Logo

२०८३, श्रावण २७गते


images
images

नारी नेतृत्व

उद्यममा व्यस्त क्रान्तिकारी कल्पना

उद्यममा व्यस्त क्रान्तिकारी कल्पना

images
  • उद्यममा व्यस्त क्रान्तिकारी कल्पना
    images
    images

    कलिलो उमेरमै उनले क्रान्तिको सपना देखिन् । साथीसंग खेल्ने समयमा उनी बम र बारूदसंग खेलिन् । क्रान्तिको लागि उनले के गरिनन् ? गर्भको बच्चा फालेर बन्दुक बोकिन् । आज राजनीतिबाट ओझेलिंदै उद्यममा बामे सर्दै गरेकी उनी हुन् - देवदह निवासी कल्पना सुवेदी । 

    images
    images
    images

    वि.सं २०३९ साल चैत १ गते बुवा रुद्रलाल र  आमा लिलादेवीको कोखबाट कल्पना सुवेदीको जन्म भयो । सुवेदी परिवारका तिन सन्तान मध्ये कल्पना कान्छि छोेरी हुन् । सामान्य व्यापार व्यवसाय गरि जिविकोपार्जन गर्ने उनको परिवार नवलपरासीको सुनवल–७ अस्नैयामा बसोबास गर्दथ्यो । विद्यालय शिक्षा बाहेक सानैदेखि कल्पना अतिरिक्त क्रियाकलापमा सहभागि हुन रुचाउँथिन् । उनले कक्षा ३ सम्म हालको ज्योति माध्यमिक विद्यालय सुनवल ७ मा, कक्षा ४ र ५ मा पवन मावि परासी र कक्षा ६ देखि १० सम्म महामाया भवानी माध्यमिक विद्यालय देवदहमा अध्ययन गरिन् । 

    images
    images
    images

    कल्पनाको परिवार सुनवलमा बसोबास गर्ने भएपनि उनका बुवाको खैरेनी चोकमा मिठाई पसल थियो । त्यहिँबाट भएको आम्दानीले उनको परिवार चल्ने गर्दथ्यो । जब कल्पना कक्षा ३ मा अध्ययन गर्थिन् । सोहि बेला कक्षा ९ मा पढ्ने उनका ठूला दाजु बिरामी परे । दाजुको उपचारका लागि आफूहरूसंग भएको सबै पैसा समेत सकियो । कल्पना भन्छिन्, ‘विद्यालयमा भलिवल खेल्दा छातिमा लागेको थियो त्यहि कारणले गर्दा त होइन भन्ने दाजुका साथीले शंका गरेका थिए तर वास्तवमै के कारणले बिरामी पर्नुभयो, पुष्टि हुन सकेन’ । केहि समय उपचारको प्रयास गरेता पनि बिरामी परेको ९ दिनपछि उनका दाजुको निधन हुन पुग्यो । जसबाट कल्पनाको परिवारलाई विछिप्त बनायो । छोराको मृत्यूवाट बिछिप्त बनेकी उनकि आमाको मानसिक अवस्थामा समेत असर परेपछि कल्पनाको परिवार नवलपरासीको परासी बजारमा बसाई स¥यो । त्यसपछि उनको परिवारमा आर्थिक संकट पर्दै गयो । परासीमा पनि उनका बुबाले दुई बर्ष होटलनै  गरे । तर उपलब्धि भने केही भएन । हरेक समय आमा बुवाले स्व. दाजुलाई सम्झने र काममा ध्यान पु¥उन नसक्दा लगानी समेत डुब्यो ।

    images
    images
    images

    दाजुको यादले आमाबुवालाई सताउन नछाडेपछि उनको परिवार फेरी २०५१ सालमा नवलपरासीको अस्नैयामा आयो र कसैको घर नभएको स्थानमा खेतको बिचमा खरले छाएको घर बनाएर बसोबास गर्न थाल्यो । कल्पना र आमालाई अस्नैया छाडेर बुबाले कक्षा ८ पढेदै गरेका उनका कान्छा दाईलाई साथ लिएर रोजगारीका लागि भारत लागे । कल्पना र उनकी आमाले गाईवस्तु पाल्दै जीवन निर्वाह गर्न थाले । सो क्रममा उनी पढ्नका लागि महामाया भवानी मावि भवानीपुरमा भर्ना भईन् । कल्पना विस्तारै हुर्कदै जाँदा आमालाई सघाउनुपर्ने र घरको जिम्मेवारी पनि लिनुपर्ने भयो । दिउसोको पढाई हुदा कल्पना विहान, साझ आमा सँग घाँस काट्न जान्थिन् भने विहानको पढाई हुदा उनी घर आएपछि दिउसो १२ बजेको घाममा घाँस काट्न जानुपथ्र्यो । अस्नैयाबाट भवानीपुर महामाया भवानी माविमा अध्ययन गर्न उनी सधै पैदल आउजाउ गर्ने गर्थिन । पैदल मात्र कहा होर बर्षातको समयमा त बाटोमा पर्ने खोलामा पुल नबनेका कारण सधै पौडि खेलेर खोला तर्नु पर्दथ्यो । भिजेका कपडा संगै कक्षाकोठामा बसेर पढेको अहिले पनि उनलाई हिजोजस्तै लाग्छ ।

    २०५३ सालमा कक्षा ८ मा अध्ययन गर्ने क्रममा कल्पना विद्यार्थी राजनितिमा होमिईन । तत्कालिन अवस्थामा माओवादीले 'नरुक' भन्ने अभियान अन्तर्गत सांस्कृतिकि कार्यक्रम गर्दै उनको गाउँमा आएका बेला घरमा पनि आएर नाच गान गरि खाना खाएपछि उनी त्यो कार्यक्रमबाट प्रभावित भइन् । साँस्कृतिक कार्यक्रम सकिएपछि त्यहाँ भेटिएको एउटा पर्चामा ‘धनि गरिव भन्ने कोही हुदैन, सबै समान’ भन्ने वाक्य भेटेपछि उनलाई त्यो अभियानले प्रभावित पा¥यो ।

    २०५३ सालमा कक्षा ८ मा अध्ययन गर्ने क्रममा कल्पना विद्यार्थी राजनितिमा होमिईन । तत्कालिन अवस्थामा माओवादीले 'नरुक' भन्ने अभियान अन्तर्गत सांस्कृतिकि कार्यक्रम गर्दै उनको गाउँमा आएका बेला घरमा पनि आएर नाच गान गरि खाना खाएपछि उनी त्यो कार्यक्रमबाट प्रभावित भइन् । साँस्कृतिक कार्यक्रम सकिएपछि त्यहाँ भेटिएको एउटा पर्चामा ‘धनि गरिव भन्ने कोही हुदैन, सबै समान’ भन्ने वाक्य भेटेपछि उनलाई त्यो अभियानले प्रभावित पा¥यो । र उनी साँस्कृतिक टोलिलाई सम्पर्क गरेर सोहि दिनबाट राजनितिमा होमिईन् । यसरी उनि २०५३ सालमै विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नवलपरासी जिल्ला सदस्य हुँदै राजनितिमा प्रवेश गरिन् । 

    २०५५ सालमा अखिल क्रान्तिकारी विद्यार्थी संगठनकोे जिल्ला सहसचिव समेत भएर काम गरिन् । २०५६, २०५७ सालमा तत्कालिन नेकपा माओवादीको ईलाका कमिटि सदस्य, २०५७, २०५८ सालमा अखिल नेपाल क्रान्तिकारी  महिला संगठन नवलपरासीको अध्यक्ष र २०५८, २०५९ मा पार्टिको जिल्ला सदस्य र महिला प्रदेश सदस्य भएर भुमिगत राजनीति गरिन् ।

    सानैदेखि संघर्ष र पिडालाई राम्रो सँग बुझेकी कल्पनाले देशमा परिवर्तन गर्छु भन्दै हिड्ने क्रममा प्राय जसो रात भोकै कटाएकी छन् । धेरैपटक उनले खोलाको बालुवालाई सिरानी बनाएर सुतेकिछन् । कल्पना भन्छिन्, ‘परिवर्तनको यतिसम्म हुटहटि थियो कि खाने बस्ने कुराको वास्तै हुँदैनथ्यो । खाना र खाजा भनेकै चाउचाउ र भुजा हुने गर्दथ्यो, त्यो पनि निकै मिठो मानेर खाइन्थ्यो ।’ विद्यार्थी अवस्थाबाट राजनीति सुरु गरेकि कल्पना हातमा राईफल बोकेर देश परिवर्तनका लागि हिड्ने भईन् । बन्दुक भिरेर हिँड्ने क्रममा कसैले कल्पनालाई देख्दा माया लागेर खान दिन्थे भने कसैले डराएर आफ्नो ज्यान जोगाउनका लागि खान दिन्थे । भुटन हालेको तरकारी खान मन लाग्दा झोलामा तेल बोकेर हिडेको र जङ्गलमा खाना पकाएर खाएको सम्झना उनलाई अहिले पनि ताजै छ । 

    युद्धका क्रममा आफ्नै आँखा अगाडि धेरै साथीले ज्यान गुमाएको दृश्य अहिले पनि उनलाई झल्झली आउनेगर्छ । कल्पना भन्छिन्, 'जति पनि साथीले ज्यान गुमाए, कुनै दिन पनि आँशु नै आएन, कसैले साथीभाईलाई मारे मनमा बदलाको भावना यति धेरै बढ्थ्यो कि त्यो भावना नै अर्को युद्ध लड्नको लागि साहस बनेर आउँथ्यो ।' कल्पनाले  करिव ६ बर्ष लगातार बन्दुक बोकेर जंगलमा नै बसिन् । तत्कालिन अवस्थामा उनी  नवलपरासी, गोर्खा लम्जुङ्ग, गुल्मी तनहुँ, चितवन र रुपन्देहीमा भएका ठुलादेखि साना युद्ध र झडपहरुमा सहभागी बनिन् ।

    विवाह लगत्तै उनको गर्भ रहेपछि उनीहरुलाई  'समस्या' आईलाग्यो । देश र समाज परिवर्तनको लक्ष्य सहित बन्दुक बोकेका कल्पनाको दम्पतीले आपसी सहभतिमा ३ महिनाको गर्भलाई बुटवलको एक अस्पतालमा गएर गर्भपतन गराए । कल्पनाको लागि त्यो नै जीवनको सबैभन्दा ठूलो भुलजस्तो लाग्छ । जसको पश्चताप उनलाई आज पनि छ ।

    २०५८ सालमा रुपन्देहीको मुर्गिया निवासी शिशिरसंग संकटकालिन अवस्थामै कल्पनाको जनवादी विवाह भयो । देवदहको पिपरैयामा भएको सांस्कृतिक कार्यक्रमको अवसर पारि उनीहरुको प्रेम विवाह भएको हो । कल्पनालाई विवाह गरेपनि श्रीमान्संग संगै बस्ने समय भने मिलेन । पार्टीले खटाएको काममा निकै अनुशासित र ईमान्दार भएर लाग्ने अन्य योद्धा जस्तै एक योद्धा कल्पना पनि थिईन्  । तर विवाह लगत्तै उनको गर्भ रहेपछि उनीहरुलाई  'समस्या' आईलाग्यो । देश र समाज परिवर्तनको लक्ष्य सहित बन्दुक बोकेका कल्पनाको दम्पतीले आपसी सहभतिमा उनीहरुले ३ महिनाको गर्भलाई बुटवलको एक अस्पतालमा गएर गर्भपतन गराए । कल्पनाको लागि त्यो नै जीवनको सबैभन्दा ठूलो भुलजस्तो लाग्छ । जसको पश्चताप उनलाई आज पनि छ । 

    आफ्नो शरिरबाट एउटा प्राण जस्तै मानिने बच्चा फालेर उनी मुर्गिया घरमा बस्न गईन् । तत्कालिन शाही सेनाको निशानामा रहेकी उनी गोठमा लुकेर बस्ने गर्थिन् । कल्पना मुर्गिया पुगेको २ दिनमै सेनाले थाहा पाएपछि उनलाई घेरामा हाल्यो । रगताम्य अवस्थाकी  उनी न त भाग्नै सक्थिन नत त्यहाँ बस्न नै । तर पनि श्रीमान्लाई भगाएर उनी विस्तारै अब मरे मर्छु भनेर पाईला चाल्दै थिईन्, तब उनले आपूmलाई जन्म दिने आमा र बाबुलाई सम्झिन, उनलाई लाग्यो म मेरा लागि नभएर मेरा आमा बुवाको लागि बाच्नुपर्छ । एउटा छोरा गुमाईसकेको आमा बुवाले अब आफुलाई सम्हाल्न सक्नु हुन्न भनेर बाच्ने बाटो खोजिन् । त्यसपछि उनले एउटा घरमा पसेर कपडा फेरिन र अनुहारमा कालो पोतेर, सिन्दुर र हातभरि चुरा लगाएर कसैले चिन्न नसक्ने भेषमा गाउँबाट भाग्न सफल भईन् । 

    दिन बित्दै जाँदा उनको खोजतलास गर्नका लागि प्रशासनले कल्पनाका बुवा आमालाई दुःख दिन थाल्यो । आँफु गिरप्mतार परेको झुटा समाचार र सूचनाहरु उनी समक्ष पुगेपछि कल्पनालाई लाग्यो अब केही समय मैले नेपाल छाड्नुपर्छ । आमा बुवा दाजु भाउजुलाई सम्झदै कल्पना २०५९ सालमा श्रीमान् शिशिरका साथ भारत पसिन् ।  भारतको पञ्जाव पुगेकि उनलाई त्यहाँ खाली बस्न मन लागेन र एक बर्षे कम्प्यूटर कोर्स गरिन् । श्रीमतीको हरेक सुःख, दुःखमा साथ दिदै आएका उनका जीवन साथीले आफुले जागिर गरेर कल्पनालाई पढाउन थाले । कल्पनाले पनि केही समय स्थानिय बोर्डिङ्ग स्कूलमा पढाउने काम गरिन् । कल्पनाले बि.एस.सि. आई. टि को पढाई पञ्जाबमै पुरा गरिन् । यसै क्रममा उनले पहिलो सन्तानको रुपमा २०६१ सालमा छोरीलाई जन्म दिईन् । उनको १० बर्ष बसाई प्रवास (भारत) मा भयो । प्रवासमा भएपनि कल्पना राजनिति भन्दा बाहिर बस्न सकिन्न । उनी त्यहाँ रहदा सम्म अखिल भारत नेपाली एकता मञ्चमा केन्द्रिय सदस्य भएर काम गरिन् । 

    न्यायको लागि बन्दुक बोकेकी कल्पनालाई अहिले आएर नेताको लागि बन्दुक बोकिएको रहेछ कि जस्तो लाग्ने गरेको छ । वर्गिय मुक्ति बिना परिवर्तन सम्भव नभएकाले मुक्तिको आह्वान गर्दै हिडेकी कल्पना अहिले भन्छिन् ‘हामीलाई प्रयोग गरेर आफूहरू बन्नका लागि नेताहरुले राजनीति गरेका रहेछन् कि भन्ने बेलाबेलामा लाग्ने गर्छ ।’ तत्कालिन समयमा संगै पार्टिको काम गरेका साथीहरुले फाईदा लिएको देख्दा आफुलाई अचम्म लाग्ने उनि बताउँछिन् । २०६२÷२०६३ को जनआन्दोलन पश्चात शान्ति प्रकृयामा आएको उनको पार्टी ३ भागमा विभाजन भयो । भारतबाट नेपाल आउँदा उनका श्रीमानले विभाजित पार्टिको एउटा पक्ष (विप्लव) को पक्षमा राजनीति सुरु गरेपछि उनी पनि त्यतै लागिन् । 

    अर्धभुमिगत राजनीति गरिरहेका बिप्लपको पक्ष लिएकै आधारमा २०७४ सालमा कल्पना गिरफ्तारीमा परिन् । राज्य संरचना र संसदिय प्रणालिको बिरोधमा उत्रिएका बिप्लपको समर्थन गर्ने उनलाई गिरफ्तार गर्ने राज्यको नेतृत्व भने बिगतमा उनले सर्बोच्व कमाण्डर मानेर हिँड्ने प्रचण्डले गरिरहेका थिए ।  छोरीको भर्ना गर्न भनि घरमा आएको बेलामा सुराकीको आधारमा पक्रेर उनलाई २८ दिन भैरहवा लगेर राखियो । श्रीमान् भुमिगत रहेको र आँफु समेत गिरफ्तारीमा परेपछि छोरा छोरीले निकै दुःख पाएको उनलाई लाग्यो । कल्पनाले प्रशासनसंग आपूmले सामान्य जीवनमा फर्कने प्रस्ताव राखिन् र भुमिगत राजनितिबाट अलग हुने प्रतिबद्धता पछि प्रशासनले उनलाई सामान्य तारेखमा छाड्यो । त्यसयता कल्पना घरपरिवारमा रमाएर बस्न थालेकी छन् ।

    बाल्यकालमा कुटो कोदालो र हँसियासंग खेलेकी कल्पना यौवनावस्थामा भने गोला बारुद र हतियार संग खेल्न पुगिन् । नर्स बनेर हातमा सिरिन्ज बोक्ने सपना साँचेकि कल्पनाका हातहरु बन्दुक बोक्न बाध्य भए । घरको आर्थिक अवस्था र विभिन्न समस्याले गर्दा उनको सपना अधुरै रहे । कल्पनाको नर्स बन्ने सपना रोकिए पनि देशमा सेवा गर्ने सपना भने रोकिएका छैनन् । तर उनले अब देश विकासको लागि आर्थिक उपार्जन मार्फत योगदान दिने अठोट गरेकि छन् । 

    बाल्यकालमा कुटो कोदालो र हँसियासंग खेलेकी कल्पना यौवनावस्थामा भने गोला बारुद र हतियार संग खेल्न पुगिन् । नर्स बनेर हातमा सिरिन्ज बोक्ने सपना साँचेकि कल्पनाका हातहरु बन्दुक बोक्न बाध्य भए । घरको आर्थिक अवस्था र विभिन्न समस्याले गर्दा उनको सपना अधुरै रहे । कल्पनाको नर्स बन्ने सपना रोकिए पनि देशमा सेवा गर्ने सपना भने रोकिएका छैनन् । तर उनले अब देश विकासको लागि आर्थिक उपार्जन मार्फत योगदान दिने अठोट गरेकि छन् ।

    त्यसो त अहिलेपनि उनी नेकपा माओवादी केन्द्रको देवदह नगर इन्चार्ज छन् तर पहिले जस्तो 'राजनीतिको रह'मा उनी छैनन् । कल्पना २०७६ साल यता बाख्रा पालन व्यवसायमा व्यस्त छन् । कल्पना भन्छिन् ‘धन्न १० बर्ष नेपाल छोडिएछ र ईण्डिया गएर धेरै थोरै कमाइएछ ।’ त्यति बेला कमाएर जोडेको घडेरी बेचेर अहिले उनले बाख्रापालन ब्यवसाय व्यवसाय र घर परिवार चलाईरहेकी छन् । शुरुमा ३ वटा बाख्राबाट शुरु गरेको उनको सुनवल–७ अस्नैयामा रहेको फर्ममा अहिले १ सय ५० वटा बाख्रा छन् । उनको बाख्रा पालन व्यवसायमा श्रीमानले समेत साथ दिएका छन् । अहिले कल्पनालाई सघाउने उनको श्रीमान् संग संगै छोरी पनि भएकी छन् । छोरीले जागिर गर्दै साँझ बिहान व्यवसायलाई समय दिने भएपछि कल्पनालाई सहजता हुने गरेको छ । बिहान र साँझको समय स–परिवार ब्यवसायलाई दिने कल्पना आजभोलि सामाजिक कामहरुमा पनि व्यस्त  हुन्छिन् । 

    देश परिवर्तन र विकासका लागि विभिन्न नाराहरु लिएर लड्दै हिँडेकि कल्पनालाई आजभोलि आर्थिक विकास विना कुनैपनि परिवर्तन सम्भव नहुने लाग्ने गर्छ । भुमिगतकालमा जनमुक्ति सेनामा लडेका अङ्गभङ्ग भएका साथिहरु बेसाहरा भएको सुन्दा र कतिपयले होटल तथा मजदुरको रुपमामा काम गरेर जीवन बिताईरहेको समाचार सुन्दा र देख्दा उनलाई दुःख लाग्ने गर्छ । राज्य परिवर्तनका लागि आफ्नो बलिदानी दिएका शहिदका परिवारलाई समेत राज्यले उचित सम्बोधन नगरेको कल्पनाको गुनासो छ ।  पछिल्लो क्रममा आर्थिक मन्दिले देशलाई थिलोथिलो पारेको समेत उनलाई महशुस छ । त्यसको सुधार गर्ने योजनामा राज्य लाग्नुपर्नेमा जोड दिदै उनी भन्छिन ‘हिजो देश बनाउनुपर्छ भनेर लागेका युवाहरु अहिले दिनप्रतिदिन विदेश पलायन भइरहेका छन् । युवालाई स्वदेशमै राख्न अब हरेक नागरिकलाई उद्यमसंग जोड्नुपर्छ ।’ आफना नातापर्ने र नजिककालाई मात्र रोजगार दिने प्रचलन गलत भएको भन्दै सक्षम व्यक्ति र उनीहरुको गुणस्तर हेरेर रोजगार सृजना गर्नुपर्ने कल्पना बताउँछिन् । देशलाई विकासको बाटोमा लैजान सरकारले युवा लक्षित कार्यक्रम साथै उद्यमशिलताका बाटाहरु अगाडी ल्याउनुपर्ने उनको भनाई छ । युद्ध र द्धन्द छाडेर उद्यामशिलताबाटै परिवर्तनको सपना देखेकी कल्पनालाई व्यवसायिक र सामाजिक जीवनको शुभकामना ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।