Logo

२०८३, श्रावण २७गते


images
images

नारी नेतृत्व

'टिपटप'की लीला

'टिपटप'की लीला

images
  • 'टिपटप'की लीला
    images
    images

    शारिरीक रुपमा हुने अशक्तता मानिसको समस्या हुन सक्छ तर त्यो कमजोरी पक्कै होइन् । समाजले अशक्तलाई हेर्ने नजर परिवर्तन गर्ने र उनिहरु संग पनि विशिष्ट क्षमता छ भनेर पहिल्याउन सक्यो भने शारीरिक रूपमा अशक्त मानिस पनि शसक्त रुपमा अघि आउन सक्छ । हरेक मानिस जन्मिदै बिशिष्ट क्षमता लिएर जन्मिएको हुन्छ, बाहिरी आवरणमा देखिने भौतिक शरीरमा केहि कमजोरी छ भन्दैमा उ वास्तवमै कमजोर पक्कै हुँदैन भन्ने एउटा उदाहरण हुन् - देवदहकी लीला अछामी ।

    images
    images
    images

    बुवा वुद्धिमान र आमा धनकुमारी आछामीको कोखबाट कान्छो सन्तानको रुपमा लीलाको जन्म भएको हो । वि.स. २०३७ साल असार १२ गते लिलाको जन्म भरतपुर नगरपालिका–२४ मा भयो । उनि सानै उमेर देखि शान्त, सरल र अनुशासित स्वभावकी थिइन् । 

    images
    images
    images

    लीला ५ बर्षकी हुँदा  गम्भिर बिरामी परिन् ।  उक्त बिमारले उनलाई अशक्त बनायो । लीला भन्छिन्, “मलाई त्यतिबेला ज्वरोसंगै टाईफाईड भएको रहेछ, टाईफाईड बिग्रिएर त्यसको असर मेरो देव्रे खुटमा प¥यो । जसको कारणले मेरो एउटा खुटा छोटो हुन पुग्यो ।” बुवा आमा सधै घर र खेतबारीको काममा व्यस्त हुने हुँदा आफुलाई बाल्य अवस्थामा पोलियो थोपा नखुवाएका कारण अशक्त हुनुपरेको उनले बताइन् । सानोमा खुवाउनु पर्ने पोलियो नै नखाएका कारण असर परेको कुरा डाक्टरले भनेपछि मात्र आफुले थाहा पाएको लिला बताउँछिन् । डाक्टरले लीलाको खुट्टालाई पहिलाको जस्तो बनाउन सकिदैन, भनेपछि उनका बुवा आमाले समेत उपचारको लागि अन्यत्र नलगेको लीलाले बताइन् । 

    images
    images
    images

    बाल्य अवस्थामा पनि अशक्तताका कारण उनि साथी संगी संग रमाउन पाइनन् । लीला भन्छिन् बाल्यकालमा उनीहरु जस्तै गरि खेल्ने रहर कसलाई पो हुदैन र ? साथीहरु ज्स्तै गरि खेल्न नसक्दा मनमा खिन्नता हुन्थ्यो । उनलाई विद्यालय पढ्दा केहि साथीभाईले राम्रो साथ सर्पोट गर्दथे भने केही साथीले फरक नजरले हेरेको जस्तो लाग्दथ्यो । 

    कक्षा १० सम्म मात्र अध्ययन गरेकी लीलाले आफ्नो पढाइलाई त्यतिमै बिट मार्नुप¥यो । घरमा जेठी आमा तर्फ ४ दिदीहरु र आफुहरु ५ जना गरि ९ जनालाई पालन पोषण र शिक्षाको लागि समस्या थियो । स्थानीय जनज्योति माध्यमिक बिद्यालयबाट एस एल सी दिएकी उनले परिक्षा लगत्तै ६ महिनाको सिलाई कटाई तालिम लिइन् । पढाईमा औषत विद्यार्थीहरु जस्तै रहेकी लिलाले एस एल सी उत्तिर्ण नभएपछि सिलाईकटाईमा आफ्नो भविष्य खोज्दै अरुको टेलरमा काम गर्न थलिन् । आप्mनो परिवामा कोही सदस्य पनि सिलाईकटाईमा आवद्ध नभएकाले सिलाई कटाईलाई निरन्तरता दिन उनलाई निकै कठिन भयो । परिवारको पनि साथ सहयोग नभएपछि उनले चितवन छाड्ने निधो गरिन् । २०६० साल चैतमा उनी  देवदह–७ उदयनगरमा आएर बसोबास गर्न थालिन् । जहाँ उनकी फुपुको घर थियो । देवदह आएपछि पनि उनले सिलाई कटाईलाई निन्तरता दिन लागिन ।

    २०६१ साल वैशाखबाट लीलाले उदनगरमा सटर भाडामा लिएर एउटा सिलाई मेसिन राखेर व्यवसाय सुरु गरिन् । चितवन हुँदा गरेको कामबाट प्राप्त रकम मध्ये आफूसंग बचेको १० हजार रुपैयाबाट उनको ब्यवसायिक जीवन सुरु भयो । सुरुमा उक्त पैसाबाट आफुले टेलर गर्न आवश्यक कैंची, धागो, बबिन लगायतका सामाग्री खरिद खरिद गरिन भने उनलाई व्यवसायमा सघाउन उदयनगर निवासी सुविर रसाइलीले आफुसंग भएको पुरानो सिलाइ मेसिन एक बर्षका लागि चलाउन दिईन् । एक बर्षसम्म अरुको पुरानो मेसिन चलाएरै व्यवसाय गरेकी लीलाले कपडा सिलाउने कार्यसंगै सिलाई कटाई सिक्न इच्छा भएकाहरुलाई तालिम समेत दिन थालिन् । हातमा सिप भयो भने दुःख पाईदैन जस्तो सुकै अवस्था र जुन सुकै स्थानमा गएर पनि केही गरेर देखाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेकी लिलाले एकै पटकमा आठ जना सम्मलाई तालिम दिएको बताउँछिन् ।

    ब्यवसाय सुरु गरेको पहिलो महिना नै सबै खर्च कटाएर २० हजार रुपैंया बचत गर्न सफल भएपछि दङ्ग परेकी उनले मेहेनत ग¥यो भने हरेक काममा सफता पाइने दावी गर्छिन । लीला भन्छिन “सुरुवाती चरणमा महिनाको २० हजार रुपैंया आम्दानी गर्दा खुसीको सिमा नै भएन, मलाई त्यो रकम २० लाख जस्तै लाग्थ्यो ।”

    अशक्तताका कारण अन्य बाहिरी काम गर्न नसक्ने लीलाले टेलरिङ्ग पेशा बसेर पनि गर्न सकिने भएकाले आँफुले रोजेको बताइन् । ब्यवसाय सुरु गरेको पहिलो महिना नै सबै खर्च कटाएर २० हजार रुपैंया बचत गर्न सफल भएपछि दङ्ग परेकी उनले मेहेनत ग¥यो भने हरेक काममा सफता पाइने दावी गर्छिन । लीला भन्छिन “सुरुवाती चरणमा महिनाको २० हजार रुपैंया आम्दानी गर्दा खुसीको सिमा नै भएन, मलाई त्यो रकम २० लाख जस्तै लाग्थ्यो ।” व्यवसायमा घर परिवारको साथ नहुँदा निकै गार्ह्यो भएको स्मरण गर्दै उनी भन्छिन, "सबैलाई काम प्यारो लाग्ने हो, मान्छे होईन । त्यसैले हातमा सिप र मनमा ईच्छाशक्ति पाल्न जरुरी छ ।"

    कामप्रति लगाव र मेहनती लीलाले जव एक दिनमा कटाई समेत गरेर एक्लैले ले ५ जोर सुट, १० पिस ब्लाउज, ३ सेट पाईन्ट सट सिलाउन सक्ने भइन्, उनलाई आफ्नो ब्यवसाय साँघुरो भएजस्तै लाग्यो । अनुभव समेत बढ्दै गएको र आफुलाई आत्मविश्वास बढ्दै गएपछि उनले आफ्नो पेशालाई थप ब्यवस्थित बनाउने सोँच बनाईन् । त्यस लगत्तै उनले गाउँमा मात्र होईन, आफ्नो पेशालाई बढाउदै लैजाउनुपर्छ भन्ने सोंचेर उदयनगरमा १ बर्ष व्यवसाय गरि त्यहाँबाट शितलनगर चोकमा आप्mनो व्यवसायलाई सारिन् । त्यो बेला उनले शित्तलनगरमा भएको पुरानो टेलर पसललाई २० हजारमा खरिद गरेकी थिईन् । जहाँ २ वटा पुरानो मेसिन र ¥याक मात्र थियो । शित्तलनगर चोकमा आएर उनले आप्mनो व्यवसायलाई फराकिलो बनाउनु पर्छ भन्दै पसललाई व्यवस्थित गर्दै आवश्यक कर्मचारी र सामग्री संगै एउटा नयाँ मेसिन समेत खरिद गरिन् ।

    व्यवसायिक जीवन अगाडी बढाउदै लगेकी लीलाले २०६३ सालमा तिलोत्तमा नगरपालिका मणिग्राम निवासी केशव रणपालसंग विवाह गरिन् । लीलाको पसलमा काम गर्ने रणपाल उनि भन्दा १३ बर्ष जेठा थिए । तर पनि दुवैको सिप, मन र भावना मिलेकाले विवाह गरेको उनले बताइन् । लिला भन्छिन “प्रेम र सिप मिलेपछि जात, धर्म, सानो ठुलो भन्ने केही हुँदैन ।” श्रीमानको उनीसंग दोस्रो विवाह थियो, तरपनि पहिलो पट्टिको श्रीमती संग केशव अलग रहेकाले आफुले उनीसंग विवाह गरको लीलाले बताईन् । 

    बैवाहिक सम्बन्ध र व्यवसायिक जीवनलाई अगाढि बढाउँदै गर्दा लीलाले २०६४ साउन ३१ गते छोरालाई जन्म दिईन । छोराको स्याहार सुसार संगसंगै घरको काम र व्यवसाय पनि सम्हाल्नु पर्ने दायित्व उनमा थपियो । अहिले उनलाई छोरो कसरी हुर्कियो भन्ने समेत पत्तो छैन । छोरालाई पसलको भुईमा सुताउदै आपूmले कपडा काट्ने र सिलाउने गरेको उनलाई अहिले पनि आज जस्तै लाग्छ । लिलाको दम्पतीलाई व्यवसायमा भ्याई नभ्याई थियो, त्यसैले पनि उनले छोरालाई विहान पसलमा लैजाने र खाना खुवाएर स्कूल पठाउने गर्थिन ।

    ग्राहकलाई भनेको समयमा कपडा उपलब्ध गराउनका निम्ति लीलाले बच्चालाई सुताएर रातीमा ११ बजेसम्म र विहान २ बजेर उठेर कपडा सिलाउने गर्थिन । टिपटप टेलर्सको नामले आफ्नो व्यवसायलाई स्थापित गर्न सफल भएकी लिलाले अहिले पसलमा ६ लाख रुपैंया भन्दा बढि लगानी गरेकी छन् । सिप र कला भयो भने थोरै लगानीबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने जानेकी लिलाले कुनै महिना त खर्च कटाएर १ लाख रुपैयासम्म बचत गर्न सफल भएको बताउँछिन् । 

    शुरुमा एक्लै व्यवसाय सुरु गरेकी लिलाको टेलरमा अहिले १ जना पुरुष र २ जना महिला कर्मचारी छन् । विस्तारै व्यवसायलाई नयाँ प्रविधिसंगै जोड्दै गएकी उनको टेलरमा अहिले ४ वटा मेसिन छन जसमध्ये कपडा सिलाउन खुटालाई सहयोग होस भनि राखिएका ३ मोटर जडित मेसिनसमेत छन्  ।

    आज पनि औषतमा उनको कमाई ८० हजार रुपैंया हुनेगर्छ । मेहेनत गर्ने हो भने नेपालमा पनि थुप्रै अवसर छन भन्दै उनी भन्छिन “सिप सिकेर काम गर्ने हो भने परिवार पाल्न कुनै दुःख नै छैन ।” शुरुमा एक्लै व्यवसाय सुरु गरेकी लिलाको टेलरमा अहिले १ जना पुरुष र २ जना महिला कर्मचारी छन् । विस्तारै व्यवसायलाई नयाँ प्रविधिसंगै जोड्दै गएकी उनको टेलरमा अहिले ४ वटा मेसिन छन जसमध्ये कपडा सिलाउन खुटालाई सहयोग होस भनि राखिएका ३ मोटर जडित मेसिनसमेत छन्  । व्यवसाय सञ्चालन भएको २१ बर्ष लाग्दै गर्दा उनले पहिला १० बर्ष त खुट्टालाई जोड बल पुग्ने गरि नै मेसिन चलाईन् । अहिले आर्थिक रुपमा समेत उनि सबल बन्दै गएपछि मोटर जडित मेसिन बाट काम गर्दै आएकी छन् ।  

    हरेक बर्ष शैक्षिक सत्र सुरु हुँदा लीलालाई स्कूलका पोशाक सिलाउन भ्याई-नभ्याई हुन्छ । विवाहको सिजनमा पनि कपडा सिलाउँदा उनलाई पानी खानेसमेत फुर्सद हुँदैन । मिजासिली स्वभावकी लिला जस्तो सुकै डिजाईनका कपडा सिलाउने अर्डर आएपनि ग्राहकलाई खुसी बनाउन सफल भएकी छन् । उनको टेलरमा अहिलेका स्कूलका ड्रेस, सट पाईन्टका कपडा दौरा सुरवाल, साडी लगाएतका सामान्य जीवनमा प्रयोगमा आउने सबै प्रकारका कपडाहरु उपलब्ध छन् । टिपटपमा अहिले महिला र पुरुष सबैका लागि आवश्यक कपडा सिलाई हुनेगर्छ । 

    लीलाको दम्पतीले मिलिजुली काम गरिरहेको थियो । तर दैवको लिला मानिस जन्मदै मृत्यु लेखेर आएको हुन्छ । लीलाका श्रीमानको २०८० साल असोज १ गते हृदयघातका कारण निधन भयो । एक्लै सुरुवात गरेको व्यवसायमा सारथी बनेका उनका श्रीमान्को मृत्यूपछि उनि फेरी एक्लिएकी छन् । उनि भन्छिन्, “सायद भगवानले मसंग एक्लै संघर्ष गर्ने क्षमता भएको थाहा पाएर होला एक्लै बनाएको । हिजो श्रीमान् हुँदा जसरी ग्राहकलाई खुशि बनाएकी थिएँ, अहिले पनि ग्राहकलाई खुशि बनाएकै छु कुनै गुनासो आउने ठाँउ राखेकी छैन । पहिला पहिला व्यवसायमा श्रीमानले सघाउनु हुन्थ्यो तर अहिले घरको काममा छोराले सघाउने गर्छन् ।" कक्षा १० को परिक्षा दिएर बसेका उनका छोराले विहान, साँझको खाना बनाउने देखि लिएर घरको अन्य काममा पनि आजभोली लीलालाई सघाउने गर्छन् । जसले गर्दा लीलालाई निकै सहज भएको छ ।

    परिवार धान्नको लागि सिप भएमा देशमा नै केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेकी लीलाले आफ्नो छोराले पनि आफुले गरेको पेशालाई निरन्तरता दिओस भन्ने चाहन्छिन् । तर अहिलेका युवाहरुको वैदेशिक रोजगारी मोहले उनका छोरालाई पनि छोई सकेको छ । छोराले कक्षा १२ को परिक्षा दिएपछि विदेश जाने कुरा गर्दा उनलाई निकै नराम्रो लाग्ने गर्छ । 

    लिलाले २०७८ साउन १० गते वडा नं ७ को कार्यालयमा आफ्नो टेलरिङ्ग पसल दर्ता समेत गरेकी छन् । पसल दर्तासंगै सोही बर्ष उनले नगरपालिकाको आर्थिक सहयोग र अपाङ्ग समाज सेवा केन्द्रको सहजीकरणमा २५ हजार रुपैंया अनुदान सहयोग प्राप्त गरिन् । त्यसअघि कुनै तालिम वा सहयोग प्राप्त नगरेको बताउने उनले केन्द्रले गरेको उक्त सहयोग प्रति आभार प्रकट गरिन् । अपाङ्गता भएकाहरुका नाममाा आउने राहत वास्तविक अशक्त र उनीहरुले ईच्छाए बमोजिमको सिप विकासमा लगाउनुपर्ने उनको भनाई छ । लीला भन्छिन् “जस्तो व्यक्तिलाई जुन खालको सिप र कला सिक्न र काम गर्न सहज हुन्छ सोहि अनुसारको तालिम दिएर अगाडी बढ्न प्रेरीत गर्नुपर्छ ।”नयाँ काम गर्नका लागि सबैसंग प्रयाप्त रकम नहुन सक्छ भन्दै उनले तालिम दिए पछि कुनैपनि अपाङ्गता भएको ब्यक्तिले व्यापार, व्यवसाय गर्न चाहेमा सरोकारवाला निकाय वा संस्थाहरुले आर्थिक ब्यवस्थापन तर्पm ध्यान दिनुपर्छ भनि सुझाउने लीलालाई व्यवसायिक जीवनको शुभकामना । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नारी नेतृत्व
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।