हाम्रा पुर्खा उपनिवेशको बिरुद्ध सधै लडिरहे । बहादुर कहलिए । वीरताको गाथाहरु गुनिए । उनिहरुले एक चिम्टी माटोका लागि धेरै रगत बगाए । हजारौं सन्तान टुहुरा भए । त्यतिनै संख्यामा विधवा भए । खोसिएको भुभाग फर्कियो । विस्तारवादी र साम्राज्यवादी शक्तिलाई घोडा टेकाए । विश्व इतिहासमा सार्वभौमसत्ता सम्पन्न र उपनिवेशमा नपरेको राज्यका रुपमा देशको नाम दर्ज गर्न सफल भए । पुर्खाहरुले बनाएको गौरवको कथा नेपाली समाजमा लामो समय एउटा आदर्शको रुपमा स्थापित भयो ।
सार्वभौमसत्ता सम्पन्न हिजोको बिरासत र गौरवको गाथासहितको राज्य पुस्तान्तरण गर्ने जिम्मा नयाँ पुस्तालाई छ । तर बिडम्वना देश आज संकटग्रस्त र धराशायी अवस्थामा छ । साम्राज्यवादी र विस्तारवादी शक्तिहरुले देशमा नाङ्गो नाच देखाईरहेका छन् । साम्राज्यवाद, विस्तारवाद र उपनिवेशको स्वरुप मात्रै परिर्वतन भएको छ । यसको सिलसिला झन् खतरानक तरिकाले विकसित भईरहेको छ ।
आज हरेक नेपालीले नेपाली नागरीकता त्याग्ने अवस्थामा पुगेका छन् । हिजोको बिरताको इतिहास आजको युवा पुस्तालाई 'मेरो बाले घ्यु खाएका हुन्, नपत्याए मेरो हात सुँघ' भन्ने उखान जस्तै भएको छ । अहिले युवा पलायनता घनघोर दुसंस्कृतिको स्रोत एवम् कारण बनेको छ । यसले निर्माण गरेको मनोविज्ञान नेपाली देशभक्तिका बिरुद्घ एउटा गम्भिर संकट र रोगको रुपमा स्थापित भइरहेको छ । जमिनमा कायम भएको उपनिवेशी अधीनताभन्दा मस्तिष्कमा कायम भएको उपनिवेशी अधीनता बढि खतरानाक देखिएको छ ।
आज नेपाली बाबु आमा विदेशीका लागि श्रमिक जन्माउने कारखाना भएका छन् । यहाँका विद्यालय आर्थिक-मानसिक हैसियत अनुसार कुन स्तरको बच्चा कुन देश पठाउने निर्धारण गर्ने साँचो (डाई) भएका छन् । नागरिक गरिबीको चपेटाले जीवनको मुल्यलाई पैसासङ्ग साट्न तयार छन् । युद्घ चलिरहेका देशमा सैनिक बनेर तातो गोलिले जीवनसङ्ग परिवारको आवश्यकता र सपना साट्दैछन् । सरकार केवल छिमेकीलाई नागरीकता र विदेशीलाई नागरिक बेच्दछ ।
मनोविज्ञान वा मानसिकतामा भएको उपनिवेशले आफ्नो जन्म स्थान, देश, मातृभाषा, भेषभुषा, संस्कृति, खानपान, रहनसहनप्रति वितृष्णा जन्माएको छ । देशको हरेक कुना-कन्दरामा जन्मिएका भुजा जिउनार गर्नेदेखि कोदोको रोटी र मकैको आटो खाएर पेट पाल्ने परिवारका हरेक बालबालिका जीवनको बारेमा थोरै बुझ्न सक्ने र भबिष्यको बारेमा थोरै सोच्न सक्ने भएपछि प्रत्येकको दिमागमा एउटा धारणा निर्माण भइरहेको छ । त्यो हो - विदेश ! आ–आफ्नो हैसियत अनुसारको देश ! आज नेपाली बाबु आमा विदेशीका लागि श्रमिक जन्माउने कारखाना भएका छन् । यहाँका विद्यालय आर्थिक मानसिक हैसियत अनुसार कुन स्तरको बच्चा कुन देश पठाउने भनेर निर्धारण गर्ने साँचो (डाई) भएका छन् । स्तर-स्तरको साँचोमा राखेर विद्यालयको भट्टिबाट दुवई, कतार, साउदी, मलेसियामा बेल्चा चलाउने, कोरिया जापानका कलकारखानामा मेसिन चलाउने, युरोप अमेरीका, अस्ट्रेलियाका रेस्टुराँहरुमा भाडा माझ्ने जनशक्ति तयार भएका छन् । अर्कोथरी नागरिक गरिबीको चपेटाले जीवनको मुल्यलाई पैसासङ्ग साट्न तयार छन् । युद्घ चलिरहेका