Logo

२०८३, श्रावण २७गते


images
images

नारी नेतृत्व

मेनुका : मुसहर बस्तीकी म्याडम

मेनुका : मुसहर बस्तीकी म्याडम

images
  • मेनुका : मुसहर बस्तीकी म्याडम
    images
    images

    आफु र आफ्नाको लागि सबै लड्छन् । कतिपय त यतिसम्म स्वार्थी हुन्छन् कि आफ्नो फाइदाको लागि अरुलाई समस्यामा पार्नसम्म पछि पर्दैनन् । तर जीवित समाजमा यस्ता केही समाजसेवी पनि हुन्छन्, जो आफ्नो लागि कम र अरूको लागि बढी सोच्ने गर्छन् । विविध बहानामा पछि पारिएका समुदायको पक्षमा, उनीहरूको जीवनस्तर उकास्न निरन्तर लागि पर्ने व्यक्ति त झनै कम हुन्छन् । यस्तै कम मान्छेमा गणना गर्न सकिने एक पात्र हुन् - देवदहकी मेनुका न्यौपाने । 

    images
    images
    images

    बुवा सिद्धिनारायण र आमा रुका न्यौपानेको कोखबाट वि.सं २०४२ साल चैत १४ गते मेनुका न्यौपानेको जन्म भयो । ६ जना सन्तानमध्ये कान्छि छोरीको रुपमा हालको पर्वत जिल्लाको वाहकीठाडी गाउँपालिका वडा नं ७ चरकाङ्गमा जन्मिएकी उनको परिवार पूर्ण रुपमा कृषि पेशामा निर्भर थियो, जसबाट उनको परिवारको गुजारा चल्ने गर्दथ्यो । अफसोच, मेनुका १ वर्षकी हुँदा उनका बुवाको निधन भयो । “मैले बुवालाई फोटोमा पनि देखेको छैन ।"  मेनुका भन्छिन्, “बुवा सेतीबेणी गएर फर्कने क्रममा बाटोमा दाउरा लिएर आउँदै गर्दा खोलामा खसेर निधन भएको अरुले भनेको मात्र मलाई याद छ ।“ 

    images
    images
    images

    बुवाको निधनपछि परिवारलाई अभिभावकविहिन त बनायो नै, कमाउने बुवा नै नभएपछि आर्थिक रूपमा समेत समस्या उत्पन्न भयो ।  लगत्तै गाउँमा आफ्नी दिदी र भान्जा भान्जीलाई एक्लै गार्हो हुन्छ भनेर देवदहको सिंगाहा निवासी मेनुकाका कान्छा मामा मोहनीलाल पाण्डेले २०४३ सालमा आफ्नो घर नजिकै उनको परिवारलाई व्यवस्थापन गरे । मामाको रेखदेखमा रहेको मेनुकाको परिवारमा हरेक सुख र दुःखमा मामा अगाडि आईपर्दथे । मेनुका भन्छिन्, “सायद मामाले सहयोग र साथ नदिएको भए आज यो ठाउँमा हुदैनथ्यौं होला ।” पहाडको घरबारी बिक्रिबाट आएको पैसाले किनेको जग्गामा कृषि पेशामै उनको परिवार धानियो । शुन्य अवस्थाबाट सुरु भएको मेनुकाको ७ सदस्यीय परिवारको आधार कृषि नै बन्यो । जसका कारण पनि ६ जना भाइबहिना सबै विद्यालय अध्ययन गर्न जाने र विहान बेलुकाको समय खेतीपातीमा बिताउन पर्दथ्यो ।

    images
    images
    images

    परिवारकी कान्छि भएका कारण मेनुकाले काम रोजेर गर्न पाउँथिन् । बाख्रा, गाई, भैसी चराउन गएमा त्यहाँ पढ्न पाईन्छ भन्ने सोँचले प्रायः उनको रोजाई गोठालो लाग्ने नै हुन्थ्यो । बाल्यकालबाटै संघर्ष सिकेकी उनको रुची सहयोग र समाजसेवा नै  थियो । जुन कुरा उनको ५ कक्षामा पढ्दा देखी नै सुरु भएको थियो । जब उनी ५ कक्षामा पढ्थिन् वरिपरीका आफुभन्दा स–साना भाईबहिनी बटुलेर आफुसंगै पढाउँथिन् ।

