Logo

२०८३, श्रावण २७गते


images
images

गज

गजल : खायो हिंड्यो गफ चुट्यो … 

गजल : खायो हिंड्यो गफ चुट्यो … 

images
  • गजल : खायो हिंड्यो गफ चुट्यो … 
    images
    images

    गजल : खायो हिंड्यो गफ चुट्यो … 

    images
    images
    images

    खायो हिंड्यो गफ चुट्यो, कसैको काम यस्तै हो ।
    जिन्दगी के छ र मरे पछी, राम राम यस्तै हो । 

    images
    images
    images

    मैले उ भनेको फलानो निकै रिसायो र बोल्दैन,
    अरे यार नामको सट्टामा आउने सर्बनाम यस्तै हो । 

    images
    images
    images

    बृद्धाआश्रम बाट आमाले आँसु टिल्पिलाउदै  भनिन,
    बाबू! सन्तान जन्माए पछिको परिणाम यस्तै हो । 

    सेवा गर, नराम्रो नसोच पुण्य धर्म त्यसैमा छ,
    धाउनु पर्दैन मोक्ष धाम सास्वत धाम यस्तै हो । 

    शिलान्यासको नाममा रिबन कति काटिन्छन काटिन्छन,
    अचम्म नमान्नुस सरकारको तामझाम यस्तै हो । 

    सर्जक : अशोक गौतम "क्षितिज", बुटवल, रुपन्देही
    हाल : पपुवा न्युगिनी

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गजल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।