Logo

२०८३, श्रावण २७गते


images
images

फोहोरमैला व्यवस्थापन

देवदहमा फोहोर व्यवस्थापनबारे बहस : सरोकारवाला सबै पक्ष एउटै मन्चमा

देवदहमा फोहोर व्यवस्थापनबारे बहस : सरोकारवाला सबै पक्ष एउटै मन्चमा

images
  • देवदहमा फोहोर व्यवस्थापनबारे बहस : सरोकारवाला सबै पक्ष एउटै मन्चमा
    images
    images

    देवदहमा फोहोर व्यवस्थापनबारे बहस : सरोकारवाला सबै पक्ष एउटै मन्चमा 

    images
    images
    images

    देवदह । देवदहको फोहोर व्यवस्थापनबारे छलफल गर्न सरोकारवाला सबै पक्ष एउटै मन्चमा बसेका छन् ।  शुक्रबार डिजिटल पत्रीका सेतोमसीले आयोजना गरेको फोहोर व्यावस्थापनका लागि सरोकारवालाहरुसंगको बहस कार्यक्रममा बोल्दै वक्ताहरुले सबैको सहभागीतामा फोहोर वर्गीकरण गरि व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । 

    images
    images
    images

    फोहोर व्यवस्थापन : जिम्मेवार को ? विषयक बहस कार्यक्रममा बोल्दै नगरप्रमुख ध्रुबप्रसाद खरेलले नगरबासीको सर्बोत्तम हितलाई ख्याल गर्दै नगरपालिकाले फोहोर व्यवस्थापनलाई प्राथमिकता दिने बताए ।  बुद्ध सामुदायिक वन क्षेत्रमा व्यवस्थापन हुँदै आएको फोहोर वर्गीकरण गरि स्थानीयलाई कुनै प्रकारको हानी नहुने गरी काम गर्ने आफूहरु प्रतिबद्ध रहेको उनले बताए । 

    images
    images
    images

    प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले घरबाटै  फोहोर वर्गीकरण गरी शेष फोहोर मात्रै  डम्पिङ्ग साइटमा पुर्याउन सके समस्या हल हुने बताए । "अन्य पालिकामा पनि त्यो अभ्यास, हामीले पनि फोहोर वर्गीकरण अभियान संचालन गर्ने र घरघरमै पुगेर सचेतना फैलाउने कार्य गर्नुपर्ने छ ।" उनले भने, "फोहोरलाई मोहोर बनाउन समुदायको सहभागिता अपरिहार्य छ ।"

    कार्यक्रमा बोल्दै बुद्ध सामुदायिक वनका अध्यक्ष टेक बहादुर रानाले नगरपालिकाले फोहोर व्यवस्थापनलाई वेवास्ता गरेकै कारण आफूहरू आन्दोलन गर्न बाध्य भएको बताए । संरचना बनाउन ध्यान नदिने, लगानी नगर्ने अनि १२ वटै वटाको फोहोर बुद्ध वनमा ल्याएर विसर्न गर्ने कार्य स्थानीयलाई सह्य हुन  नसक्ने तर नगरपालिकाले प्राथमिकतामा राखेर काम गरे आफूहरू सहयोग गर्न तयार रहेको उनले बताए ।

    देवदह खानेपानीका अध्यक्ष गुमानसिङ् कुँवरले खानेपानीको मुहानदेखि धारासम्मको सरसफाइमा आफूहरू जोडिने बताए । आफूहरूलाई काम गराए सबै खानेपानी संस्था काम गर्न तयार रहेको उनको भनाई छ । 

    छलफलको प्यानलमा नागरिक समाज देवदहका अध्यक्ष जयकिशन अधिकारी, सहकारीकर्मी प्रमोद खनाल, उद्योग वाणिज्य संघ देवदहका अध्यक्ष हरी भण्डारी, देवदह नगर अस्पतालका प्रमुख संज्ञा सेन लगायतले विचार व्यक्त गरेका थिए । 

    ७० जना स्थानीय संघसंस्थाका प्रतिनिधि सहभागीता रहेको कार्यक्रमको सहजीकरण सेतोमसीका कार्यकारी सम्पादक पवन पौडेलले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।