एजेन्सी । पपुवा न्युगिनीका उपप्रधानमन्त्री, यातायात तथा पूर्वाधारमन्त्री साम बासिलको गए राति करिब ११ बजे भएको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।
बासिल सवार गाडीलाई अर्को गाडीले ठक्कर दिएको प्रहरीको प्रारम्भिक रिपोर्टमा बताइएको छ । प्रहरीका अनुसार उपप्रधानमन्त्रीलाई बुलोलो अस्पतालमा बेहोस अबस्थामा पुर्याइएको थियो । उनलाई बुलोलो अस्पतालमा पुर्याउने बित्तिकै स्थानीय मेडिकल टोलीले उनलाई मृत घोषित गरेका थिए ।
पपुवा न्युगिनीमा आगामी जुलाईमा आम रास्ट्रीय निर्वाचन हुंदैछ । जसको लागी राष्ट्रिय आम चुनावको रिट बिहीबार १२ मे, २०२२ मा खुल्दैछ ।आफ्नो उम्मेदवारीको तयारी गर्न आफ्ना मतदातामा जाँदै गर्दा भएको यो सवारी दुर्घटनालाई गम्भिर रहस्यमय तरिकाले बुझिएको छ ।
राष्ट्रिय आमनिर्वाचनका लागि रिट जारी हुनुभन्दा केही घन्टाअघि दुर्घटना हुँदा स्वर्गीय बासिल आफ्ना दुई नजिकका सुरक्षा अधिकारी र एक मिडिया अफिसरको साथमा यात्रा गरिरहेको बताइएको छ । दुर्घटनामा एक प्रहरी अधिकारीको पनि मृत्यु भएको छ भने अन्य गम्भीर घाइते भएका छन् ।
यसैबीच प्रहरी आयुक्त डेभिड म्यानिङले दुर्घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको बताएका छन ।
घटनामा दोस्रो गाडीको संलग्नता रहेको र उक्त गाडीका चालकको पहिचान भैसकेको बताइएको छ । उनले घटनाका कुनै पनि प्रत्यक्षदर्शीलाई अनुसन्धानकर्ताहरूलाई सहयोग गर्न अगाडि आउन अपिल गरेका छन ।
प्रधानमन्त्री जेम्स मारापेले आफ्ना उपप्रधानमन्त्री साम बासिलको दुखद निधनले उनको परिवार, बुलोलो, मोरोबे, संयुक्त लेबर पार्टी र देशका लागि ठूलो क्षति भएको बताएका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology