Logo

२०८३, आश्विन ९गते


images
images

प्रविधि

एआई विकास सुस्त बनाउने अमेरिकी प्रस्तावलाई चीनले भन्यो- शीतयुद्धको चाल !

एआई विकास सुस्त बनाउने अमेरिकी प्रस्तावलाई चीनले भन्यो- शीतयुद्धको चाल !

images
  • एआई विकास सुस्त बनाउने अमेरिकी प्रस्तावलाई चीनले भन्यो- शीतयुद्धको चाल !
    images
    images

    काठमाडौँ । चीनले कृत्रिम बुद्धिमत्ता विकासको गति केही सुस्त बनाउनुपर्ने अमेरिकी प्रस्तावलाई चीनको प्रविधि विकास रोक्ने प्रयास भनेको छ ।

    images
    images
    images

    एन्थ्रोपिकका प्रमुख डारियो अमोदेईले एआईबाट उत्पन्न जोखिम बुझ्न समय दिन विकासको गति केही कम गर्नुपर्ने बताए पछि नयाँ बहस सिर्जना भएको बेला चीनले यस्तो प्रतिक्रिया दिएको छ । उनले चीनतर्फ पठाइने अत्याधुनिक कम्प्युटर चिपमा थप कडाइ गर्न र एआई मोडलबाट जानकारी लिएर नयाँ मोडल बनाउने प्रक्रियामा समेत नियन्त्रण गर्न अमेरिकी सरकारसँग आग्रह गरेका थिए ।

    images
    images
    images

    चिनियाँ सरकारी अखबार ‘ग्लोबल टाइम्स’ले अमोदेईको प्रस्तावलाई अमेरिकी प्राविधिक वर्चस्व कायम राख्ने ‘शीतयुद्धको रणनीति’ भनेको छ ।

    images
    images
    images

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने एआई विकासको गति कम गर्ने प्रस्ताव अस्वीकार गर्दै अमेरिका एआईको क्षेत्रमा चीनभन्दा अगाडि रहेको बताएका छन् । आगामी २४ सेप्टेम्बरमा ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच हुने वार्तामा एआईको विषय उठ्न सक्ने बताइएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एआई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।