Logo

२०८३, आश्विन ९गते


images
images

प्रविधिमैत्री शिक्षा

शिक्षकलाई एआई र आईसीटीमा आधारित नवीन शिक्षण पद्धतिबारे तालिम

शिक्षकलाई एआई र आईसीटीमा आधारित नवीन शिक्षण पद्धतिबारे तालिम

images
  • शिक्षकलाई एआई र आईसीटीमा आधारित नवीन शिक्षण पद्धतिबारे तालिम
    images
    images

    देवदह । नेसनल प्याब्सन रूपन्देहीले आबद्ध विद्यालयका शिक्षकहरूलाई लक्षित गर्दै कृत्रिम बौद्धिकता (एआई), सूचना तथा सञ्चार प्रविधि (आईसीटी) तथा नवीन शिक्षण पद्धतिबारे एकदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

    images
    images
    images

    बुटवलस्थित पाम इन्टरनेसनलमा आयोजित प्रशिक्षणमा रूपन्देहीका विभिन्न विद्यालयबाट करिब ७० जना शिक्षकको सहभागिता रहेको थियो ।

    images
    images
    images

    कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीले एआई र आईसीटी वर्तमान शिक्षण सिकाइ प्रक्रियाका महत्वपूर्ण पक्ष बन्दै गएको बताए । उनले कक्षाकोठाको शिक्षण सिकाइलाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन एआई टुल्सको रचनात्मक प्रयोग आवश्यक रहेको औंल्याए ।

    images
    images
    images

    एआईको प्रयोगसँगै नक्कल गर्ने प्रवृत्ति बढ्न सक्ने चुनौतीतर्फ संकेत गर्दै पन्थीले विद्यार्थीलाई एआईका सक्रिय प्रयोगकर्तामात्र नभई प्रविधि विकास गर्न सक्ने जनशक्तिका रूपमा तयार गर्नुपर्नेमा जोड दिए । ‘एआई टुल्स हामीले किन उत्पादन नगर्ने ?’ भन्ने प्रश्न गर्दै उनले विश्व अर्थतन्त्रमा प्रतिस्पर्धा गर्न एआईमा आधारित उद्यमशीलताको विकास आवश्यक रहेको बताए । 

    नेसनल प्याब्सन रूपन्देहीका अध्यक्ष बाबुराम बन्जाडेले शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउने उद्देश्यले शिक्षकहरूको क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिइरहेको बताए । कक्षाकोठामा एआई तथा आईसीटीको प्रभावकारी प्रयोग, नवीन शिक्षण विधिको अवलम्बन र डिजिटल प्रविधिमार्फत शिक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको उनले जानकारी दिए ।

    कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रीय उपमहासचिव विष्णुप्रसाद पौडेल, केन्द्रीय सदस्य बिलप्रसाद गुरुङ, सहसचिव लक्ष्मण अर्याल तथा सहकोषाध्यक्ष शंकर गौतमले शिक्षण क्षेत्रमा प्रविधिको प्रयोग बढिरहेको अवस्थामा शिक्षक तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिलाई नयाँ प्रविधिबारे जानकारी गराउने यस्ता कार्यक्रम उपयोगी हुने बताए ।

    नेसनल प्याब्सन रूपन्देहीका कोषाध्यक्ष कमल पौडेलको सञ्चालनमा भएको कार्यक्रममा एआई तथा मेसिन लर्निङ इन्जिनियर अमृत रानाभाट र रिसर्च ट्रेनर ई. विनय शर्माले सहजीकरण गरेका थिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।