देवदह । रूपन्देहीको देवदहमा अवस्थित देवदह आदर्श बहुमुखी क्याम्पसमा एक्सन रिसर्च तालिम सुरू भएको छ । शुक्रबार एक कार्यक्रमबीच देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले तालिमको उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत सापकोटाले स्थानीय तहले रिसर्चमा लगानी गर्नुपर्ने बताए । देवदह नगरपालिका स्थानीयस्तरमा रहेका प्राज्ञीक संघसंस्थासंग सहकार्य गरि खोज तथा अनुसन्धानमा लगानी गर्न तयार रहेको उनले बताए । स्थानीय सरकारले गर्नैपर्ने रिसर्चको लागि क्याम्पस जस्ता प्राज्ञीक संस्थाहरू महत्वपुर्ण हुने उनको भनाई छ । 
तीनदिनसम्म संचालन हुने तालिममा देवदह आदर्श बहुमुखी क्याम्पससहित रूपन्देहीका ९ वटा क्याम्पसका ३२ जना प्राध्यापक सहभागी छन् । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा संचालित तालिममा काठमाडौं विश्वविद्यालयका डा श्रीकृष्ण वाग्ले प्रमुख ट्रेनर रहेको क्याम्पसले जनाएको छ ।
क्याम्पसका रिसर्च सेल संयोजक होमनाथ शर्माको अध्यक्षमा सम्पन्न उद्घाटन समारोहमा क्याम्पस अध्यक्ष वासुदेव रिमाल, क्यापस प्रमुख जयकिशन अधिकारी, क्याम्पसका विश्वविद्यालय अनुदान आयोग फोकल पर्सन नारायण भण्डारी लगायतले बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology