Logo

२०८३, श्रावण २७गते


images
images

सशस्त्र समूहले पपुवा न्युगिनीमा बन्धक बनाएका अस्ट्रेलियाली प्रोफेसर रिहा

सशस्त्र समूहले पपुवा न्युगिनीमा बन्धक बनाएका अस्ट्रेलियाली प्रोफेसर रिहा

images
  • सशस्त्र समूहले पपुवा न्युगिनीमा बन्धक बनाएका अस्ट्रेलियाली प्रोफेसर रिहा
    images
    images

    एजेन्सी । पपुवा न्युगिनी (पीएनजी)को एक सशस्त्र समूहले एक सातादेखि बन्धक बनाएर राखेका पुरातत्वविद् र उनका दुई सहकर्मीलाई उद्धार गरिएको छ ।

    images
    images
    images

    गत फेब्रुअरी १३ मा अष्ट्रेलियामा बस्ने न्युजिल्यान्डका प्रोफेसर ब्राइस बार्करलाई माउन्ट बोसावी नजिकै फिल्ड स्टडी ट्रिपमा भाग लिने क्रममा तीन सहकर्मीहरूसँग बन्दुकधारीले अपहरण गरेका थिए । अपहरणकारीहरूले ३.५ मिलियन पपुवा न्यु गिनी किना ($ ९९४,०००; ८३२,००० डलर) फिरौती माग गरेका थिए । 

    images
    images
    images

    प्रधानमन्त्री जेम्स मारापेले उनिहरुले चाहे अनुसारको फिरौती नतिरी बन्धकहरूलाई "गोप्य अपरेसनहरू मार्फत" उद्धार गरिएको बताएका छन । यद्यपि केही रकम बुझाइएको बताइएको छ, कति भन्ने मारापेले खुलाएका छैनन । "हामी फिरौतीको लागि बन्धक बनाइएकाहरूको परिवारसँग माफी चाहन्छौं," उनले भनेका छन ।  "अपराधीहरूलाई, अपराधमा कुनै फाइदा छैन। हामी भगवानलाई धन्यवाद दिन्छौं कि जीवन सुरक्षित भयो।"

    images
    images
    images

    यसैगरी इन्डोनेसियाको नियन्त्रणमा रहेको छिमेकी पपुवामा न्युजिल्यान्डका पाइलट फिलिप मेहर्टेन्स अझै पनि बन्धकमा रहेको बुझिएको छ ।

    पपुवाको दुर्गम पहाडी प्रान्त एनडुगामा आफ्नो विमान अवतरण गरेपछि दुई साताअघि उनको अपहरण गरिएको थियो।

    इन्डोनेसियाली शासनलाई अस्वीकार गर्ने विद्रोही समूह वेस्ट पपुवा नेसनल लिबरेशन आर्मीले पपुवालाई स्वतन्त्रता दिएमा मेहर्टन्सलाई रिहा गर्ने वाचा गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।