नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन केवल औपचारिक भीड, नाराबाजी र राजनीतिक उत्सवका लागि मात्र होइन, यो पार्टीको भविष्य निर्धारण गर्ने गम्भीर अवसर हो । त्यसैले देशैभरिबाट छानिएर आएका प्रतिनिधिहरूले यही यथार्थतालाई बुझेर जिम्मेवारीपूर्वक निर्णय गर्न जरुरी छ। महाधिवेशनले नयाँ उत्साह, नयाँ सोच र नयाँ नेतृत्व जन्माउनुपर्ने हो, तर पछिल्ला वर्षहरूमा एउटै अनुहार, एउटै शैली र एउटै प्रभावको निरन्तरताले एमालेलाई कमजोर बनाइरहेको छ ।
जब नेतृत्वमा नयाँ पुस्ता, नयाँ सोच र नयाँ कार्यशैली उदाउन पाउँदैन, त्यहीँबाट संगठनभित्र जाम सुरू हुन्छ । नेतृत्वको जामले संगठन नै ठप्प पार्छ । यही जटिलताले एमालेलाई गिजोलीरहेको छ ।
प्रतिनिधिहरूले बुझ्नुपर्ने न्यूनतम कुरा के हो भने पार्टी व्यक्ति केन्द्रित भएर होइन, नीति केन्द्रित भए मात्रै बलियो हुन्छ । तर एमालेमा पछिल्लो समयमा व्यक्तिलाई प्रधान मान्ने परम्पराको विकास भएको छ । नीतिभन्दा व्यक्ति हावी हुदा समग्र पार्टीको अवस्था कमजोर बनेको छ । एउटै व्यक्तिलाई पटकपटक जिम्मेवारी सुम्पदै जानुले पार्टीमा न त स्वस्थ प्रतिस्पर्धा जन्मिन्छ, न त वैकल्पिक नेतृत्वको आधार नै तयार हुन्छ ।
पार्टी व्यक्ति केन्द्रित भएर होइन, नीति केन्द्रित भए मात्रै बलियो हुन्छ । तर एमालेमा पछिल्लो समयमा व्यक्तिलाई प्रधान मान्ने परम्पराको विकास भएको छ । नीतिभन्दा व्यक्ति हावी हुदा समग्र पार्टीको अवस्था कमजोर बनेको छ । एउटै व्यक्तिलाई पटकपटक जिम्मेवारी सुम्पदै जानुले पार्टीमा न त स्वस्थ प्रतिस्पर्धा जन्मिन्छ, न त वैकल्पिक नेतृत्वको आधार नै तयार हुन्छ ।
पार्टी संचालनमा नेतृत्वको निरन्तरता र अनुभव महत्वपूर्ण हुने गर्छ, तर अनन्तकालसम्म एउटै नेतृत्व टिकाइरहनुको अर्थ परिवर्तनको बाटो अवरुद्ध पार्नु हो । गतिशीलता बिना वैचारिक सबलता सम्भव छैन र यही कारण महाधिवेशनको माध्यमबाट ‘नयाँ चिन्तन’ र ‘नयाँ संरचना’ दुबैलाई महत्व दिनुपर्ने आवश्यकता छ ।
आजको राजनीति पुराना ढाँचाले चल्दैन । समाज, सूचना र प्रविधि, मतदाताको सोच, विकासको आवश्यकता सबै परिवर्तित छ । यस्तो बेला नेतृत्वमा नयाँ दिमाग, नयाँ दृष्टि र नयाँ क्षमताको मिश्रण आवश्यक छ । पुरानै ढाँचामा अड्किएको नेतृत्वले वर्तमान चुनौती सम्बोधन गर्न सक्दैन । लामो समयदेखि उही अनुहार, उही शैली र उही राजनीतिक सोच दोहोरिइरहँदा पार्टीको गति कम हुन्छ । नयाँ पुस्ताले देख्ने सपना, बुझ्ने राजनीति र प्रयोग गर्ने शैली फरक हुन्छ ।
नेतृत्वको जाम तोड्नु भनेको पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई पुनःजागृत गर्नु पनि हो । प्रतिस्पर्धा, विचारको बहस, नीति तथा कार्यक्रमको विश्लेषण, नयाँ पुस्ता र पुराना पुस्ताबीचको स्वस्थ संयोजन, यी सबै आन्तरिक लोकतन्त्रका आधार हुन् । यो खुलापन बिना कुनै दल लामो समय टिकीरहन सक्दैन ।
नेतृत्वको जामले नयाँ धारणा विकास गर्न, नयाँ रणनीति निर्माण गर्न तथा नयाँ कार्यक्रम जन्मिन रोक्छ, जसले पार्टीलाई यथास्थितिवाद तर्फ धकेल्छ । त्यसैले नेतृत्वको जाम तोड्नु भनेको पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई पुनःजागृत गर्नु पनि हो । प्रतिस्पर्धा, विचारको बहस, नीति तथा कार्यक्रमको विश्लेषण, नयाँ पुस्ता र पुराना पुस्ताबीचको स्वस्थ संयोजन, यी सबै आन्तरिक लोकतन्त्रका आधार हुन् । यो खुलापन बिना कुनै दल लामो समय टिकीरहन सक्दैन ।
