Logo

२०८३, आश्विन ९गते


images
images

विचार

एआईको बुई चढ्दै मानव सभ्यता !

एआईको बुई चढ्दै मानव सभ्यता !

images
  • एआईको बुई चढ्दै मानव सभ्यता !
    images
    images

    एक जमानामा मान्छेले अणुबम बनायो र पड्कायो एक देशको छातीमा । त्यसको चौतर्फी आलोचना भयो । सभ्यता नै नष्ट गर्नसक्ने त्यस्तो हतियारको प्रयोग गर्न नहुनेमा बहस र विचारहरु चर्किन थाले । मानौँ मान्छे त्यसको असरबारे सचेत भयो ।

    images
    images
    images

    यो जमानामा इन्टरनेट प्रविधि, सामाजिक सञ्जाल हुँदै मान्छेले गुलियो विषजस्तो अर्को गज्जबको चिज बनएको छ कृत्रिम बुद्धिमता (Artificial Intelligence-AI) । यो समयको सर्वाधिक लोकप्रिय यस AI को प्रयोग गर्न नजानेको शिक्षक, प्राध्यापक, पत्रकार, वकिल, नेता, अभिनेता वा भनौँ कुनै मनुष्य हुनु करिब करिब निरक्षर हुनुजस्तै हो भन्ने भाष्य स्थापित गरिँदै छ । तर मान्छेलाई थाहा छैन यो अणुबमभन्दा कैयौं गुणा खतरनाक छ ।

    images
    images
    images

    यसले एकातर्फ प्रकृतिको दोहन गरिरहेको छ भने अर्कोतर्फ मानुष्यको मस्तिष्कलाई खुम्च्याउँदै लगेको छ । हजारौँ चिप्स र भण्डारण यन्त्र तथा आवश्यक सामाग्रीसहितका अत्याधुनिक डाटा सेन्टरहरुको ताप शोषण गर्नका लागि प्रयोग भइरहेको पानीको मात्रा र निरन्तर बढ्दै गएको खपतका बारेमा तथ्यहरु सुन्दा भयावह स्थिति आउन धेरै कुर्नुपर्छ जस्तो लाग्दैन । मान्छे जसरी AI को भर परेर कार्य गर्न अभ्यस्त बन्दै गएको छ, यसले उसको चिन्तन, मनन, विचारको क्षमतामा कुन हदसम्मको गिरावट निम्त्याएको छ भन्ने कुराको असर देखिन थालिसकेको छ ।

    images
    images
    images

    सृष्टिको अस्तित्वमा रहेका करोडौँ प्रजातिका जीवहरुमध्ये मान्छे सर्वश्रेष्ठ प्राणी बन्नुको पछाडी एउटै कारण छ - मानव मस्तिष्क । मस्तिष्क यति शक्तिशाली र सुन्दर छ कि त्यसको समग्र वर्णन स्वयं मस्तिष्कले नै पनि गर्न सक्दैन । मान्छेलाई मान्छे बनाउने मस्तिष्क सुरुवातदेखी नै यति विकसित थिएन यसका पछाडि करोडौँ वर्षको निरन्तर मस्तिष्कको प्रयोग, चिन्तन र बिकासको कथा छ । त्यही लामो इतिहासबाट मनुष्य यहाँसम्म आइपुगेको हो । हुन त विज्ञानको यो स्तरको उपलब्धि पनि मानव मस्तिष्ककै देन हो । तर प्रविधिको विकासमा सिमित मान्छेहरुको मस्तिष्क प्रयोग भएको हुन्छ, र त्यसको प्रयोगमा समग्र सभ्यता अभ्यस्त भएको हुन्छ ।

    आजकाल संसारका हरेक देश, सरकारका योजनाहरुमा AI को स्थान निकै महत्वपूर्ण रहेको छ । AI मैत्री राज्य सञ्चालनदेखी डाटा सेन्टर स्थापना गर्नेसम्मका बहसहरु हाम्रै देशको नीति तथा कार्यक्रममा पनि सुन्न पाइएको विषय नै हो । हरेक कार्यालयहरुमा AI मैत्री सेवा प्रवाहका लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने बहस र कार्यक्रमहरु भइरहेका हुन्छन् । त्यसका लागि आवश्यक AI तालिम सञ्चालन भएका र सम्पन्न भएका खबरहरु सामाजिक सञ्जालका भित्तामा बाक्लै देखिइरहेको हुन्छ ।

    विद्यालय शिक्षातिर पनि AI को प्रयोगको अवस्था उस्तै छ । लगभग हरेक स्थानीय तहले शिक्षकहरुका लागि AI प्रयोगका विषयमा विशेष तालिमहरु सञ्चालन गरिरहेका छन् । जसले गर्दा शिक्षकलाई शिक्षण सिकाई क्रियाकलापमा AI को प्रयोगमा दक्ष बनाउन सकियोस् । 

    AI झिलिमिली बलेको बत्ती हो भने यसको अत्याधिक र बेहिसाब प्रयोगमा अभ्यस्त मान्छे पुतली हुन् । बत्तिमा पुतली परेर जल्ने, मर्ने र सकिने खेल त हुँदै आएको सत्य नै हो । अब सोँचौँ हामी के गर्दैछौँ? अनि यसो गर्दा हाम्रो मस्तिष्कको प्रयोग कसरी र कति भइरहेको छ? हुन त यो सोँच्ने काम पनि AI लाई दिए, हामीले केही सोँच्नैपर्दैन । मानौँ युग नै AI को बुई चढेर भुइँ छोड्ने तरखरमा छ । AI को प्रयोग नै मानव सभ्यताले भुइँ छोड्नुपर्ने कारण नबनोस् ।

    हाम्रा विद्यालयहरुमा ५८, ५९ वर्षका शिक्षकहरुदेखी भर्खरै १८, २० वर्षमात्र पुगेका शिक्षकहरुसम्म कार्यरत हुनुहुन्छ । यी दुबै उमेर समुहका शिक्षकहरु हुर्केको र बाँचेको समय बिल्कुल फरक छ । प्रविधिको प्रयोग र बिकासको हिसाबले यी दुई उमेर समूहलाई तुलना गर्दा एउटा पुस्ताले करिब करिब शून्य अवसर पाएर जीवनको लामो पेशागत समय बिताएको छ भने अर्को पुस्ताले जन्मसँगै वा पेशाको सुरुवातसँगै प्रविधिको अवसर पाएको छ । यी दुबै उमेर समूहको बिचमा पनि विभिन्न समय र प्रविधिको विकाससँग जोडिएको भिन्न भिन्न उमेर अवस्थाका शिक्षकहरु हुनुहुन्छ । आज आएर एउटा भाष्य के पनि निर्माण भइरहेको छ भने त्यो प्रविधिको पहुँच नै नभएको अवस्थाबाट यहाँसम्म आएको शिक्षकले कम्प्युटर नजान्नु उसको अपराध हो । एक हिसाबले समय अनुसार ज्ञानको विकास गर्न नसक्नु आफैमा ठूलो कमजोरी हो भन्ने मान्यता पनि छ तर त्यो सबै क्षेत्रमा लागू हुन्छ भन्ने छैन । कम्प्युटरको सामान्य प्रयोगसम्म गर्न जान्ने बन्नका लागि त यो पुस्ता पनि अधिकांश रुपमा तयार रहेको देखिन्छ । अझ कतिले त निकै दक्ष तरिकाले काम गरिरहेको पनि देख्न पाइन्छ । तर अधिकांश रुपमा नयाँ प्रविधिसँग अपडेट हुन नसक्नुलाई लज्जाकै विषय बनाउनुहुन्न भन्ने लाग्छ । अझ AI जस्तो अत्याधुनिक प्रविधिको प्रयोगमा उहाँहरु पछाडि हुनुलाई लज्जाको विषय बनाउनु आफैमा लज्जाको विषय हो । कम्प्युटर र AI को प्रयोगमा पुराना पुस्ताका शिक्षक र नयाँ पुस्ताका शिक्षकबिचको तुलना गर्दैगर्दा कतिपय रुचि राख्ने पुराना शिक्षकहरुले जति यो क्षेत्रमा दक्षता हासिल गरेर कार्य गरिरहनुभएको देखिन्छ, यो क्षेत्रमा रुचि नराख्ने नयाँ पुस्ताकै शिक्षकहरुले पनि गर्न नसकेको यथार्थ पनि घामझैँ छर्लङ्ग छ ।

    अहिले विद्यालय शिक्षामा स्थानीय तहले AI मैत्री तालिम दिइरहेको छ, शिक्षकले तालिम लिएर AI को सहयोगमा शैक्षणिक योजना निर्माण गर्दै पढाइरहेका छन्, विद्यार्थीले AI को सहयोगमा पढेका, गृहकार्य र प्रोजेक्ट वर्क गरेका छन्, त्यसको परिक्षण, विश्लेषण र आगामी रणनीतिक योजना निर्माणसमेत AI कै सहयोगमा गरिएको छ ।  वा भनौ AI ले गरेको छ । अहिले सेवाप्रदायकले सेवा दिँनका लागि AI कै सहयोग लिएका छन्, सेवा लिनेले पनि त्यसरी नै लिएको छ । विभिन्न ठाउँमा हुने गोष्ठी, सेमिनार, तालिम तथा विभिन्न कार्यक्रमका योजना, प्रस्तावना, प्रतिवेदनहरुको निर्माणदेखि प्रस्तुत गरिने भाषणदेखी तालिमसम्मका कन्टेन्टहरु AI द्वारा निर्माण गरिएका छन् । समयालाई उछिन्न दौडिइरहेको मनुष्यलाई हरेक पलको बचत गर्नुछ र त्यसका लागि AI बरदान बनेको छ ।

    हरेक कुराका फाइदा र बेफाइदा दुबै हुन्छन् । AI को पनि सिमित र उचित प्रयोग गर्नसके हरेक क्षेत्रका कामहरु गर्न अत्यन्तै सहज हुने पक्कै हो । तर जुन हिसाबले AI लाई साधन नभएर साध्यको रुपमा अङ्गिकार गर्न खोजिएको छ, यो कुनैपनि हालमा मानव सभ्यताको उन्नतिको पक्षमा छैन । AI मा अभ्यस्त भएको मान्छेले आफुले जानेकै कुरापनि एकपटक AI लाई नसोधी ढुक्क हुन नसक्ने स्थिति आइसक्यो । यो बडो डरलाग्दो कुरा हो ।

    AI झिलिमिली बलेको बत्ती हो भने यसको अत्याधिक र बेहिसाब प्रयोगमा अभ्यस्त मान्छे पुतली हुन् । बत्तिमा पुतली परेर जल्ने, मर्ने र सकिने खेल त हुँदै आएको सत्य नै हो । अब सोँचौँ हामी के गर्दैछौँ? अनि यसो गर्दा हाम्रो मस्तिष्कको प्रयोग कसरी र कति भइरहेको छ? हुन त यो सोँच्ने काम पनि AI लाई दिए, हामीले केही सोँच्नैपर्दैन । मानौँ युग नै AI को बुई चढेर भुइँ छोड्ने तरखरमा छ । AI को प्रयोग नै मानव सभ्यताले भुइँ छोड्नुपर्ने कारण नबनोस् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एआई
  • # विचार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।