पछिल्लो समय संयुक्त परिवार धेरैकाे चाहानाभित्र पर्दैन । बस्ती बढ्दै जाँदा घरहरू नजिक हुने तर टुक्रे सामाजिक चिन्तनले एकै परिवारमासमेत मनहरू बाडिदै जाने र परिवार टुक्रिने परिस्थितिमा सफलताको सपना देख्ने र आफ्नो सपना पुरा गर्न अनवरत संघर्ष गर्नेहरूलाई 'संयुक्त परिवार चुनौती होइन, अवसर हो' भनेर प्रमाणित गर्ने सफल महिला हुन् - देवदहकी अनिता गिरी ।
बि. सं. २०३६ सालमा बुवा चित्रबहादुर थापा र आमा विष्णु थापाको कोखबाट पहिलो सन्तानको रुपमा इण्डियाको बनारसमा अनिता गिरीको जन्मभयो । बुवा इण्डियन आर्मी भएकोले अनिताको जन्म संगसंगै बाल्यकाल पनि त्यही नै वित्यो । पहिलो सन्तानको रुपमा जन्मिएकी अनिताले प्राथमिक तहको शिक्षा पनि बनारसमा नै गरिन । आर्थिक अभाव झेल्न नपरेपनि बुवाको सर्भिसको स्थान फेरीएसंगै विद्यालय फेरिदा पढाईको तालमेल नमिलेपछि उनी आमासंग बुवाको घर भएको स्थान गुल्मीको ग्वाघा भन्ने ठाउँमा आएर बस्न थालिन् । गुल्मी आएपछि कक्षा ६ मा ग्वाघामा रहेको विद्यालयमा उनी भर्ना भईन् ।
त्यो समय अनिताका लागि त्यति सजिलो थिएन । इण्डियामा बसेकी अनितालाई नेपालको परिवेशमा घुलमिल हुन केही समय लाग्यो । तर पढनमा मिहेनती र अनुशासित अनिताले आफुलाई रूपान्तरण गर्दै पढाईलाई अघि बढाइन् । तत्कालिन अवस्थामा उनलाई विद्यालय पुग्न मात्र १ घण्टाको पैदल यात्रा गर्नुपर्ने हुन्थ्यो । बिहान र बेलुका घरमा आमालाई खेतीपाती र घरको काममा सघाउनुपर्ने भएकाले विद्यालय जादा र आउदा बाटोमा पनि उनले पढ्दै जाने-आउने गरेको उनलाई अहिले पनि सम्झना छ ।
विद्यालयको पढाई र घरको व्यवहारीक ज्ञान पनि राम्रोसंग बुझेकी अनिता कक्षा ९ र १० मा अध्ययन गर्न आमासंग २०५१ सालमा नवलपरासीको सुनवल ७ तरगौलीमा आएर बसोबास गर्न थालिन् । २०५३ सालमा उनले केरवानी माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरिन् । २०५४ सालमा आईए पढनको लागि तरगौलीबाट साईकलमा आउदा सधै पहिलो कक्षा छुट्ने गर्थ्यो । आईएमा भर्ना भएको २-३ महिनामा नै नेपालगञ्जमा रहेको नेपालगञ्ज नर्सिङ्ग कलेजमा ३५ जनाको पढनका लागि आहवान भएको सिटमा फर्म उनले भरिन् । घरमा नै बसेर सेल्फ स्टडि गर्ने अनिताले कुनै दिन पनि नर्सिङ्ग क्लास लिन गएकी थिइनन् तर पनि ३५ जनाको लागि खोलिएको सिटमा ११०० जनाले फर्म भरेकोमा १९ नम्बरमा उनको नाम निस्कियो ।
अनिताका बुवा घरबाट टाढा राखेर उनलाई पढाउँन चाहदैन थिए । "बुवाले छोरीलाई पढाउने होइन, लाहुरेसंग नै विवाह गरिदिने हो भन्नुहुन्थ्यो, तर मैले घरमा कसैलाई नभनी शंकरनगरमा रहनु भएका मामाको सहयोगले नर्सिङ्गको फर्म भरेकी थिएँ" उनले भनिन्, "मेरो सपना त डाक्टर नै बन्ने थियो तर आर्थिक रुपले मध्यम बर्गको हुँदा डाक्टर पढ्ने स्थिती नभएकाले आफ्नो सपना पछ्याउने आट नै आएन" ।
घाँस काट्न जाँदासमेत अनिताको हातमा कपि-किताब नछुटाउने उनले नर्सिङ्गमा नाम निस्किएपछि पनि सहजै भर्ना हुन पाइनन् । अभिभावक विना नै नर्सिङ्गमा फर्म भरेर नाम निकालेकी उनले आमालाई फकाएर ८ हजार लिएर भर्ना भै नेपालगञ्ज गएर पढ्न थालिन् ।
अनिताको पढ्ने रहर अझै मेटिएको थिएन जब छोरी २० महिनाकी थिईन तब उनले स्तनपान गर्दै गरेकी छोरीलाई घरमा सासु आमाको साथमा छोडेर काठमाण्डौमा रहेको ओम हेल्थ क्याम्पसमा विएससि नर्सिङ्ग अध्ययन गर्न थालिन् । २० महिने दुधे छाेरी छाेडेर विएन् पढ्दा बालस्वास्थ्यका धेरै कक्षामा अनिताका आँखा रसाउथे । बसमा यात्रा गर्दा अरु महिलाले बच्चालाई स्तनपान गराएको देख्दा उनको मन अमिलो हुन्थ्यो । तर पनि आफु समालिदै र परिवारलाई समाल्दै उनले आफ्नो पढाइलाई अघि बढाइन् ।
नर्सिङ्ग पहिलो बर्ष पढ्दापढ्दै उनको २०५५ साल वैशाख १५ गते १७ बर्षको उमेरमा नवलपरासीको बुलिङटार निवासी छविराज गिरीसंग विवाह भयो । त्यो समयमा सानो उमेरमा नै विवाह गर्ने चलन थियो । "बिहेपछि पढाईसंगै परिवारलाई पनि सम्हाल्ने जिम्मेवारी काधमा आयो । श्रीमान पनि नर्सिङ्ग पेशामा नै भएकाले पढ्नका लागि त्यति दुःख त भएन तर सासु र ससुरालई कन्भिन्स भने पक्कै पनि गर्नुपर्ने थियो" उनी भन्छिन्, "आफ्नो काम सम्पन्न गर्नका लागि परिवारलाई खुसी पार्नुपर्छ भन्ने कुरा राम्रोसंग बुझेर मैले परिवारलाई मनाउंदै र परिवारप्रतिको जिम्मेवारी पनि सम्हाल्दै पढाईलाई अगाडी बढाएँ ।"
नर्सिङ्ग पढेर सक्नासाथ २०५९ सालको पहिलो सन्तानको रुपमा उनले छोरीलाई जन्म दिईन । त्यो समयमा खैरेनीमा श्रीमानको उपकार मेडिकल हल सञ्चालनमा थियो । पछि नाम परिमार्जित गरि गिरी मेडिकलको नामले चिनिन थाल्यो । श्रीमान नवलपरासीमा सरकारी जागिर भएकाले छोरीको स्याहारसुस्यार गर्दै उनले मेडिकल हेर्ने गर्थिन । आफु सुत्केरी भएको ५ दिनको दिनमा उनले विर्ताबाट आएको गर्भवती महिलालाई सुत्केरी गराएको अनुभव छ । आफ्नो पेसागत दायित्व राम्रोसंग बुझेकी उनले आफ्नो स्वास्थ्यको समेत प्रवाह नगरी ती गर्भवती आमा र बच्चालाई बचाएको बताउछिन् ।
अनिताको पढ्ने रहर अझै मेटिएको थिएन जब छोरी २० महिनाकी थिईन तब उनले स्तनपान गर्दै गरेकी छोरीलाई घरमा सासु आमाको साथमा छोडेर काठमाण्डौमा रहेको ओम हेल्थ क्याम्पसमा विएससि नर्सिङ्ग अध्ययन गर्न थालिन् । २० महिने दुधे छाेरी छाेडेर विएन् पढ्दा बालस्वास्थ्यका धेरै कक्षामा अनिताका आँखा रसाउथे । बसमा यात्रा गर्दा अरु महिलाले बच्चालाई स्तनपान गराएको देख्दा उनको मन अमिलो हुन्थ्यो । तर पनि आफु समालिदै र परिवारलाई समाल्दै उनले आफ्नो पढाइलाई अघि बढाइन् ।

२०६५ मा नर्सिङ्ग सकिएपछि उनले १ बर्ष डि एफ आई डि नामक एनजिओमा काम गरिन । बुलिङ्गटारमा ६ महिना बर्थिङ्ग सेन्टरमा र ६ महिना पृथ्वी चन्द्र अस्पतालमा सरकारको मातहतमा रहेर सर्जरिको माध्यमबाट बच्चा जम्माउने सेक्टरमा अनिताले काम गरिन् ।
उनले पहिलो एकेडेमी करिएर लुम्बिनी कलेजमा स्टाफ नर्सलाई पढाउन थालेर सुरु गरिन् । त्यहाँ उनले ३ बर्ष काम गरिन् । सोही समयमा दोश्रो सन्तानको रूपमा छोरालाई जन्मदिईन । बच्चा जन्मिएको दुई ढाई महिना देखिनै उनी आफ्नो जागिरमा जान थालिनन् । त्यो समय सम्झिदै अनिता भन्छिन्, "बच्चालाई दिउँसो दुधको आवश्यकता पर्छ भनेर जागिरमा जानु अघि बोटलमा आफ्नो दुध जम्मा गरेर फ्रिजमा राखेर जाने गर्थें ।"
अनिताले सधै परिवार संगसंगै पढाई र करियरलाई महत्व दिईन् । पढाई र संघर्ष विना कुनै पनि सपना पुरा गर्न सकिदैन भन्ने राम्रोसंग बुझेकी अनितालाई आफ्नो सपना पुरा गर्न न विवाह बन्धनले नै छेक्यो, न त बच्चाहरुले नै । बरू परिवार र बच्चाको भविष्यको लागि मैले झन् कठिन संघर्ष गरें । "विवाहले सबै कुरा बन्धनमा राख्छ भन्ने होइन, आफुले के कुरा प्राथमिकतामा राख्ने भन्ने कुरा ठूलो हो" उनी भन्छिन्, "मैले हरेक दिन संघर्ष गरेको छु । संघर्षविना आज म यहा आउने नै थिएन ।"
बच्चा जन्मिएको दुई ढाई महिना देखिनै उनी आफ्नो जागिरमा जान थालिनन् । त्यो समय सम्झिदै अनिता भन्छिन्, "बच्चालाई दिउँसो दुधको आवश्यकता पर्छ भनेर जागिरमा जानु अघि बोटलमा आफ्नो दुध जम्मा गरेर फ्रिजमा राखेर जाने गर्थें ।"
२०७६ सालमा उनले ईण्डियाको गुजरातमा मास्टर्स इन पब्लिक हेल्थमा अध्ययन पुरा गरेकी उनी २०७० सालबाट बुटवलमा रहेको मेडीटेक ईन्टरनेसनल एकेडेमीमा क्याम्पस चिफ भएर काम गरिरहेकी छन् । उनी सो ऐकेडेमीको फाउण्डर समेत हुन् ।
अनिताले अहिले अनिता मेडिकल हल नाम रहेको मेडिकल चलाई रहेकी छन् । देवदहमा नगर अस्पताल नहुदा उनले आफ्नो मेडिकलमा नै बर्थिङ्ग सेन्टर सञ्चालन गरेकी थिईन् । तर अहिले सरकारले निःशुल्लक बर्थिङ्ग सेन्टर सञ्चालन गरेपछि आफ्नोमा आउने गर्भवती महिलाहरुलाई नगर अस्पताल पठाउने गरेको उनी बताउछिन् ।
कोमल मनकी अनिता अरुको दु:ख देख्न सक्दिनन् । सहयोगी स्वभावकी उनीसंग केही वर्ष अघि गुल्मीको उल्ली खोलामा जाने क्रममा बीच बाटोमा एउटा गर्भवती महिलाले बच्चालाई जन्मदिएपनि उनको सालनाल ननिस्किएर छटपटाई रहेको देखेपछि स्थानीयसंग तन्ना मागेर चारैतिरबाट घेर्न लगाएर सालनाल छुट्टाएर बच्चा र आमालाई बचाउन सफल भएको अनुभव छ ।
"महिलाका प्राकृतिक र सामाजिक मुल्य र मान्यताहरु छन् । जीवन सफल बनाउन सर्वप्रथम यसलाई स्वीकार गर्नुपर्दछ । यसले आफुलाई परिस्थिति अनुसार तयार हुन मदत पुर्याउछ ।" उनी भन्छिन्, "जीवनलाई फर्किएर हेर्ने हाे भने एसएलसीपछि भर्खर नर्सिङ भर्ना मात्र भएकी थिएँ । ३० बर्षभित्रमै २ सन्तानकि आमा भएँ । संयुक्त परिवारकी बुहारी पनि भएँ । प्राविधिक धारबाट मास्टर गरें । स्वास्थ्य र शिक्षासंग जाेडिएका २/४ संस्थामा लगानी गरि नेपालभित्र स्वराेजगारमा ईटा थपेकाे छु ।"
आजका महिलालाई शिक्षा, राेजगार र परिवारकाे सन्तुलन मिलाउनु चुनाैति र आवश्यकता दुबै हो र यसमा सफल हुनुनै जीवन सफल हुनु हाे भन्ने मान्यता राख्ने अनिताको आगामी जीवन अझै सफल बनोस् । उनको व्यक्तिगत सफलता, समाजको सफलता बन्न सकोस् । शुभकामना !
नोट : नारी नेतृत्व स्तम्भ देवदह नगरपालिका उपप्रमुखसंग महिला कार्यक्रम र सेतोमसीको सहकार्यमा संचालित लेखन कार्यक्रम हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology