Logo

२०८३, श्रावण २७गते


images
images

नारी नेतृत्व

अभाव छिचोलेर उद्यमी बनेकी अनिता

अभाव छिचोलेर उद्यमी बनेकी अनिता

images
  • अभाव छिचोलेर उद्यमी बनेकी अनिता
    images
    images

    उनीसंग सामान्य अभाव र गरिबी मात्र होइन, एउटा दर्दनाक कहानी छ । उनीसंग १६ वर्षको उमेरमा आफ्नै बुबाविरूद्ध मुद्धा लडेर अंश लिएको कथा छ । अनि उनीसंग छ, जायजेथा धितो राखी देशमै उद्यम गर्न खोज्दा सत्ताका मान्छेलाई घुस खुवाउनुपर्ने भ्रष्ट शासनको प्रमाण । उनी हुन् - देवदहकी अनिता बुढाथोकी । 

    images
    images
    images

    वि.सं २०४५ साल माघ ११ गते बुवा दलबहादुर र आमा मीना बुढामगरको कोखबाट अनिताको जन्म भयो । परिवारका ४ सन्तानमध्ये कान्छी छोरीको रुपमा  जन्मिएकी अनिताको बाल्यकाल अभाव र पिडामा गुज्रियो । हालको देवदह -७ मा जन्मिएकी उनको बुवाले दोस्रो विवाह गरेर अन्तै बस्ने भएकाले एकातिर बुवाको माया र सामिप्यताबाट अनिता बञ्चित हुनुप¥यो भने आर्थिक अभावको कारण अनिता र उनको परिवारलाई परेको पिडा थप दर्दनाक छ ।

    images
    images
    images

    'खाउँखाउँ लाउँलाउँ' भन्ने उमेरमा अनिताको परिवारलाई बिहान खाए साँझ के खाने ? र, कसैगरी साँझको खाना जोहो भएमा भोलि बिहान के खाने भन्ने चिन्ताले पिरोल्थ्यो । विद्यालय जाने उमेरकी अनिता कैंयौ पटक स्कूलमा भोकै पेट गएको सुनाउँछिन् । अझै पिडा त अनितालाई त्यतिबेला हुन्थ्यो, जतिबेला उनी कापी किन्ने पैसा समेत नभएर कक्षा १० पढ्दासम्म नै सिसाकलमले लेख्ने अनि ईरेजरले मेटाएर फेरि लेख्ने ठाउँ बनाउँथिन् । स्थानीय देवदह माध्यमिक विद्यालयमा अध्ययन गरेकी अनिता भन्छिन्, "कक्षा १० मा पढ्ने समयसम्म हरेक परिक्षामा बाहेक अरु बेला कहिल्यै मसी भरिएको कलम प्रयोग गरिन ।  लक्षित तथा सिमान्तकृत समुदायका विद्यार्थाीले छात्रबृत्ति पाउँछन् भन्ने सुन्थें । मलाई आफुले पनि त्यो पाउन पाए हुन्थ्यो झैँ लाग्थ्यो ।" तर उनलाई त्यस्तो अवसर कहिल्यै जुरेन ।  भनसुन गरीदिने कोहि नभएर आफुले त्यतिबेला छात्रबृत्ति नपाएको उनको गुनासो छ ।

    images
    images
    images

    पेट भर्नका लागि सानोमा अनिताले कोईला समेत खाएको बताउँछिन् । निकै भावुक मुद्रामा उनि भन्छिन्, "एकदिन त यति भोक लाग्यो, भोक खट्न नसकेर साथीले नुहाउनको लागि भिजाएको पिनालाई लुकाएर ल्याई पकाएर खाएँ ।" उनि थप्छिन्,  "त्यो बेला नअघाउञ्जेलसम्म मलाई पिनाको स्वाद नै थाहा भएन, पछि जव पेट भरियो पिनाको स्वाद तितो भएको महसुस भयो ।"

    खरले छाएको कच्ची घर अनि टुकीको सहारामा अनिताको माध्यमिक तहको पढाई पुरा भयो । टुकी बालेर पढ्नेबेला कैंयौ पटक उनी अगाडिको टुकी हावाले निभाउँथ्यो भने बर्षातको बेला घरको छानो चुहिएर अनिताका कापी किताब भिज्थे ।

    सानै उमेरबाट दुःख अनि अभावसँग परिचित अनिता स्कूल छुट्टी भएका बेला आफ्नी आमासँग ९ बर्षको उमेरबाट नै अर्काको मेलापात गर्न हिड्थिन् । उनकी आमा र उनले गरेको मेहनतबाट उनीहरूलाई शरिर ढाक्ने लुगा त परै जाओस, दुई छाक खान समेत हम्मेहम्मे हुन्थ्यो । अनिता भन्छिन्, "अरुले दिएको  पुराना कपडा घरमै सिलाएर, टालटुल पारेर आमाले लगाउन मिल्ने बनाईदिनुहुन्थ्यो, खुसी भएर त्यहि लगाएर हिँड्थे ।’ त्यो बेला कैँची समेत नभएकाले उनकी आमाले हसियाले कपडा काटेर सिलाएको सम्झना उनलाई अझैपनि ताजै छ । स्कूल पढ्ने बेला पनि अनिताले अरुले दिएका पुराना ड्रेसका कपडा लगाएर जाने गर्थिन । स्कूलमा खाजा खाने अवस्था उनको कहिल्यै बनेन, उनको खाजा भनेको स्कूल जाँदा आउँदा खेतको आलिमा भेटिने अँकरा, केराउ अनि सिजन अनुसार फल्ने बाटो छेउछाउका फलफुल हुन्थे ।

    पेट भर्नका लागि सानोमा अनिताले कोईला समेत खाएको बताउँछिन् । निकै भावुक मुद्रामा उनि भन्छिन्, "एकदिन त यति भोक लाग्यो, भोक खट्न नसकेर साथीले नुहाउनको लागि भिजाएको पिनालाई लुकाएर ल्याई पकाएर खाएँ ।" उनी थप्छिन्,  "त्यो बेला नअघाउञ्जेलसम्म मलाई पिनाको स्वाद नै थाहा भएन, पछि जव पेट भरियो पिनाको स्वाद तितो भएको महसुस भयो ।" 

    दुःखीलाई झन् दुःख भनेझै २०५२÷०५३ सालतिर अनिताको भएको झुपडी घर पनि साहुले खाइदियो । ५ रुपैंयाका दरले ब्याज जोडेर दिएको ऋण फिर्ता गर्न नसकेपछि उनको परिवारले भएको झुपडी घर पनि गुमायो । घरबारबिहिन भएपछि उनको परिवार अरुको गोठमा गएर बस्न थाल्यो ।

    बाबासँग अंश माग्ने छोरी 

    जब अनिता उमेरमा परिपक्व हुदै गईन्, र अधिकारको विषयमा उनलाई जानकारी भयो, तब अनिताले अब बुवासँग अंश माग्नु पर्छ भन्ने सोच राखिन् । उनी १६ बर्षको उमेरमा नै एसएलसी दिएपछि काठमाडौँ गएर बुवालाई जिल्ला अदालतमा मुद्दा हालिन् र मुद्दा जित्न सफल भईन् । बुवा र अर्की आमा काठमाडौँ बस्ने भएकाले काठमाडौँ अदालतमा गएर दर्ता गरेको मुद्धा जितेपछि बुवाले देवदह–७, डाँडाटोलमा नै घर बनाइदिएर खर्च पनि दिन थाले । त्यसपछि अनिताको जीवनामा केही राहत आउन थाल्यो । अनिता अलिकति खुसी हुँदै थिईन, उनमा ठुलो बज्रपात आईप¥यो । उनका दाजुको हृदयघातका कारण निधन भयो । अर्को भाई मानसिक सन्तुलन ठिक नभएका कारण सानै उमेरदेखि लापता भएको उनी बताउँछिन् ।

    अनिताले कक्षा ११ र १२ सिद्धार्थ क्याम्पस बुटवलबाट उत्तीर्ण गरेकी छन् । कक्षा १२ मा पढ्दा पढ्दै रुपन्देहीको तिलोत्तमा ड्राईभरटोल निवासी विनोद खड्कासंग उनको प्रेम विवाह भयो । विहेपछि उनले पढाइ छाडिन् । घरमै बसेर बच्चालाई पढाउँदै गर्दा उनमा यतिकै बसेर हुँदैन, केही गर्नुपर्छ भन्ने सोंच आयो र उनले टाईगर प्यालेसमा केही समय जागीर गरिन् । जागीरको कारण बच्चालाई प्रयाप्त समय दिन नसकेपछि उनले ६ महिनामै जागीर समेत छोडिन् ।  

    जागिर नगरेपनि साँझ  बिहान बच्चा संगसंगै हुने र खालि भएको समयमा केही काम गरौ भन्ने अनिताको मनमा लागिरहेको थियो । सोही क्रममा उनले दिदी यमकला रानाले तालिम लिएर घरमा नै बसेर कहिलेकाहिं चप्पल बनाएको देख्थिन्  । यतिकैमा उनलाई चप्पल उद्योग सञ्चालन गर्ने सोँच आयो । अनिताका श्रीमानले पनि उनको विचारमा सहमति जनाएपछि घर धितो राखेर निकालेको १० लाख रूपैयाँबाट उनको उद्योग सुरू भयो । अनिता जुत्ता चप्पल नामको उद्योग देवदह–७, भैरवटोलमा सञ्चालित छ । आफ्नै बुवासँग लडेर बनाएको घरमा नै अहिले अनिताको उद्योग छ ।

    उद्योग दर्ता गर्न वडालाई घुस ! 

    देशमै केही गरौँ भन्ने उद्धेश्यले घर धितो राखेर उद्योग सञ्चालन गर्न लागेकी अनिताले उद्योग दर्ता गर्दा समेत अनेक झन्झटको सामना गर्नुप¥यो । देशको नीति र  कर्मचारीतन्त्रकै कारण उद्योग दर्ता गर्न निकै गाह्रो भएको उनको भनाइ छ । उनी भन्छिन्, "उद्योग दर्ता गर्न जाँदा वडा कार्यालयले अनावश्यक दुःख दियो । अन्तिममा २० हजार घुस खुवाएपछि मात्र मेरो उद्योग दर्ताको फाईअल अगाडि बढ्यो ।" तत्कालित  अध्यक्ष र सचिवले ७ दिनसम्म लगातार कागजपत्र लिएरु धाउँदा पनि काम नगरिदिएपछि अन्तिममा तत्कालिन वडा सदस्य ध्रुव खरेलको सहयोगमा उद्योग दर्ता गरेको उनको भनाइ छ । वडा जनप्रतिनिधि खरेलले अनिताको कुनै फाइल नरोक्नु भनेपछि वडाले घरेलुलाई पत्र लेखेको एकै दिनमा काम भएको तर घरेलुले वडालाई दर्ता गरिदिन भनी दिएको पत्र नै वडा ले बुझ्न नमानेपछि घुस दिनु परेको उनको गुनासो छ ।

    घर धितो राखेर उद्योग : २५ प्रकारका चप्पल उत्पादन, वार्षिक ६० लाखको कारोवार 

    यसरी अनेक व्यवधानसँग जुद्धै अनिताले २०७८ साल असोज १३ गते उद्योग दर्ता गरिन् । उद्योगले उत्पादन पनि दिन सुरू गर्यो । पहिलो वर्ष आफ्नो उत्पादन बजारमा पु¥याउन उनलाई अत्यन्तै गाह्रो भयो । आफैं मार्केटिङ्ग गर्ने उनलाई सानो उद्योगको उत्पादन विक्री हुँदैन भनेर कैयौं पटक व्यापारीले फर्काइदिए । ठूला उद्योगले बजारमा जुत्ता चप्पल विक्री गरिराखेका व्यापारीले पहिलाको स्टक छ, अहिले नलिने भनेर उनलाई फिर्ता पठाइदिन्थे । बजारले पटक पटक अनितालाई अस्वीकार गरेपनि उनले हिम्मत हारिनन् । घरको काम र उद्योग व्यवस्थापन संगै मार्केटिङ्गको काम उनले एकैसाथ गरिरहिन् । र, अत्यमा सफलाता हासिल गरेरै छोडिन् ।

    अनिताको उद्योगले उत्पादन गरेका चप्पल अहिले रूपन्देही सहित पाल्पा, अर्घाखाँची, प्युठान, दाङ लगायतका जिल्लामा जाने गर्छन् । उनको उद्योगले अहिले २५ किसिमका चप्पल उत्पादन गर्ने गर्छ । हवाई, पियु, इभा नामका चप्पल उनको उद्योगका सबै भन्दा बढी विक्री हुने चप्पल हुन् । अनिताको उद्योगले अहिले बार्षिक ५० देखि ६० लाखसम्मको कारोबार गर्नेगर्छ । जसबाट १५ लाख बढी वार्षिक आम्दानी हुने उनी बताउछिन् । हिजो ठुलो उद्योगको स्टक छ, स्थानीय उद्योगको उत्पादन किन्दैनौं भन्ने व्यापारीले आज अन्य उद्योगकोभन्दा २ प्रतिशत महङ्गोमा उनको उत्पादन खरिद गर्छन् । 

    अनिताको उद्योगले उत्पादन गरेका चप्पल अहिले रूपन्देही सहित पाल्पा, अर्घाखाँची, प्युठान, दाङ लगायतका जिल्लामा जाने गर्छन् । उनको उद्योगले अहिले २५ किसिमका चप्पल उत्पादन गर्ने गर्छ । हवाई, पियु, इभा नामका चप्पल उनको उद्योगका सबै भन्दा बढी विक्री हुने चप्पल हुन् । अनिताको उद्योगले अहिले बार्षिक ५० देखि ६० लाखसम्मको कारोबार गर्नेगर्छ । जसबाट १५ लाख बढी वार्षिक आम्दानी हुने उनी बताउछिन् । हिजो ठुलो उद्योगको स्टक छ, स्थानीय उद्योगको उत्पादन किन्दैनौं भन्ने व्यापारीले आज अन्य उद्योगकोभन्दा २ प्रतिशत महङ्गोमा उनको उत्पादन खरिद गर्छन् । अहिले अन्य उद्योगभन्दा आफ्नो उद्योगको चप्पल बढि विक्री हुने अनिताको दावी छ ।

    हिजो चरम अभावको सामना गरेकी अनिता आज उद्योगी बनेकी छन् । लाखौंका मेसिनले उनका लागि काम गर्छन् । अहिले उनिसँग नियमित काम गर्ने ९ जना कामदार छन् । यो सबै सफलताको प्रेरणा उनी आफ्नो श्रीमान् भएको बताउँछिन् । आम महिला दिदिबहिनी तथा पुरुष दाजुभाईलाई मोबाईल चलाएर बस्नुभन्दा सिप सिकेर व्यवसाय गर्नुपर्छ, खाली हात बस्नु हुँदैन भनि सुझाउने उनी  आफ्नो व्यवसाय अझ ठूलो बनाउने योजनामा छन् ।
      
    विहान साँझ घरको काम सकेर दिनमा उद्योगमा ध्यान दिने अनितालाई श्रीमानको राम्रो सपोर्ट छ । श्रीमानले नेपाल आर्मीको जागिरबाट अवकाश लिएर अहिले वैदेशिक रोजगारिमा दुवई छन् । अनिता भन्छिन्, "अब अरु मेसिन पनि थप गर्छु र श्रीमान् श्रीमतिले यहि उद्योगलाई अगाडी बढाउने हो, श्रीमानलाई विदेश जान नपर्नेगरी काम गर्ने हो । प्रत्येक नेपालीको खुट्टामा म देवदहमा उत्पादित अनिताको जुत्ता चप्पल पु¥याउन चाहान्छु ।"

    निरन्तर मेहनत गर्यो भने एकदिन सबैको दिन आउँछ भनेझै अहिले अनिताका दिन फिरेका छन् ।  समयसंगै अनिताको जीवनमा परिवर्तन आएको छ । हिजो दुईछाक खानको लागि भौंतारिने अवस्थाकी अनिता अहिले अरुको हातमुख जोर्ने माध्यम बनेकी छन् । अनिता सानो उमेरमा जसको घरमा एक मुठी चामल माग्दा नपाएर खाली हात लिएर फर्किनु पर्दथ्यो, अहिले त्यहि परिवारका सदस्य अनिताकोमा काम माग्न आउने गर्छन् । अनिता भन्छिन, "म त्यस्तो मान्छेलाई जागिर दिन्छु, जसले यहाँको पैसा लगेर विहान साझँ चुलो जलाउन पाओस्, उसले दुई छाक खाना खान पाओस् । आफ्नो उद्योगबाट आम्दानी भएको कुल रकम मध्यबाट ३ प्रतिशत रकम प्रत्येक बर्ष अनिताले अपाङ्गता भएका, असहाय, एवं गरिब परिवारलाई दिने गरेको बताउँछिन् ।"

    कहालिलाग्दो विगत पार गर्दै जीवन यात्रामा सफलताका सिढी चढीरहेकी अनिताको ठूलो उद्यमी बन्ने, सयौंलाई रोजगार दिने, राज्यलाई लाखौँ कर तिर्ने र लाखौ नेपालीको खुट्टामा अनिता जुत्ता चप्पल उद्योगको उत्पादन देख्न चाहाने अनिताको सपना पुरा होस् । अभाव र गरिवीको कारण खाली खुट्टा हिड्नुपर्ने अवस्थाका नागरिका खुट्टामा पनि उनले उत्पादन गरेका जुत्ता देख्न पाइयोस् । शुभकामना  ! 

    नोट : नारी नेतृत्व स्तम्भ देवदह नगरपालिका उपप्रमुखसंग महिला कार्यक्रम र सेतोमसीको सहकार्यमा संचालित लेखन कार्यक्रम हो  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।