    परिवारकी कान्छि भएका कारण मेनुकाले काम रोजेर गर्न पाउँथिन् । बाख्रा, गाई, भैसी चराउन गएमा त्यहाँ पढ्न पाईन्छ भन्ने सोँचले प्रायः उनको रोजाई गोठालो लाग्ने नै हुन्थ्यो । बाल्यकालबाटै संघर्ष सिकेकी उनको रुची सहयोग र समाजसेवा नै  थियो । जुन कुरा उनको ५ कक्षामा पढ्दादेखी नै सुरु भएको थियो । जब उनी ५ कक्षामा पढ्थिन् वरिपरीका आफुभन्दा स–साना भाईबहिनी बटुलेर आफुसंगै पढाउँथिन । मेनुका भन्छिन, “त्यो बेला मैले आफुसंगै वरपरका बालबालिका पनि परिक्षामा उत्तिर्ण हुनुपर्छ भन्ने लागेर उनीहरुलाई पढाउँथे, खुसी भएर अभिभाकले मलाई ५० रुपैंया दिन्थे ।“ त्यतिमात्र होइन, मेनुका विद्यालयमा समेत शिक्षक नआउँदा आफुभन्दा सानो कक्षामा पुगेर पढाउन भ्याउँथिन् ।

    पढाईमा निकै अब्बल मेनुका सानै देखि आफ्ना साना–तिना खर्चलाई आफैले परिपूर्ति गर्ने गर्थिन् । आमालाई दुःख दिनु हुँदैन भनेर उनले कुनै दिन पनि आमासंग हैसियत भन्दा ठुला माग राखिनन् । उनको आधारभुत तहको शिक्षा शान्ति प्रावि सिंगाहा र विद्यालय तहको शिक्षा महामाया भवानी मावि भवानीपुरबाट हासिल गरिन् । महामायाबाट २०५७ सालमा एसएलसी परिक्षा उत्तिर्ण गरेकी उनले केरवानी मावि खेरेनीबाट कक्षा १२ सम्मको अध्ययन पुरा गरिन् । सानो उमेरबाटै शिक्षा पेशामा जोडिएकी मेनुकाले एस एल सी दिएर नतिजा पर्खिरहेकै समयमा बुद्ध पब्लिक आवसिय माविमा अध्यापन गर्थिन् । करिव २ बर्ष त्यहाँ पढाएकी उनी कक्षा १२ को परिक्षा दिएपछि ठूलो सहरमा पढ्ने अभिलाषा सहित काठमाण्डौ पुगिन् । तर काठमाडौं बसाई सहज नभएपछि र घरको यादले सताउन नछाडेपछि हप्तादिनमै उनी घर फर्किन् ।

    देवदह फर्केपछि पढाईलाई निरन्तरता दिएकी मेनुकाले व्यवस्थापन र ग्रामिण विकास विषयमा स्नातकोत्तर गरेकी छन् । अध्ययनको क्रममा उनी आफुले आधारभुत तह अध्ययन गरेको शान्तिप्रिय प्राविमा अध्यापन समेत गर्थिन् । जहाँ स्थानिय मुसहर बस्तीका बालबालिकाहरु अध्ययन गर्न आउँथे ।  विद्यालयमा पढाउने र बाल क्लबका कार्यक्रमलाई संयोजन गर्दै गर्दा उनी मुसरहर बालबालिकाका अभिभावकसंग सम्पर्कमा आउन थालिन ।  त्यतिबेला रेडियो लुम्बिनीले श्रोता क्लब कार्यक्रम मार्फत मुसहर बस्तीमा बसोबास गर्ने मानिसहरुका आवाज बजाउने गर्दथ्यो । राम्ररी नेपाली बोल्न नआउने मुसहर समुदायले आफ्ना कुरा रेडियोसम्म बताउने माध्यम मेनुका थिइन् । उनी भन्छिन्, “शिक्षक भएका नाताले मुसहर बस्तीमा मेरो चिनजान बढ्यो, उनिहरुको विश्वासिलो पात्र भएकै कारण कोही नयाँ मान्छे आएर केहि सोधे मलाई नै भन्ने गर्थे ।“ रेडियोका कार्यक्रम सञ्चालक मुसहर बस्तीमा आउँदा अधिकांश समय त्यहि भेटिने मेनुकाको एकदिन उक्त कार्यक्रममा डेनिस नागरिक एनेमेटे नर्डफकसंग भेट भयो ।

    मेनुका र एनेमेटेले निरन्तर आम्दानीको श्रोत हुने उपाय निकाल्दै जाँदा फेरी सो समुदायमा कुसन बनाउने तालिम सञ्चालन भयो । सो क्रममा निःशुल्क रुपमा काठमाण्डौबाट प्रशिक्षक आएर डेनिस डिजाइनका कुसन, हेन्डमेड मेट्रेस बनाउने प्रशिक्षण दिएका थिए । तालिमपछि अल्लो, कटन, सिस्नो लगायतबाट करिव ६ बर्षसम्म मुसहर बस्तीमा बनेका कुसनहरु डेनमार्क निर्यात हुने गर्दथे  ।

    सो समयमा उनी मुसहर बस्ती अवलोकन गर्न आएकी थिईन् । शान्तिप्रिय प्राविमा मुसहर बस्तीका बालवालिका पढ्ने हुनाले एनेमेटेको विद्यालय आउजाउ बढ्न थाल्यो र मेनुका पनि उनिसंग नजिकिदै गईन् । राम्रोसंग अंग्रेजी भाषा बोल्न जान्ने मेनुकाले एनेमेटे, बालवालिका विद्यालय, अनि मुसहर समुदायका बारेमा बताउन थालिन । विद्याललयले पनि मेनुकालाई ऐनेमेटेसंग गर्नुपर्ने कुराकारनीका लागि जिम्मेवारी प्रदान ग¥यो । एनेमेटे मुसहर समुदाय र त्यहाँका बालबालिकासंग जोडिएर काम गर्न चाहन्थिन् । त्यसैले डेनमार्क फर्कने क्रममा मेनुकाको सम्पर्क नम्बर र ईमेल ठेगाना लिगेर गईन् ।

    आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित मुसहर बालबालिकालाई कसरी विद्यालयमा निरन्तर आउने बनाउन सकिएला भन्ने चिन्ता लिएर हिड्ने मेनुकालाई एनेमेटेसंगको भेटपछि आशा पलायो । बालवालिकाको क्षेत्रमा सहयोगका लागि गरेको आग्रहलाई एनेमेटेले स्वीकारेपछि उनको खुसीको सीमानै रहेन । उनि भन्छिन्, “मुसहर बस्तीमा आम्दानीको श्रोत केहि नभएकाले खानाको समस्या थियो, विद्यालयमा खाजाको ब्यवस्था गरिदिएपछि बालबालिका नियमित बिद्यालय आउन थाले ।“

    बालबालिका विद्यालय नियमित आउन थालेपछि अभिभावकको समस्या राम्ररी बुझेकी मेनुकाले अब उनिहरुलाई पनि आत्मनिर्भर र व्यवसायसंग जोड्नुपर्छ भन्ने सोचिन् । व्यवसायिकताका लागि एनेमेटेसंगकै सहकार्यमा २०६२ सालमा मुसहर बस्तीमा सिलाई कटाई तालिम संचालन भयो । मेनका भन्छिन् “धेरै दुःख गरेर विद्यालय समय बाहेकको समयमा विना पारिश्रमीक संयोजक भएर मुसहर अभिभावकहरुका लागि कार्यक्रम संचालन गरियो तर कसैले पनि सिलाई कटाईलाई व्यावसायिक बनाउन चाहेनन् ।” १ बर्षसम्म मुसहर बस्तीमा रहेका २७ जना महिला तालिममा सहभागी भएपनि आम्दानीको श्रोत भने सोचेजस्तो हुन सकेन ।

    मेनुका र एनेमेटेले निरन्तर आम्दानीको श्रोत हुने उपाय निकाल्दै जाँदा फेरी सो समुदायमा कुसन बनाउने तालिम सञ्चालन भयो । सो क्रममा निःशुल्क रुपमा काठमाण्डौबाट प्रशिक्षक आएर डेनिस डिजाइनका कुसन, हेन्डमेड मेट्रेस बनाउने प्रशिक्षण दिएका थिए । तालिमपछि अल्लो, कटन, सिस्नो लगायतबाट करिव ६ बर्षसम्म मुसहर बस्तीमा बनेका कुसनहरु डेनमार्क निर्यात हुने गर्दथे  । जसबाट मुसहर समुदायको जीवनस्तरमा केहि परिवर्तन ल्याएको मेनुका बताउँछिन् । मेनुका भन्छिन् “खान नपुग्ने अवस्थाका मुसहर समुदायका सदस्यहरुले आफ्नो खर्च कटाएर मासिक १ हजार रुपैया बचत गर्न सक्ने भए ।” तर विस्तारै डेनमार्कमा पनि सोही अनुरुपका सामग्री उत्पादन हुन थालेपछि यहाँका कुसन महंगो पर्ने भएकाले कुसन बनाउन छाडेको मेनुले बताइन् ।

    समय वित्दै जादा उनको २०६८ सालमा रुपन्देहीको शुद्धोधन गाउँपालिका सोखुवानी निवासी लक्ष्मण पाण्डेसंग मेनुका विवाह बन्धनमा बाधिईन् । विवाह बन्धनमा बाधिएपनि सोईया संस्था प्रतिको मोहले उनलाई छाडेन । उनले विद्यालय पढाउदै सोईया संस्थालाई अगाडि बढाइन् । श्रीमान क्याम्पसको प्रध्यापक रहेकाले पनि उनको भावनालाई श्रीमानले बुझेको कारण काम गर्न सहज भएको उनको भनाई छ ।

    हरेक काम संस्थागत गर्नुपर्छ भनेर मेनुकाले २०६९ सालमा विद्यालयको शिक्षण कार्यलाई बिट मार्ने निधो गरिन् । सोहि बर्ष उनले मुसहर बस्तीमा काम गर्ने गरि सोईया महिला स्वाबलम्बी संस्था दर्ता गराईन । संस्थाको समितिमा मुसहर बस्तीका महिलाहरु समावेश थिए । आफ्नै खर्चमा ४ महिना धाएर जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा संस्था दर्ता गराएकी मेनुकाले दर्ता गर्न समेत अनेक दुःख झन्झट ब्यहोर्नुपरेको गुनासो गरिन् । संस्था दर्ताको बेला सम्पूर्ण व्यवस्थापन गरेकी उनी अहिले पनि सोइयाको व्यवस्थापक पदमा कार्यरत छन् ।

    ’स्कूल लाईफ ईन नेपाल’को सहकार्यमा सोईयाले अहिले देवदहका विभिन्न वडाहरुमा काम गरिरहेको छ । तत्कालिन अवस्थामा इमेलको माध्यमबाट डेनमार्क सरकारलाई प्रपोजल पेश गरि शुरुमा ६ महिनाको कार्यक्रम सञ्चालन गरेको सोइयाले शुरुमा १३ लाख बजेट प्राप्त गर्न सफल भएको थियो । जसबाट संस्थाले समितिको पदाधिकारी र सदस्यहरुलाई संस्था कसरी चलाउने, पदाधिकारीको काम र कर्तव्यका बारेमामात्र कार्यक्रम सञ्चालन गर्यो ।

    २०७३ सालमा उनले अप्रेसन गरेर छोरीलाई जन्म दिएको ६ दिनमा नै संस्थाको लागि पेश गर्न प्रपोजल तयार गरिन् । उनको काम गराइ हेर्दा परिवारले संस्थालाई भन्दा पहिला आफ्नो सन्तानलाई ध्यान दिन दवाव दिन्थे तर उनले सोईया पनि आफैले जन्माएको संस्था भएकाले सो संस्था पनि आफ्नो सन्तान जस्तै भएको परिवारलाई उत्तर दिन्थिन् । उनी भन्छिन्, “संस्थामा अरुलाई भनौं काम गर्ने कोहि छैन, नगरौं संस्थालाई सहयोग नआउने पिरले मैले लगातार गरिरहेँ ।” सन्तान र संस्थालाई उत्तिकै माया गर्ने उनले छोरी २ महिनाकी पुग्ना साथ अफिसमा हाजिर भएर नियमित काम गरिन् ।

    समय बित्दै जादा मुसहर बस्तीको आसपासका क्षेत्रमा रहेका महिलाहरुले उनीहरु जस्तै हामीपनि माथि उठ्न चाहन्छौ, आत्मनिर्भर बन्न चाहन्छौ भनेपछि सोइया संस्थामा अहिले मुसहर समुदाय संगै अन्य समुदाय पनि सहभागी भएका छन् । हरेक विकसित देशले विकासोन्मुख देशमा रहेका पिछडिएका र सिमान्तकृत वर्ग माथि शिक्षा, स्वास्थ्य र संचारको पहुँच पु¥याउन कोष खडा गरेको हुन्छ । सोहि कोषमा उनले पुःन डेनमार्क सरकारलाई सहयोगको प्रस्ताव राखिन्  र शिक्षा क्षेत्रमा पनि काम गर्न थालिन् । डेनमार्कबाट आएको सहयोगबाट अहिले देवदहका २ वटा विद्यालय लक्ष्मी आधारभूत विद्यालय र महामाया भवानी माध्यमिक विद्यालयमा खाजा व्यवस्थापन तथा करेसावारी कार्यक्रम सञ्चालन भइहेको छ । नगरपालिकाले खाजा व्यवस्थापन गर्न थालेपछि उक्त विद्यालयमा खाजा बनाउने र करेसावारीका लागि कर्मचारी सोइयाले ब्यवस्थापन गरिदिएको छ ।

    त्यस्तै गरि देवदहका ६ वटा सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा कार्यक्रम सञ्चालन गरिऐको छ । उक्त कार्यक्रम मार्फत गुणस्तरीय शिक्षालाई अभिवृद्धि गर्न विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक, स्थानिय निकाय, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा समग्र सरोकारवालाहरुलाई विद्यालयप्रति जिम्मेवार बनाउन सभा, गोष्ठी तालिम सञ्चालन हुन्छ । अब भने देवदह भित्र रहेका सम्पूर्ण सामुदायिक माध्यमिक विद्यालयमा गुणस्तरीय शिक्षा कार्यक्रम सञ्चालन गर्ने सोईयाले योजना बनाएको मेनुकाले बताईन । मेनुकाको व्यवस्थापकीय नेतृत्व रहेको सोईयाले देवदहमा भुमिहिन महिलाको लागि भुमिअधिकार तथा वकालत कार्यक्रम समेत संचालन गरेको छ । जसमा १ हजार १ सय ५० जना पिछडिएका तथा विपन्न वर्गका महिला सहभागी छन् । संस्थाले दुईवटा विद्यालयमा ई–पार्टी कार्यक्रम समेत सञ्चालन गरिरहेको छ  ।

    सोईया महिला स्वाबलम्बी संस्थामा अहिले ३ सय ७५ जना सदस्य आवद्ध रहेका छन् । ति सदस्यहरुले महिला अधिकार र हिंसाका कुराहरु राम्रोसंग बुझेको मेनुका बताउछिन् ।  सोईयामा अहिले ६० जना सहजकर्ता रहेका छन् । जसको सबै व्यवस्थापन मेनुकाले नै गर्छिन् ।

    गर्ल फस्ट फण्डको साझेदारीमा अमेरीकाको एक संस्था ’जिजि’ को आर्थिक सहयोगबाट गल फस्ट फण्ड कार्यक्रम पनि संस्थाले संचालन गरिरहेको छ । उक्त संस्थाको साझेदारीमा ६ वटा विद्यालयसंग समन्वय गरि बालविवाह न्यूनिकरण कार्यक्रम सञ्चालनमा छ ।  एसिया फाउण्डेशन यू यस ए आई डिको आर्थिक सहयोगमा देवदह नगर भित्रका ६ वटा माविमा संचालित गुणस्तरीय शिक्षा अभिवृद्धिकाको लागि अभिभावकको सहभागिता वृद्धि गर्ने कार्यक्रम अव सबै सामुदायिक बिद्यालयमा सञ्चालन गर्ने संस्थाको तयारी छ ।

    सोईया महिला स्वाबलम्बी संस्थामा अहिले ३ सय ७५ जना सदस्य आवद्ध रहेका छन् । ति सदस्यहरुले महिला अधिकार र हिंसाका कुराहरु राम्रोसंग बुझेको मेनुका बताउछिन् ।  सोईयामा अहिले जम्मा ८० जना सहजकर्ता रहेका छन् । जसको सबै व्यवस्थापन मेनुकाले नै गर्छिन् ।

    यसरी मेनुकाको नेतृत्वमा सामाजिक जागरणको क्षेत्रमा सोईयाले महत्वपूर्ण काम गरिरहेको छ  । मेनुकाको आगामी यात्रा अझ सुन्दर बनोस्, उनले गरेको कामले स्थानीयको जीवनस्तर बदलियोस् तर सामाजिक कार्यमा खटिने मेनुकाको स्वभाव सधैँ यस्तै रहोस्, शुभकामना ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।