काठमाडौ । गैर आवासीय नेपाली संघ रास्ट्रीय समन्वय समिती(एनआरएनए-एनसिसि) पपुवा न्युगिनीको अध्यक्ष मा मोहन बाबू पन्त पुन: निर्बिरोध चयन भएका छन । बिगत एक दशक देखि पपुवा न्युगिनीको राजधानी पोर्टमोरेस्वीमा व्यापार ब्यबसाय गर्दै आएका पन्त आगामी दुई बर्से कार्यकालका लागि पुन: चयन भएका हुन ।
पन्त संगै उपाध्यक्षमा पोषण पुन, महासचिबमा बिश्नु दर्नाल पनि निर्बिरोध दोहोरिएका छन । पुन पनि बिगत एक दशक देखि त्यहाँ छन र पछिल्लो ३ वर्ष देखि सेपिक प्रोभिन्समा व्यापार ब्यबसाय गर्दै आएकाछन यस्तै दर्नाल लामो समय देखि त्यहाँ रहेकाछन । त्यसैगरि संस्थाको सचिबमा अशोक गौतम, कोषाध्यक्षमा इन्दु रास्कोटी र सह-कोषाध्यक्षमा सुरेश सुवेदी चयन भएका हुन ।
संघको युबा संयोजकमा दिपेन्द्र थापा, महिला संयोजकमा दुर्गा भवानी भट्ट संगै सदस्यहरुमा केशब राना, खिम थापा, तिलक दवाडी चयन भएका छन ।
राजधानी आसपास बाट प्रत्यक्ष र राजधानी बाहिर बाट भर्चुअल माध्यम जुम बाट उपस्थित भेलाले नवराज भट्टराइ र नारायण भण्डारीलाई क्षेत्रीय संयोजकमा सर्बसम्मत चयन गरेको छ ।
लामो समयदेखी पपुवा न्युगिनीमा रहदै आएका द्वय भट्टराई र भण्डारीसंग उपाध्यक्ष भएर काम गरेको अनुभव छ । त्यसै गरि आइसिसी प्रतिनिधिमा सोम थापा चयन भएका छन । थापा यस अघि सल्लाहकार थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology