Logo

२०८३, कार्तिक २४गते


images
images

विचार

नेपालमा हिमनदीजन्य प्रकोपको जोखिम : हिमनदी प्रकोपको ‘टाइम बम’ बन्न सक्छन्

नेपालमा हिमनदीजन्य प्रकोपको जोखिम : हिमनदी प्रकोपको ‘टाइम बम’ बन्न सक्छन्

images
  • नेपालमा हिमनदीजन्य प्रकोपको जोखिम : हिमनदी प्रकोपको ‘टाइम बम’ बन्न सक्छन्
    images

    नेपालको हिमाल केवल प्राकृतिक सौन्दर्य, पर्यटन र जलस्रोतको आधार मात्र होइन, पछिल्ला वर्षहरूमा तिनै हिमालभित्र लुकेका हिमनदी, हिमताल, बरफका ढिस्का र अस्थिर पहाडी संरचनाले नयाँ किसिमको भय पनि जन्माइरहेका छन् । जलवायु परिवर्तनसँगै बढ्दो तापक्रमले हिमनदी पग्लने क्रम बढ्दो छ । पग्लिएको पानीले हिमनदीको फेद वा सतहमाथि ताल बनाउँने, चट्टान र बरफ खसेर ती ताललाई अस्थिर बनाउने र कमजोर प्राकृतिक बाँध भत्किँदा केही मिनेट वा घण्टामै विनाशकारी बाढी तलका बस्तीमा पुग्न सक्छ । यही कारण वैज्ञानिकहरूले हिमनदी र हिमतालजन्य जोखिमलाई विस्तारै ‘प्रकोपको टाइम बम’ का रूपमा चित्रण गर्न थालेका छन् ।

    images
    images
    images

    पछिल्लो दशक, अर्थात् करिब सन् २०१६ देखि २०२६ सम्मको अवधिमा नेपालमा हिमनदीजन्य जोखिम प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा देखिएका घटनाहरूले एउटा गम्भीर सन्देश दिएका छन् । हिमालमा भएको सानो परिवर्तन पनि नदीको तल्लो तटीय क्षेत्रमा ठूलो विपत्तिका रूपमा देखा पर्न सक्छ ।

    images
    images
    images

    विशेष गरी सोलुखुम्बुको थामेमा २०२४ मा आएको हिमताल विस्फोटजन्य बाढी, रसुवामा २०२५ को सीमापारबाट उत्पन्न आकस्मिक बाढी र २०२६ अगस्टमा पुनः उत्तरी सीमाक्षेत्रमा देखिएको अत्यन्त विनाशकारी हिमनदी–बरफ पतन तथा बाढीजन्य घटनालाई यसको ज्वलन्त उदाहरणको रुपमा लिन सकिन्छ । 

    images
    images

    थामे २०२४ : एउटा हिमाली गाउँको चेतावनी

    सन् २०२४ अगस्ट १६ मा सोलुखुम्बुको खुम्बु क्षेत्रस्थित थामे उपत्यकामा आएको बाढी नेपालमा पछिल्ला वर्षको सबैभन्दा महत्त्वपूर्ण हिमतालजन्य घटनामध्ये एक हो । प्रारम्भिक रूपमा यसलाई थ्यान्बो हिमतालसँग जोडिएको भनिएपनि पछिल्लो विस्तृत अनुसन्धानले घटनाको प्रकृति अझ जटिल रहेको देखाएको छ । माथिल्लो क्षेत्रमा भएको ठूलो चट्टानी हिमपहिरोले हिमतालमा पानीको विशाल तरङ्ग उत्पन्न ग‍र्यो । त्यसपछि क्रमशः दुई हिमतालको बाँध भत्कँदा ठूलो परिमाणमा पानी, माटो, ढुंगा र अन्य गेग्रानसहितको बाढी थामेतर्फ झ‍र्यो । अनुसन्धानका अनुसार घटनाले दुई तालबाट करिब ४ लाख ५९ हजार घनमिटर पानी बाहिर निकालेको थियो ।

    थामेको घटनाले एउटा महत्त्वपूर्ण कुरा सिकायो । प्रकोपका लागि ठूलो हिमताल मात्र खतरनाक हुँदैन । तुलनात्मक रूपमा सानो देखिने हिमताल पनि यदि अस्थिर चट्टान, हिमपहिरो वा हिमनदीसँग जोडिएको छ भने त्यसबाट श्रृंखलाबद्ध विनाश हुन सक्छ । एउटा चट्टान खस्ने, त्यसबाट पानीमा तरंग उठ्ने, पहिलो बाँध भत्किने र त्यसले दोस्रो ताललाई प्रभावित गर्ने ‘चेन रियाक्सन’ नै थामे विनाशको मुख्य विशेषता रहेको थियो । यही कारण हिमाली जोखिमलाई एउटै प्रकोपको रूपमा नभई बहुप्रकोपीय जोखिमका रूपमा बुझ्नुपर्ने आवश्यकता बढेको छ ।

    उक्त बाढीले थामेमा घर, होटल, विद्यालय, स्वास्थ्य चौकी, पुल र अन्य संरचनामा गम्भीर क्षति पु‍र्यायो । बाढीका कारण २५ घर तथा संरचनाहरू नष्ट भएको, १३५ जना विस्थापित भएको र बाढीले गेग्रानसहितको प्रभाव करिब ८० किलोमिटरसम्म तल पु‍र्याएको उल्लेख गरिएको छ । थामेको प्रारम्भिक आकलनमै १४ भन्दा बढि संरचना नष्ट भएको विवरण आएको थियो । जसमा विद्यालय, स्वास्थ्य संस्था, होटल र घरसमेत थिए । मानवीय क्षति नहुनु ठूलो राहतको विषय भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक क्षति गम्भीर थियो ।

    थामेको घटनाले एउटा महत्त्वपूर्ण कुरा सिकायो । प्रकोपका लागि ठूलो हिमताल मात्र खतरनाक हुँदैन । तुलनात्मक रूपमा सानो देखिने हिमताल पनि यदि अस्थिर चट्टान, हिमपहिरो वा हिमनदीसँग जोडिएको छ भने त्यसबाट श्रृंखलाबद्ध विनाश हुन सक्छ । एउटा चट्टान खस्ने, त्यसबाट पानीमा तरंग उठ्ने, पहिलो बाँध भत्किने र त्यसले दोस्रो ताललाई प्रभावित गर्ने ‘चेन रियाक्सन’ नै थामे विनाशको मुख्य विशेषता रहेको थियो । यही कारण हिमाली जोखिमलाई एउटै प्रकोपको रूपमा नभई बहुप्रकोपीय जोखिमका रूपमा बुझ्नुपर्ने आवश्यकता बढेको छ ।

    रसुवा २०२५ : सीमापार हिमाली जोखिमको प्रभाव

    सन् २०२५ जुलाई ८ मा रसुवाको भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको आकस्मिक बाढीले हिमनदीजन्य प्रकोप राष्ट्रिय सीमामा नअडिने यथार्थ पनि उजागर ग‍र्यो । नेपाल सरकारको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक प्रतिवेदनअनुसार चीनको तिब्बत क्षेत्रमा रहेको प्युरेपु हिमनदीमाथिको सुप्राग्लेसियल अर्थात् हिमनदी सतहमाथि बनेको तालबाट पानी तीव्र गतिमा निस्कँदा ल्हेन्दे नदी हुँदै नेपालतर्फ विनाशकारी बाढी आएको थियो ।

    उक्त बाढीले रसुवा मात्र होइन, नुवाकोट, धादिङ र चितवनसम्म प्रभाव पार्यो । सरकारी प्रारम्भिक विवरणमा कम्तीमा ९ जनाको मृत्यु र १९ जना बेपत्ता भएको उल्लेख छ । नदी किनारका सडक, पुल, जलविद्युत् तथा सीमा व्यापारसँग जोडिएका संरचनामा पनि गम्भिर असर परेको थियो । यो घटना नेपालको माथिल्लो जलाधारको ठूलो भाग सीमापार भूभागसँग जोडिएको हुँदा विपद् पूर्वसूचना र जोखिम व्यवस्थापनमा अन्तरदेशीय समन्वय कति आवश्यक छ भन्ने प्रमाण पनि बन्यो ।

    २०२६ को उत्तरी सीमाक्षेत्रीय विपत्ति : जोखिम अझ भयावह बन्दै

    सन् २०२६ को अगस्ट २६–२७ मा नेपाल–तिब्बत सीमाक्षेत्रमा भएको अत्यन्त ठूलो हिमनदी पतन तथा त्यसपछिको आकस्मिक बाढीले हिमाली जोखिमको भयावहता फेरि विश्वसामु ल्याएको छ । प्रारम्भिक वैज्ञानिक तथा उपग्रह विश्लेषणले ठूलो बरफ–चट्टानी भाग उच्च हिमाली क्षेत्रबाट खसेर तल पुगेपछि पानी, गेग्रान र ढुंगासहितको शक्तिशाली बाढी उत्पन्न भएको देखाएका छन् । घटनाको विस्तृत कारण र अन्तिम क्षतिको तथ्यांक अझै अनुसन्धान र उद्धारका क्रममा रहेकाले संख्या परिवर्तन हुन सक्छ । तर हालसम्मका अन्तर्राष्ट्रिय तथा वैज्ञानिक विवरणले ठूलो जनधनको क्षति, बस्ती, सडक, पुल, जलविद्युत् र व्यापारिक पूर्वाधारमा व्यापक विनाश भएको संकेत गरेका छन् ।

    कहिलेकाहीँ हिमनदी वा बरफको ठूलो पतनले आफैंमा भूकम्पजस्तो ऊर्जा उत्पादन गर्न सक्छ । सुरुमा भूकम्पको संकेत ठानिएको कम्पन पछि हिमनदीजन्य पतनसँग सम्बन्धित रहेको वैज्ञानिक विश्लेषण आएको छ । यसको अर्थ भविष्यमा जोखिम केवल ‘हिमताल फुट्ने’ मा सीमित छैन । बरफको विशाल खण्ड भाँचिनु, चट्टान खस्नु, अस्थायी प्राकृतिक बाँध बन्नु र एक्कासि भत्किनुजस्ता बहुआयामिक घटनाहरू पनि हिमाली समुदायका लागि उत्तिकै खतरनाक देखिएका छन् ।

    यस घटनाले अर्को खतरनाक पक्ष देखाएको छ । कहिलेकाहीँ हिमनदी वा बरफको ठूलो पतनले आफैंमा भूकम्पजस्तो ऊर्जा उत्पादन गर्न सक्छ । सुरुमा भूकम्पको संकेत ठानिएको कम्पन पछि हिमनदीजन्य पतनसँग सम्बन्धित रहेको वैज्ञानिक विश्लेषण आएको छ । यसको अर्थ भविष्यमा जोखिम केवल ‘हिमताल फुट्ने’ मा सीमित छैन । बरफको विशाल खण्ड भाँचिनु, चट्टान खस्नु, अस्थायी प्राकृतिक बाँध बन्नु र एक्कासि भत्किनुजस्ता बहुआयामिक घटनाहरू पनि हिमाली समुदायका लागि उत्तिकै खतरनाक देखिएका छन् ।

    हिमनदी किन प्रकोपको ‘टाइम बम’ हुन त ?

    हिमनदीलाई ‘टाइम बम’ भन्नुको अर्थ प्रत्येक हिमनदी जुनसुकै बेला विस्फोट हुन्छ भन्ने होइन । यसको अर्थ हो, हिमालभित्र क्रमश: ऊर्जा, पानी र अस्थिरता जम्मा भइरहेका हुन्छन्, तर त्यसको वास्तविक प्रकोप कुन दिन, कुन ठाउँमा र कुन कारणले बाहिर निस्कन्छ भन्ने कुरा सधैं सजिलै अनुमान गर्न सकिँदैन ।

    हिमनदी बिष्फोटको पहिलो कारण हो, तीव्र तापवृद्धि र हिमनदी पग्लनु । तापक्रम बढेसँगै हिमनदी पातलो र कमजोर हुँदै जान्छन्, हिमनदी पछाडि हट्दा नयाँ ताल बन्न सक्छन् र पुराना ताल विस्तार हुन सक्छन् । हिन्दुकुश हिमालय क्षेत्रमा हिमतालको संख्या र आकार बढ्नुले सम्भावित जोखिम पनि बढाइरहेको छ । आईसिएमओडि ले नेपालको हिमाली क्षेत्रमा अहिले करिब २५ हजार हिमताल रहेको र बढ्दो तापक्रमसँगै हिमतालजन्य जोखिमको गम्भीरता बढिरहेको बताएको छ ।

    दोस्रो कारण हो, कमजोर प्राकृतिक बाँध । धेरै हिमताललाई ढुंगा, माटो र पुरानो हिमनदीको गेग्रानले बनेको मोरेन बाँधले रोकेको हुन्छ । कंक्रिटको बाँधजस्तो योजनाबद्ध र इन्जिनियरिङ संरचना नभएकाले ती प्राकृतिक बाँधमा पानीको चाप, भित्रबाट हुने क्षय, भारी वर्षा वा बाह्य धक्काले क्षति पु‍र्याउन सक्छ ।

    हिमालमा बाढीको स्रोतबाट धेरै टाढा रहेका बस्ती पनि सुरक्षित हुन्छन् भन्ने छैन । नदी किनारमा बनेका सडक, पुल, जलविद्युत् आयोजना, होटल, बजार र बस्तीले जोखिमको क्षेत्र विस्तार गरेका छन् । थामेको बाढीले दर्जनौं किलोमिटरसम्म असर पु‍र्याउनु र रसुवा घटनाको प्रभाव धेरै जिल्लासम्म देखिनु यसको उदाहरण हो

    तेस्रो कारण हो, हिमपहिरो र चट्टान खस्ने श्रृंखलाबद्ध प्रभाव । थामेको घटनाले देखाएजस्तै तालमा ठूलो चट्टान वा बरफ खस्दा पानीमा विशाल तरंग उठ्न सक्छ । त्यो तरंगले बाँध नाघ्न वा बाँध भत्काउन सक्छ । एउटा ताल फुटेपछि त्यसको बाढीले तल रहेको अर्को ताल, पुल वा नदी अवरुद्ध गरी थप संकट सिर्जना गर्न सक्छ ।

    चौथो कारण हो, पर्माफ्रोस्ट र हिमाली ढलानको अस्थिरता । उच्च हिमाली क्षेत्रमा लामो समयदेखि जमेको माटो र चट्टानलाई बरफले एक प्रकारले बाँधेर राखेको हुन्छ । तापक्रम बढेपछि त्यो जमेको संरचना कमजोर हुन्छ । जसका कारण विशाल चट्टान वा बरफका भाग अचानक खस्ने सम्भावना बढ्छ । यस्ता घटनाले तालमा तरंग, नदी अवरोध वा सीधा गेग्रानयुक्त बाढी सिर्जना गर्न सक्छन् ।

    पाँचौं कारण हो, पहिले नै भएको विकास र तल्लो तटीय क्षेत्रको जोखिम । हिमालमा बाढीको स्रोतबाट धेरै टाढा रहेका बस्ती पनि सुरक्षित हुन्छन् भन्ने छैन । नदी किनारमा बनेका सडक, पुल, जलविद्युत् आयोजना, होटल, बजार र बस्तीले जोखिमको क्षेत्र विस्तार गरेका छन् । थामेको बाढीले दर्जनौं किलोमिटरसम्म असर पु‍र्याउनु र रसुवा घटनाको प्रभाव धेरै जिल्लासम्म देखिनु यसको उदाहरण हो ।

    क्षतिको अर्थ केवल मृत्युको संख्या होइन

    हिमनदीजन्य प्रकोपको क्षति मृतक र बेपत्ताको संख्याले मात्र मापन गर्न सकिँदैन । एउटा हिमाली गाउँमा एउटा पुल बग्नु भनेको विद्यालय, अस्पताल, बजार र उद्धार सेवासँगको सम्पर्क टुट्नु हो । एउटा जलविद्युत् आयोजना क्षतिग्रस्त हुनु भनेको स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा असर पर्नु हो । पर्यटन मार्ग अवरुद्ध हुँदा स्थानीय होटल, मजदुर, गाइड र व्यवसायीको आम्दानी रोकिन्छ ।

    थामेमा भएको क्षतिले उच्च हिमाली पर्यटन र स्थानीय जीवनयापनबीचको गहिरो सम्बन्ध देखाएको छ । २०२५ र २६ का उत्तरी नदी प्रणालीका घटनाले सडक, पुल, व्यापारिक नाका र ऊर्जा पूर्वाधारसम्म जोखिम फैलिएको देखाएका छन् । त्यसैले अब हिमनदीजन्य प्रकोपलाई वातावरणीय विषयका रुपमा मात्र हेर्न मिल्दैन, यो विकास, अर्थतन्त्र, पर्यटन, ऊर्जा, राष्ट्रिय सुरक्षा र सीमापार सहकार्यसँग जोडिएको विषय बन्न पुगेको छ ।

    पछिल्लो हिमनदीको क्षतीपछि पुन: जोखिमको अवस्था :

    चीनको जिरोङ जिल्लामा पहिरोको जोखिम कायमै रहेका बेला पहिरोले नयाँ ताल बनेपछि अर्को विपद्को खतरा बढेको छ ।

    चीनको सञ्चारमाध्यम सिसिटिभीका अनुसार जिरोङ जिल्लामा अझै पहिरो, लेदो पहिरो र आकस्मिक बाढीको जोखिम रहेको छ । आगामी तीन दिनसम्म वर्षा हुने पूर्वानुमान रहेकाले पहिरोबाट थुप्रिएको माटो र ढुंगाले बनेका अस्थिर बाँधका कारण जोखिम थप बढेको हो ।

    सिसिटिभीले लिएको भिडियोमा यसअघि पहिरो गएको स्थानमा नयाँ ताल बनेको देखिएको छ । चीनको जिरोङ बन्दरगाहनजिकै, तर नेपालको सीमाभित्र बनेको उक्त ताल भरिदै गएको छ ।

    सिसिटिभीले तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र पानी बाहिर बग्नसमेत सुरु भइसकेको देखाएको छ । आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा जम्मा हुने अनुमान रहेकाले ताल फुट्न सक्ने उच्च जोखिम रहेको सिसिटिभीलाई उल्लेख गर्दै सिएनएनले लेखेको छ ।

    अब के गर्ने ?

    हिमनदी विष्फोटबाट जोगिने पहिलो आधार जोखिमयुक्त हिमताल र हिमनदीको निरन्तर निगरानी हो । जसको लागि उपग्रह चित्र, स्वचालित मौसम केन्द्र, जलस्तर मापन, क्यामेरा, भू–उपग्रह प्रविधि र स्थलगत अध्ययनलाई प्रभावकारी बनाइनुपर्छ । 

    दोस्रोमा पूर्वसूचना प्रणाली हुन सक्छ । हिमालमा संकेत देखिएलगत्तै तल्लो बस्तीमा साइरन, मोबाइल सन्देश, रेडियो तथा स्थानीय सञ्चार माध्यमबाट चेतावनी पुग्ने व्यवस्था हुनुपर्छ । नेपालजस्तो पहाडी देशमा स्थानीय एफएम रेडियो र सामुदायिक सञ्चार संयन्त्रलाई पनि विपद् सूचना प्रणालीसँग बलियो रूपमा जोड्न सकिन्छ ।

    यसको तेस्रो उपायको रुपमा जोखिम नक्साअनुसार विकास निर्माण गर्नु हो । सम्भावित हिमनदीजन्य बाढीको मार्गमा महत्वपूर्ण संरचना बनाउँदा जोखिम मूल्यांकन अनिवार्य हुनुपर्छ । नदीको पुरानो बहाव क्षेत्रलाई बिर्सेर निर्माण गरिने सडक, होटल, बस्ती वा जलविद्युत् आयोजना भविष्यमा महँगो साबित हुन सक्छ ।

    हिमनदीलाई ‘टाइम बम’ भन्नुको तात्पर्य यस्ता हिमनदीहरु आँखाले नदेखिने गरी तम्तयार अवस्थामा पुग्दै विष्फोटको काउन्टडाउनमा रहेका त होइनन् भन्ने प्रश्न उब्जिएको छ । बरफभित्र पानी जमिरहने भएकाले हिमतालको बाँध कमजोर भइरहेको हुन सक्छ, चट्टानको ढलान बिस्तारै खुकुलो भएको अवस्थामा एउटा भारी वर्षा, हिमपहिरो, चट्टान पतन वा तापक्रमको असामान्य वृद्धि नै त्यो विस्फोटक श्रृंखलाको अन्तिम ट्रिगर बन्न सक्छ ।

    चौथोमा सीमापार सूचना आदानप्रदानलाई लिन सकिन्छ । हिमाल र नदीले राजनीतिक सीमा मान्दैनन् । चीन वा अन्य सीमापार जलाधारमा भएको हिमनदीजन्य घटना केही घण्टामै नेपालमा प्रवेश गरि प्रकोपको रुप धारण गर्न सक्छन् । त्यसैले उपग्रह डेटा, जलस्तर, हिमतालको अवस्था र आकस्मिक चेतावनी आदानप्रदानका लागि अन्तरदेशीय संयन्त्र बलियो बनाउनुपर्छ ।

    पाँचौं उपायको रुपमा जलवायु परिवर्तन न्यूनीकरण र स्थानीय अनुकूलन हुन सक्छ । विश्वव्यापी तापवृद्धि रोक्न नेपाल एक्लैले सक्दैन, तर जोखिम घटाउने तयारी भने गर्न सक्छ । हिमतालमा पानीको सतह घटाउने, प्राकृतिक बाँधको निगरानी गर्ने, सुरक्षित पुनर्वास, स्थानीय अभ्यास र समुदायको क्षमता अभिवृद्धि गरेरैपनि यसको जोखिमलाई न्यूनिकरण गर्न सकिन्छ ।

    यसरी नेपालका हिमनदी र हिमतालले भविष्यको चिन्ताको विषय मात्र होइन वर्तमानमै चुनौती खडा गरिरहेका छन् । यसरी हेर्दा थामे २०२४ ले श्रृंखलाबद्ध हिमाली प्रकोपको सम्भावना देखायो । रसुवा २०२५ ले सीमापार हिमनदीजन्य जोखिमको प्रत्यक्ष प्रभाव देखायो भने २०२६ को उत्तरी सीमाक्षेत्रीय विनाशकारी घटनाले हिमनदी, बरफ र चट्टानको अस्थिरता कति ठूलो विपत्तिमा परिणत हुन सक्छ भन्ने थप कठोर चेतावनी दिएको छ ।

    हिमनदीलाई ‘टाइम बम’ भन्नुको तात्पर्य यस्ता हिमनदीहरु आँखाले नदेखिने गरी तम्तयार अवस्थामा पुग्दै विष्फोटको काउन्टडाउनमा रहेका त होइनन् भन्ने प्रश्न उब्जिएको छ । बरफभित्र पानी जमिरहने भएकाले हिमतालको बाँध कमजोर भइरहेको हुन सक्छ, चट्टानको ढलान बिस्तारै खुकुलो भएको अवस्थामा एउटा भारी वर्षा, हिमपहिरो, चट्टान पतन वा तापक्रमको असामान्य वृद्धि नै त्यो विस्फोटक श्रृंखलाको अन्तिम ट्रिगर बन्न सक्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विचार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।