Logo

२०८३, श्रावण २७गते


images
images

नारी नेतृत्व

बच्चाकी साथी गीता

बच्चाकी साथी गीता

images
  • बच्चाकी साथी गीता
    images
    images

    'बच्चालाई यातना दिएर होइन, खुसी बनाएर सिकाउनुपर्छ' शिक्षाविदको यो सुझाब सबैले लागु गर्दैनन् । तर कोही यस्ता असल शिक्षक पनि हुन्छन्, जो साथी बनेर बालबच्चालाइ सिकाउँछन् । तिनैमध्ये एक हुन् - देवदहकी गीता पाण्डेय ।  

    images
    images
    images

    वि.सं २०३८ साल चैत ५ गते बुवा पुरुषोतम पाण्डेय र आमा नर्मदा पाण्डेयको कोखबाट जन्मिएकी गीता पाण्डेय ४ सन्तान मध्येकी जेठी छोरी हुन् । तिलोत्तमा–८, मा बसोबास गर्ने उनको परिवार कृषिमा आश्रीत थियो । परिवार कृषिबाटै चल्ने भएपनि गीताको चाहना शिक्षक बन्ने थियो । सानै उमेरदेखि आफुलाई पढाउने शिक्षकहरुबाट प्रभावित उनी पछि ठुलो भएपछि आफुलले पनि पढाउने ईच्छा राख्थिन् । पढाउनको लागि पहिला पढ्नुपर्छ भन्ने मान्यताबाट हुर्किएकी उनी कक्षा १ देखि ५ सम्म भद्रकाली प्राथमिक विद्यालय र कक्षा ६ देखि १० सम्म गीर्वाण माध्यमिक विद्यालय मणिग्राममा अध्ययन गरिन् । विद्यालय तह पार गरेपछि उनी कक्षा ११ र १२ पढ्नका लागि बुटवल बहुमुखी क्याम्पसमा पुगिन् । परिवारको पहिलो सन्तान र त्यसमाथि पनि छोरी भएकै कारण उनले पहिलो प्रार्थमिकता परिवारलाई दिनुपर्थो । त्यसैले पनि उनी स्कुलदेखि भान्छासम्म परिचित थिइन् । बुवा कृषि कर्ममा ब्यस्त हुनेहुँदा आफुभन्दा साना २ जना बहिनी र १ जना भाईको स्याहार सुसार गर्नु उनको दायित्व थियो । 

    images
    images
    images

    कक्षा १२ पास गरेकी गीता उमेरमा पनि परिपक्व हुँदै गएपछि उनको २०६० साल फागुन ४ गते विवाह भयो । रुपन्देहीको देवदह–७ पाकडी निवासी विष्णुप्रसाद भूर्तेलसंग उनको लगनगाँठो कसियो । गीता भन्छिन् “जब मेरो विवाह भयो, तब मात्र मैले जीवनको संघर्ष के हो भन्ने बारे थाहा पाए ।” मध्यम परिवारमा जन्मिएर खासै दुःख नझेलिकन हुर्किएकी गीतालाई विवाह बन्धनमा बाधिएपछि जीवनमा केही नगरी हुदैन भन्ने लाग्यो । गीताको विवाह पश्चात पनि पढ्ने रहर त थियो नै, तर ति सबै सपना मनमा नै दबाएर राख्न उनी वाध्य भईन् । समाजमा बुहारीले पढ्नु पर्दैन, घरमा मात्र काम गरे हुन्छ भन्ने संस्कार रहेका कारण उनी एकप्रकारले भित्रभित्रै टुटे जस्तो हुन्थिन् । बुहारी चुलो चौकोमा मात्र सिमित रहनुपर्छ भन्ने मानसिकता भएको परिवारमा भित्रिएकी गीतालाई बाहिर निस्कन थुप्रै चुनौति आईपरे । शिक्षक बन्ने सपना लिएर हिँडेकी गीता पशुपालन, खेतीपाती र घरपरिवारमा मात्र सिमित रहँदा उनलाई कति बेला घर छोड्न पाईएला जस्तो हुन्थ्यो ।

    images
    images
    images

    समय वित्दै जाँदा उनले पहिलो सन्तानको रुपमा वि.सं २०६२ सालमा छोरीलाई जन्म दिईन् । आफ्नो सन्तानको भविष्य र सपनालाई झल्झलि आँखा वरिपरि देखिरहेकी उनले श्रीमानसँगको सहकार्यमा १ महिनाकी छोरी बोकेर काठमाण्डौ जाने निधो गरिन् । जीवनमा केहि नयाँ गर्ने र सफलताको लक्ष्य भेटाउन उनले दिनरात मेहेनत गरिन् । काठमाडौं पुगेको उनको दम्पतीले किराना पसल सुरु ग¥यो । उनी त्यतिमा मात्र सिमित भइनन् । गीताले समय निकालेर मन्टेश्वरी तालिम समेत लिइन् । पानीको निकै अभाव रहेको काठमाडौंमा उनले दिउँसोका लागि पानीको अभाव नहोस भनेर विहानको ३÷४ बजे उठेर पानीको जोहो गर्थिन् । गीताले विहान उज्यालो हुँदा आफ्नो हरेक काम सकेर छोरी बोकेर तालिममा जाने गर्थिन् । उनले करिब ३ बर्षसम्म त मन्टेश्वरी तालिम सिकिन र  आफ्नो शिक्षक बन्ने सपनालाई पूरा गर्नेतर्फ अगाडी बढिन् ।

    उनले २०६४ सालमा दोश्रो सन्तानको रुपमा छोरालाई जन्म दिईन् । भित्रि मनबाट काम गर्ने आट आएपछि केही कुराले पनि रोक्दैन भनेजस्तै आप्mनो सपना पुरा गर्न उनी निरन्तर लागिरहिन् । अरुको कमाई खानु भन्दा थोरै भएपनि आप्mनै कमाई खाएर सन्तुष्ट हुनका निम्ति उनले खाली समयमा विभिन्न विद्यालयमा अध्यापन गर्ने गर्थिन् ।

    पहिलो मन्टेश्वरीका रुपमा पशुपति क्याम्पस पछाडि भएको एउटा मन्टेश्वरीमा केही महिना पढाईन् । बानेश्वरमा बसोबास गर्ने गीतालाई आवातजावतमा हुने समस्या र बेला बेलामाा हुने बन्द हड्तालका कारण कहिलेकाँही विद्यालय समयमा पुग्न गाह्रो हुन्थ्यो । त्यसैले उनले ५ महिना मात्र पढाएर सो विद्यालय छाडिन् । उनले पहिलो पटक तलवका रुपमा ४ हजार रुपैंया बुझेकी थिइन् । त्यो उनका लागि ४ लाख जस्तै लाग्थ्यो ।  त्यहाँ छाडेपछि फेरी उनले जेनेथ किड्स कजेटमा ८ महिना अध्यापन गरिन् । गाउँबाट गएकी उनलाई शहरमा रहेका विद्यालयका भिजन र त्यहाँको गुणस्तरीयतालाई पच्छाउन नसकेको महशुश भयो र उनले त्यहाँ अध्यापन गर्दैगर्दा सिकाई कम भएजस्तो लागेर पूनः ३ बर्ष एडभान्स मन्टेश्वरी तालिम लिइन् ।

    तालिमपछि पहिलेभन्दा केही फरक गर्नुपर्छ र मन्टेश्वरीबाटै अगाडी बढ्नु पर्छ भन्ने सोच लिएर उनी काठमाडौको बानेश्वरमा रहेको डेनेभ विद्यालयमा करिव २ बर्ष पढाईन् । त्यहाँको विद्यालय उनका लागि पहिलाका विद्यालयभन्दा विल्कुलै फरक थियो । उक्त विद्यालयमा अध्यापन गर्ने क्रममा उनले विद्यार्थीहरुको मनोविज्ञान बुझ्ने र मन्टेश्वरी व्यवस्थापन गर्ने तौरतरिका सिकिन् । अन्य विद्यालयमा भन्दा समय पनि अलि बढी दिनुपरेतापनि आफुले त्यहाँबाट धेरै कुरा सिक्ने मौका पाएको गीता बताउँछिन् । उक्त बिद्यालयबाट उनले ८ हजार रुपैंया तलव बुझ्ने गर्थिन् ।

    पढाउने क्रममा आफुले अझ बढि पढ्नुपर्ने सोँच राख्ने गीता विद्यालय जाने आउने क्रममा बाटोमा नै अध्ययन गर्ने गर्थिन् । जीवनलाई सिकाईको रुपमा ग्रहण गरेकी उनले जहिले पनि नजानेका कुरा सिक्ने र जानेका कुरा सिकाउँदै गईन् ।  पछि गएर आफैले मन्टेश्वरी सञ्चालन गर्ने सोच लिएर अगाडि बढेकी गीताले काठमाडौंमा भएका विभिन्न विद्यालयका शिक्षक साथीसँग गएर त्यहाँको पढाउने तरिका, व्यवस्थापकिय सिप र विद्यालय सञ्चालन बारे धेरै कुरा सिक्ने गर्थिन । बालबालिकासँग कसरी बोल्ने, उनीहरुसंँग कसरी नजिकिने र बालबालिकाको खानपानबारे काठमाडौंमा रहँदा उनले धेरै कुरा सिकिन् । 

    २०७२ सालमा भुकम्प गएपछि गीताको परिवार गाउँ केन्द्रित भयो र देवदह–७ पाकडीमा आयो । देवदह आएपछि गीताका श्रीमानले पशुपालन र कृषि पेशा शुरु गरे भने श्रीमानलाई साथ दिदै उनले आफ्नो विद्यार्थीसंग रमाउने चाहलाई निरन्तरता दिन थालिन् । काठमाडौंबाट फर्किए लगत्तै देवदह बोर्डिङ स्कुलमा पढाउन सुरु गरेकी गीताले करिव एक बर्ष पछि अर्को विद्यालय फेरीन् । उनले अर्को एक बर्ष बुद्ध पब्लिक बोर्डिङ स्कूलमा पढाईन् । काठमाडांैका सुविधा सम्पन्न व्यवस्थापनमा अध्यापन गरेकी गीतालाई यहाँका ग्रामीण विद्यालयमा अध्यापन गराउन त्यति सारो मन लागेन र विद्यार्थीलाई केही नयाँपन दिनु पर्छ भनेर उनी देवदहमा मन्टेश्वरी सञ्चालन गर्न अगाडि बढिन् ।

    २०७४ साल माघ ८ गते वडा नं ७ को कार्यालयमा गएर ग्रेट फयुचर किड्स मन्टेश्वरीमा नाम दिएर गीताले मन्टेश्वरी दर्ता गरिन । सुरुवाती चरणमा गीताले देवदह खैरेनीमा एउटा फ्ल्याट भाडामा लिएर ७ जना विद्यार्थीबाट आफैले ब्यवस्थापन गर्नेगरि मनटेश्वरी स्कूलको शुरुवात गरेकी हुन् । ७५ हजार रुपैंया लगानी भएको मन्टेश्वरीमा १ जना कर्मचारी राखेर आँफुले सुरुवात गरेको गीता बताउँछिन् । उनि भन्छिन्  “१-२ जना विद्यार्थी गरि विद्यार्थीलाई पालैसंग पढाउने गर्थे, र गृहकार्य दिएर घर पठाउथेँ ।” बिस्तारै विद्यार्थीको संख्या बढ्दै थियो, फेरी देशमा कोभिड भित्रियो । जसका कारण विश्वकै जनजीवन त्रसीत बन्यो र अर्थतन्त्रमा समेत नकारात्मक असर प¥यो । कोभिडका कारण उनले सुरु गरेको कामलाई समेत असर पा¥यो । कोभिडको समयमा मन्टेश्वरीबाट फाइदाको आश नगरि कतिपयलाई आंशिक र अभिभावकको पारिवारीक अवस्था अनुसार कतिलाई निशुल्क अनलाईन पढाएर विद्यार्थी र अभिभावकको मन जितेको गीता बताउँछिन् । 

    कोभिड जोखिमपूर्ण अवस्था पार गर्दै उनले भाडामा भएको मन्टेश्वरीलाई २०७८ सालमा आफ्नो घरमा सार्ने निर्णय गरिन् । पढाई नभएपनि महिना पुग्ना साथ घरबेटी भाडा माग्न आईहाल्ने समस्याका कारण आफुले लकडाउन भएको २ महिनामा नै मन्टेश्वरीलाई सारेको उनी बताउँछिन । घरमा पहिला भएको केही संरचनालई तोडफोड र रंगरोगन पश्चात व्यवस्थित गरि नयाँ वातावरणमा विद्यार्थीलाई पढाउने निधो गर्दै मन्टेश्वरीलाई देवदह–७ पाकडीमा सिफ्ट गरेको उनले बताइन् । गीताको परिवारसंग अचल सम्पत्ति भएपनि चल सम्पत्ति नभएका कारण उक्त समयमा मन्टेश्वरी निर्माणमा निकै कठिन परेको उनी बताउँछिन् । “मन्टेश्वरी सिफ्ट गर्दा केही रकम जग्गा धितो राखेर लगानी गरेँ, रकम अभावका कारण बहिनी रिजन पाण्डेयलाई साझेदारका रुपमा राखेर अहिले मन्टेश्वरी संचालन गरेकी छु ।” उनि भन्छिन्, "मन्टेश्वरी सञ्चालनका निमित्त चाहिने अधिकांश भौतिक संरचना पूरा भएको छ र विद्यार्थीका लागि आवश्यक थाप सामग्री समेत ब्यवस्थापनको तैयारी हुँदैछ ।" 

    मन्टेश्वरीका लागि सम्पूर्ण समय खर्चिने उनले पछिल्लो समय मन्टेश्वरी सञ्चालनका लागि लगभग ५० लाख रुपैया लागत लागेको बताइन् । अहिले उनको ग्रेट फयुचर किड्स मन्टेश्वरीमा ७० जना विद्यार्थी अध्ययनरत छन् भने ६ जना शिक्षक र २ जना सिस्टर कार्यरत छन् । उनका श्रीमानले पनि उनको काम प्रति निकै गर्व गर्छन् । गीतालाई हरेक काममा साथ दिने श्रीमानले अहिले मन्टेश्वरीको भ्यान चलाएर उनलाई सघाउने गर्छन् । अहिले ग्रेट फ्युचर मन्टेश्वरीमा कक्षा १ सम्म पढाई हुन्छ ।

    ग्रेट फ्युचरमा अहिले विभिन्न वर्ग र समुदायका विद्यार्थी पढ्ने गर्छन् । उनीहरुलाई एउटै छानोमुनि राखेर समान रुपले पढाउन निकै गाह्रो हुने गीता बताउँछिन । विस्तारै शिक्षक र विद्यार्र्थी घुलमिल हुदै जाँदा सबै विद्यार्थीमा परिवर्तन आएको र  अभिभावक पनि निकै खुसी हुने गरेको उनी बताउँछिन । आफुलाई विद्यालयको प्रचार प्रचार गर्नभन्दा पनि गुणस्तरमा ध्यान दिन मन लाग्ने बताउने गीताले हरेक विद्यालयले विधार्थीको चाहना अनुसार मनोभावना बुझेर व्यवहार गर्नुपर्ने बताउँछिन् । उनी भन्छिन्, "बच्चालाई गाली, डर, धम्कीभन्दा पनि मायाले सम्झाउनु पर्छ ।"

    बजारको खाना र विषादीयुक्त तरकारीले स्वास्थयमा असर गर्ने भन्दै गीता अहिले मन्टेश्वरीका लागि आवश्यक तरकारी समेत आफ्नै जग्गामा उब्जाउने गर्छिन् । पछिल्लो समय विद्यार्थीका लागि आवश्यक फलफुलबाहेक तरकारी र अन्न आफ्नै खेतबारीमा उत्पादित मात्रै प्रयोगमा ल्याएको उनको दावी छ । चामल, गहुँ, दुःध र तरकारी उनले घरको नै प्रयोग गर्ने गरेको बताउँछिन । काठमाडांैबाट देवदह आउँदा सिप मात्र नभई टाउको दुख्ने समस्या समेत लिएर आएकी उनी भन्छिन्, “१० बर्ष काठमाडांै बस्दा विषादीयुक्त तरकारीको प्रयोग गरेका कारण मलाई रोग लाग्यो, जब म गाउँ फर्किए, त्यस यता सधैँ घरको मात्र तरकारी प्रयोग गर्न थालेपछि त्यो समस्या हल भएको छ । तसर्थ म विद्यार्थीको स्वास्थयमा खेलबाड गर्दिन, म घरको खाना नै प्रयोगमा ल्याउछु ।” 

    विद्यार्थीको लागि भनेर उनको दम्पतीले मन्टेश्वरीको वरिपरि सबै तरकारी खेती गरेका छन् भने घरमा २ वटा भैसी समेत पालेका छन् । तराई क्षेत्रमा हुने फलफूलहरू ५ बर्ष भित्रमा प्रयाप्त हुने गरि लगाएको उनी बताउँछिन् । गीता अब छिटै विद्यालय हाता भित्रै  सुईमिङ पुल बनाउने योजनामा छन् । उनी भन्छिन्, "शिक्षक संगसंगै बालबालिकाको मनोभावना अभिभावकले पनि बुझ्न जरुरी हुन्छ ।" विद्यार्थीलाई पढाईमा मात्र दवाव नदिएर नाच्न, गाउँन र खेल्न छोड्दििनुपर्ने सबै अभिभावकहरुमा उनको आग्रह छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नारी नेतृत्व
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।