देशमा सैनिक बनेर तातो गोलिले जीवनसङ्ग परिवारको आवश्यकता र सपना साट्दैछन् । बम खसिरहेका खेतहरुमा कोदालो बेल्चा चलाउन जान उनिहरु तयार छन् । सरकार जनताको रगत र बाकसमा आउने शव सङ्ग रेमिटान्स साट्न तयार छ । सरकारले देशमा भएको सम्भावनामा लगानी गर्दैगर्दैन । केवल छिमेकीलाई नागरीकता र विदेशीलाई नागरिक बेच्दछ । हरेक साल ब्रिटिस आर्मीमा १ सय ५० जनाको लागि आवेदन खुल्दछ । तर २० औंं हजार जोशिला नेपाली युवा ब्रिटिस उपनिवेशको गुलामी गर्न आवेदन भर्दछन् । २० औंं हजार युवालाई डोकोमा ढुङ्गा र थुन्सेमा बालुवा बोकाएर दशौं किलोमिटर उकालो ओरालो कुदाईन्छ । कतिको फोक्सोमा समस्या आउँछ र बालखामै दिर्घरोगी हुन्छन्, अनि ज्यान फाल्दछन् । भर्तिमा छानिएकाहरुको छातीमा नम्बर हानिन्छ । नछानिएकाले देशलाई गाली गर्छन् र उमेर र बल हुने बेलासम्म छातीमा नम्बर हान्ने सपनामा कुदिरहन्छन् । अन्ततोगत्वा सम्पन्न युरोप र बिपन्न खाडिको लागी पासपोर्ट बुझाउँछन् ।
देशको अर्थतन्त्र बदल्ने ठुला जलबिद्युत आयोजनाहरु भारतको कब्जामा छन् । जिएम्आर जस्ता भारतिय कम्पनी सरकारभन्दा बलिया छन् । कर्णालीको मुहार फेर्ने र देशको अर्थतन्त्रलाई उचाईमा पु¥याउने ल्याकत राख्ने ठुला विद्युत आयोजनालाई दशौं बर्षदेखी बन्दी बनाइएको छ । उद्योगको अवस्था धराशायी । पर्यटन व्यवसाय बद्नामित छ । अत्यावश्यक कृषि डामाडोल अवस्थामा छ । जमिन बाँझा छन्, कृषि उत्पादनमा व्यापक ह्रास आएको छ । उत्पादनले बजार नपाएर कृषकले उत्पादन बाटोमा पोख्नु परेको छ । तर देशले बर्षेनी अरवौं रुपैंयाको खाद्यन्न आयत गर्दछ । उत्पादन र उत्पादकत्वमा बृद्धि गर्ने र कृषि शिक्षालाई गुणस्तरिय, बैज्ञानिक र प्राविधिक बनाउने नीति राज्यसङ्ग छैन । कर्मचारी र राजनैतीक व्यक्तिहरुको मिलेतोमा कृषिमा दिइने अनुदान पार्टीका कार्यकर्ता तथा गैर कृषकहरुले हत्याउँछन् । कृषि पेशाालाई वद्नाम गरि असली कृषकलाई कृषिबाट वितृष्णा जगाएर नेपालको कृषिलाई ध्वस्त पार्न दलालहरु मिसन बनएरै लागेका छन् ।
देशमै बसेर व्यवासाय गर्छु र आफुलाई सेवामा पनि समर्पित गर्छु भनेर लागेकाहरु समेत व्यवसायीक घाटाका कारण वद्नामित हुदैछन् । बैंकको ऋण थपिदै गएर कालोसुचीमा पर्ने अवस्थामा पुगेका उनिहरु ठग र बेइमानको उपनामले समाजमा चिनिनुपर्ने अवस्थामा पुगेका छन् । उनिहरुको सम्भावना चारैतिरबाट सकिदै छ । सुनियोजीत ढङ्गले उनिहरुलाई सक्काउने षड्यन्त्र भएको छ । रैथाने व्यवसाय र नेपाली व्यवसायी विस्थापित भईरहदा यहाँको पैसा विदेश लगेर लुकाउने दलाल पुँजीपतिहरुको व्यापार दिनानुदिन फस्टाईरहेको छ ।
देशमा मध्यम वर्गका युवाले गर्ने व्यवसाय धरासायी अवस्थामा छन् । जसले आय आर्जन गर्दा राज्यलाई प्रत्यक्ष लाभ हुन्थ्यो, उनिहरु विस्थापित जस्तै अवस्थामा छन् । देशमै बसेर व्यवासाय गर्छु र आफुलाई सेवामा पनि समर्पित गर्छु भनेर लागेकाहरु समेत व्यवसायीक घाटाका कारण वद्नामित हुदैछन् । बैंकको ऋण थपिदै गएर कालोसुचीमा पर्ने अवस्थामा पुगेका उनिहरु ठग र बेइमानको उपनामले समाजमा चिनिनुपर्ने अवस्थामा पुगेका छन् । उनिहरुको सम्भावना चारैतिरबाट सकिदै छ । सुनियोजीत ढङ्गले उनिहरुलाई सक्काउने षड्यन्त्र भएको छ । रैथाने व्यवसाय र नेपाली व्यवसायी बिस्थापित भईरहदा यहाँको पैसा विदेश लगेर लुकाउने दलाल पुँजीपतिहरुको व्यापार दिनानुदिन फस्टाईरहेको छ ।
