अशोक गौतम 'क्षितिज', पपुवा न्युगिनी । चिनियाँ चिकित्सकहरूको टोली पपुवा न्यूगिनीमा आइपुगेको छ । कोभिड-१९ महामारीको रोकथाम तथा अन्य चिकित्सा सहयोग योजना लागू गर्न ११ सदस्यीय चिनियाँ चिकित्सकहरुको टोली मंगलबार राजधानी पोर्ट मोरेस्वी आइपुगेको हो ।
११ सदस्यीय मेडिकल टिम चिनियाँ चिकित्सा सहायता कार्यक्रमको हिस्सा हो, जसको उद्देश्य राजधानी स्थित पोर्ट मोरेस्बी जनरल अस्पतालका डाक्टरहरूलाई क्लिनिकल शल्यक्रिया गर्न, अन्य प्रोभिन्सहरूमा मेडिकल सेवाहरू प्रदान गर्न, र पपुवा न्युगिनीका नागरिकहरूलाई अझ राम्रो स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुर्याउनु रहेको छ। ।
मेडिकल विशेषज्ञ समूहको नेतृत्व डा. चान क्वाक-चूले गरेका छन भने उक्त टोलीमा डा. चेन गुओजु (कार्डियोलोजी विभाग), डा. लियु झेन्कियु (नवजात शिशु रोग), डा. चेङ जुन (मूत्रविज्ञान) डा. सिया जियाओहुइ (न्यूरोसर्जरी), डा. ह्वांग सियु (ओन्कोलजी), डा. लान यी (स्त्री रोग), डा. माओ जियांग (परम्परागत चिनियाँ चिकित्सा), नर्स याङ जि (अपरेटिंग कोठा नर्स), गाओ यिंग (सम्पर्क अधिकारी) र पे कुँवान (शेफ) रहेकाछन ।
आफ्नो टोली पपुवा न्युगिनीका चिकित्सकहरुसंगै राजधानिमा रहेको पोर्ट मोरेस्बी जनरल अस्पताल लगायत सबै प्रोभिन्समा काम गर्न तयार रहेको प्रमुख डा. चान क्वाक-चूले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology