उस्तै छ । उनका श्रीमान् तुलसी ४ बर्षदेखि सम्पर्कविहीन छन् । उनी भन्छिन् ‘जीवनमा जस्तो सुकै दुःख कष्ट आईपरे पनि आत्तिनु हुदैन, एक्लै जन्मिएको हो र एक्लै मर्ने हो । त्यसो भनिरहँदा आफ्नो जिम्मेवारी र दायित्वबाट कोहीपनि पर हट्न मिल्दैन ।’  पैसा भयो भने सबै आफन्तहरु नजिक हुने र पैसा नभए सबै पराई हुने परिपाटी विद्यमान रहेकाले सबैजना आर्थिक पाटोमा जोडिनुपर्नेमा जस्मिन जोड दिन्छिन् ।

    पारिवारीक जिम्मेवारीमा एउटा खम्बा बनेर उभिएकी जस्मिन आजभोली व्यापार र आप्नो काममा ब्यस्त हुन्छिन् । अहिले पनि जस्मिनकोमा विद्यार्थीहरुले ब्युटीसियन तालिम लिईरहेका छन् । शुरुको चरणमा २÷४ जनाबाट  शुरु गरेको ब्युटिसियन क्लासमा अहिले १० जना बिद्यार्थीले सिकिरहेका छन् । सुरुमा ६ महिनाको कोर्सका लागि एक जना विद्यार्थीले ७ हजार शुल्क तिर्थे भने अहिले बार्षिक कोर्षका लागि उनले प्रतिब्यक्ति ८० हजार रुपैंयासम्म लिने गर्छिन् । लकडाउन अघि उनकोमा ६ महिने तथा एक बर्षे कोर्स सिक्ने विद्यार्थीको संख्या २८ जना सम्म पुगेको थियो । त्यतिबेला उनले आफ्नोमा तालिम लिएका केहि बिद्यार्थीलाई पूर्णकालिन र आंशिक रुपमा रोजगार समेत दिने गर्थिन् । जस्मिन अहिले राष्ट्रिय सौन्दर्यकर्मी युनियन देवदह नगर कमिटिको अध्यक्ष हुन् । सो कमिटिमा ४४ वटा ब्युटीपार्लरहरु आबद्ध छन् ।

    पछिल्लो समय ब्युटीसियन तालिम लिएर वैदेशिक रोजगारीमा जाने महिलाको क्रम बढ्दो देखिन्छ । तर उनी भन्छिन् ‘हातमा कला र सिप छ भने अर्काको देशमा जानै पर्दैन ।’ उनका साथीहरुले विदेशमा जाउँ त्यहाँ धेरै पैसा कमाईन्छ नभनेका पनि होईनन् । नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने मान्यता बोकेकी उनले यहीँ माटोमा केही गर्नुपर्छ भन्ने दृढ ईन्छाशक्ति पालेकी छन् । कक्षा ८ सम्म मात्र औपचारीक शिक्षा लिएकी जस्मिनले अहिले व्याचलर र डिग्री पढ्ेका विद्यार्थीलाई  सौन्दर्यकला सम्बन्धि तालिम सिकाइरहेकी छन् । औपचारीक शिक्षालाई सिपसंग तुलना गर्न नहुँने भन्दै उनले व्यवहारिक र प्राविधिक शिक्षा हासिल गर्न सके स्वरोजगार भईने विचार राख्छिन् ।

    नोट : नारी नेतृत्व स्तम्भ देवदह नगरपालिका उपप्रमुखसंग महिला कार्यक्रम र सेतोमसीको सहकार्यमा संचालित लेखन कार्यक्रम हो  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।