एउटा वर्गको उद्धेश्यनै नेपाली रैथाने व्यापार व्यवसाय सक्काउन रहेको देखिन्छ । मानसिक उपनिवेशलाई व्यवसाय बनाएर पलायनताको धन्दा गर्ने अनि अर्थतन्त्र कब्जा गरी यहाँ संकलन भएको पैसा विदेश लगेर सुरक्षीत गर्ने योजनामा उनिहरु एक हदसम्म सफल हुँदैछन् । योजना मुताबिक तारे होटलमा बसेर सेमिनार गोष्ठी अनि सर्वेक्षण गरी धनी व्यापारी र उद्यमीहरुले राज्यकोषमा भएको धन एवम् विदेशमा काम गर्नेले पठाएको आम्दानी जोडेर जनसख्यालाई कागजमा भाग लगाउछन् । अनि घोषण गरिन्छ, नेपालमा गरीवीको संख्या घटेर १८ प्रतिशत र प्रतिव्यक्ति आम्दानी ११ सय डलर पुग्यो भनेर । यो भन्दा ठुलो झुट अरु के हुन सक्छ ? धनीको सम्पती कागजमा बाँडेर गरिवी घट्ने होईन । यहाँ नेपाली जनतालाई भ्रममा पारेर अर्थतन्त्रमा निश्चित वर्गले गरेको हालिमुहाली ढाकछोप गर्ने ठेक्का आईएन्जीओहरुले लिएका छन् ।
पार्टीका सिफारिसमा निर्वाचित जनप्रतिनिधि अहिलेको विज्ञान र प्रविधिसंग फिट हुन सकेका छैनन् । उनिहरु मकैबारीमा पुरानो टोपी र फाटेको दौरासुरुवालबाट बनाएको पुत्लाजस्तै भएका छन् । सुगा र भंगेराले त्यही पुत्लाको टाउकोमा थकाई मार्दै बारीको मकै सकेजस्तै कर्मचारीहरुलेसमेत जनप्रतिनिधिलाई साक्षी राखेर राज्यको ढुकुटी दुरुपयोग गरिरहेका छन् ।
देशमा दिनहु लेखेर र बोलेर नथाकिने बिकृती विसङ्गती छन् । तर सबैको नेतृत्व गर्दै सुधार गर्ने राजनीति झन् दुर्गन्धित छ । राजनैतिक नेतृत्व व्यक्तिपुजा, दम्भ, षड्यन्त्र, सत्तालोभ र भ्रष्टाचार युक्त संक्रमणको सिकार भएको छ । गाउँगाउँमा स्थापना गरीएका सिँहदरबारका शासकहरुको कार्यशैलीबाट जनता अत्तालिएका छन् । कोतपर्व र भण्डारखाल पर्वको नयाँ स्वरुपबाट उदय भएका गाउँका सिँहदरवारका शासकको व्यक्तिगत क्षमता र उनिहरुमा पलाएको दम्भले जनताहरु वर्तमान व्यवस्थाप्रति नै निराश छन् ।
जनताले आफुले आस्था राख्ने पार्टीमा गरेको योगदान उसको आर्थिक हैसियत, पार्टी र माथिल्लो नेतालाई दिएको चन्दा र आन्दोलनको इतिहास हेरेर तय गरिन्छ । पार्टीका सिफारिसमा निर्वाचित जनप्रतिनिधि अहिलेको विज्ञान र प्रविधिसंग फिट हुन सकेका छैनन् । अहिले उनिहरु मकैबारीमा पुरानो टोपी र फाटेको दौरासुरुवालबाट बनाएको पुत्लाजस्तै भएका छन् । सुगा र भंगेराले त्यही पुत्लाको टाउकोमा थकाई मार्दै बारीको मकै सकेजस्तै कर्मचारीहरुलेसमेत जनप्रतिनिधिलाई साक्षी राखेर राज्यको ढुकुटी दुरुपयोग गरिरहेका छन् । आफुलाई वुद्घिजीवी र विद्घान भन्ठान्नेहरु मुकर्दशक भईरहेका छन् । आजको दुर्गन्धीत राजनीति र नेतृत्वको कार्यशैलीले मानसिक उपनिवेशको संक्रमण फैलाउन सफल भएको छ । हरेक देशभक्त नेपाली उपनिवेशी संक्रमणको उच्च जोखिममा छन् र युवावर्ग पलायनताको शिकार हुन बाध्य छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology