Logo

२०८३, श्रावण २७गते


images
images

रोटरी क्लब अफ देवदहले पोखरी संरक्षण र आकस्मिक खाना अभियान संचालन गर्ने

रोटरी क्लब अफ देवदहले पोखरी संरक्षण र आकस्मिक खाना अभियान संचालन गर्ने

images
  • रोटरी क्लब अफ देवदहले पोखरी संरक्षण र आकस्मिक खाना अभियान संचालन गर्ने
    images
    images

    नविन लुईंटेल, देवदह । रोटरी क्लब अफ देवदहले देवदहका विभिन्न स्थानमा पोखरी संरक्षण गरि चराहरूलाई पानीको व्यवस्थापन गर्ने र आकस्मिक खाना अभियान संचालन गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ । शनिबार क्लबको २०२४/२५ का अध्यक्ष विष्णु पाठकले पदभार ग्रहण गर्दै आफ्नो कार्यकालका योजना सार्वजनिक गरे । 

    images
    images
    images

    असार १७ गते अध्यक्ष चयन भएका पाठकले ग्लोबल चेञ्जले बाताबरणमा तिब्र परिवर्तन भैरहेकोले एकातिर जीवजन्तुहरूलाई कठिन भैरहेको र पानीका स्रोत सुक्दै गएको कारण समस्या देखिएको तथा खाद्य संकटसमेत देखिएकोले चुरेको छेउमा पोखरी निर्माण र आकस्मिक खाना अभियान संचालन लगायतका कार्यक्रमलाई आफुले अघि सारेको बताए । 

    images
    images
    images

    यसको साथै दुईजना अति जेहेन्दार २ छात्रा विद्यार्थीलाई पुर्ण शैक्षिक छात्रवृत्ति प्रदान गर्ने, मायादेवी पार्क भवानीपुरमा खानेपानी आयोजना संचालन गर्ने, आफ्नो कार्यकालमा कम्तिमा नयाँ १० जना सदस्य वृद्धि गर्ने लगायतका कार्यक्रम आफुसंग रहेको पाठकले प्रष्ट पारे । 

    images
    images
    images

    पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै क्लबका डिस्ट्रिक गभर्नर राजेन्द्रमान शेरचनले रोटरी क्लब बौद्धिक र सामाजिक व्यक्तिहरुको साझा संस्था रहेको । उनले रोटरी क्लबमा कुनै पनि राजनीति नभएको उल्लेख गर्दै सामाजिक काम गर्न इक्छुक व्यक्तिहरुलाई संस्थामा जोडिन अनुरोध गरे ।  

    क्लबको ८ औं पद हस्तान्तरण कार्यक्रमसंगै रोटरीले इन्ट्रायाक्ट क्लब अफ देवदहको चार्टर सेमोनरी कार्यक्रमसमेत सम्पन्न भएको छ । 

    कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष जयकिशन अघिकारी, निवर्तमान अध्यक्ष, पुर्वअध्यक्ष लगायतको उपस्थिति रहेको थियो । 
     
    सन् १९०५ मा अमेरिकाको शिकागोमा स्थापना भएको रोटरी क्लबका संस्थापक पॉल पी. ह्यारिस हुन् । 

    क्लबले शिक्षा, स्वास्थ्य, सफाइ, र खानेपानी परियोजनामा काम गर्दछ। यसले पोलियो उन्मूलन, शुद्ध पानीको पहुँच, मातृ र बाल स्वास्थ्य, र शिक्षा जस्ता प्रमुख परियोजनाहरूमा काम गरेको छ ।

     रोटरी क्लबको विश्वभर ३५ हजारभन्दा बढी क्लबहरू छन् भने १.२ मिलियन भन्दा बढी सदस्य रहेको जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।