एमाले नेतृत्वमा रहेको जाम तोड्नु कुनै एउटा व्यक्तिको कुरा होइन । नत कुनै व्यक्ति विशेषलाई हटाएर नयाँ व्यक्ति स्थापित गर्नु हो । यो त पार्टीको भविष्य, संगठनको विस्तार र देशप्रतिको जिम्मेवारीसँग जोडिएको विषय हो ।
नयाँ पुस्ता, नयाँ विचार र पुरानो अनुभवबीचको सन्तुलन कायम भएमा मात्र एमाले फेरि एक पटक युवाको पहिलो रोजाइ, जनताको आशाको केन्द्र बन्न सक्छ ।
आजको राजनीति र समाज द्रुत गतिमा परिवर्तन भइरहेको छ । जनताको सपना, आकांक्षा र भरोसा निरन्तर बदलिँदै छ । त्यही परिवर्तनलाई प्रतिनिधित्व गर्नको लागि पनि नयाँ नेतृत्व आवश्यक छ । एमालेले वैचारिक रूपमा आफूलाई सशक्त बनाउनका लागि महाधिवेशन नै त्यो ठोस मोड हो जहाँबाट नेतृत्वमा लागेको जाम तोड्ने निर्णय हुनु जरुरी छ । पुराना नेतृत्वले पार्टीको निम्ति दिएको योगदान र निभाएको जिम्मेवारी अत्यन्तै महत्वपूर्ण छन् । उहाँहरुलाई सम्मान गरेर सल्लाहकारका रुपमा राख्नु पर्दछ ।
अबको जिम्मेवारी प्रतिनिधिहरूमाथि छ । प्रतिनिधिहरुले साहसिक निर्णय लिनुहोस, वैकल्पिक नेतृत्वलाई अघि सार्नुहोस्, व्यक्ति होइन प्रणालीलाई प्राथमिकता दिनुहोस र पार्टीलाई साँच्चिकै गतिशील, चलायमान र शक्तिशाली बनाउनुहोस् । किनकी यो समय नेतृत्व परिवर्तनको मात्र होइन, एमालेको भविष्य बचाउने क्षण पनि हो ।
एउटा समय थियो जतिबेला एमालेलाई ‘युवा, जोश र परिवर्तनको एजेण्डा बोक्ने पार्टी’ भनेर चिनिन्थ्यो । विश्वविद्यालय, सडक, सदन, मजदुर आन्दोलनदेखि सांस्कृतिक अभियानसम्म, युवाहरूको ठूलो जमात एमालेकै वरिपरि रहन्थ्यो । तर आज यथार्थता एकदमै बदलिएको छ । पार्टीमा वर्षौँदेखि एउटै तहमा एउटै मान्छेहरू रहिरहनुले युवालाई अगाडी बढने बाटो नै बन्द भएको छ ।
एउटा समय थियो जतिबेला एमालेलाई ‘युवा, जोश र परिवर्तनको एजेण्डा बोक्ने पार्टी’ भनेर चिनिन्थ्यो । विश्वविद्यालय, सडक, सदन, मजदुर आन्दोलनदेखि सांस्कृतिक अभियानसम्म, युवाहरूको ठूलो जमात एमालेकै वरिपरि रहन्थ्यो । तर आज यथार्थता एकदमै बदलिएको छ । पार्टीमा वर्षौँदेखि एउटै तहमा एउटै मान्छेहरू रहिरहनुले युवालाई अगाडी बढने बाटो नै बन्द भएको छ ।
आजको पुस्ताले बेरोजगारी, वैदेशिक रोजगार, स्टार्टअप, डिजिटल अर्थतन्त्र, सामाजिक समानता र आत्मसम्मान जस्ता मुद्दाहरुको उत्तर खोजी रहेका छन् । तर पार्टी नेतृत्व अझै पुराना शैलीकै तौर तरिकामा अड्किएको छ, रुमल्लिएको छ ।
पार्टीमा आन्तरिक लोकतन्त्रभन्दा शक्ति सन्तुलनको खेल बढी देखिएको छ । युवा पुस्ताले पारदर्शिता, प्रतिस्पर्धा र मेरिटोक्रेसी चाहन्छ । तर एमालेभित्र भने समूहगत शक्ति, आफु निकट वा आफ्नो वफादारलाई मात्रै अवसर जस्ता संस्कार हावी भइरहेका दृश्यले युवामा निराशा बढाएको छ ।
आजको युवाले केवल नारा मात्रै खोजिरहेका छैनन्, उनीहरुले डेलिभरी चाहान्छन्, नतिजा चाहन्छन् । नतिजाभन्दा पनि नारामा जोड दिने शैलीले एमाले प्रति युवाको भरोसा कमजोर पारिरहेको छ ।
त्यसैले नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरूको काँधमा एउटा महत्त्वपूर्ण जिम्मेवारी आएको छ । त्यो जिम्मेवारी भनेको पार्टीलाई युवामैत्री, आधुनिक र प्रतिस्पर्धी बनाउने अभिभारा पुरा गर्नु हो । त्यसका लागि नेतृत्वमा देखिएको जाम हटाउन ध्यान दिनु पर्दछ । अनि मात्रै नेकपा एमाले ऊर्जाशील, विचारमा नयाँपन र परिवर्तनको विश्वास बोकेको पार्टी बन्न सक्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology