पोर्टमोरेस्वी । पपुवा न्युगिनीमा ७.० रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयानुसार सोमबार बिहान ३ बजेर ४ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु पूर्वी सेपिक प्रभिन्स विवेकबाट ९६ किलोमिटर दक्षिणपश्चिममा रहेको थियो ।
अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) ले भूकम्पको म्याग्निच्युड ७.० मा राखेको छ, जुन यसअघि ७.३ र ७.६ रेक्टर बताइएको थियो । भूकम्पको गहिराई ६२.६ किलोमिटर रहेको जनाएको छ । सबै उपलब्ध डाटाको आधारमा तत्काल विनाशकारी सुनामीको चेतावनी नदिइएको "प्यासिफिक सुनामी चेतावनी केन्द्रले एक विज्ञप्तिमा बताएको छ"।
एका बिहानै र दुर्गम क्षेत्रमा केन्द्र रहेकोले भुकम्पले भएको क्षति वा हताहतीको विवरण तत्काल उपलब्ध हुन सकेको छैन । अमेरिकी भूगर्भ सर्वेक्षणले अनुमान गरेको छ कि ४५ लाख मानिसहरूले भूकम्पको धक्का महसुस गरेको उल्लेख गरेको छ ।
‘प्यासिफिक रिङ अफ फायर’ मा रहेको पहाडी राष्ट्रमा भूकम्पले विरलै ठूलो क्षति पुर्याउँछ किनभने यस क्षेत्रका धेरै संरचनाहरू हल्का र लचिलो हुने गरि निर्माण गरिएको हुन्छन् । यद्यपि पपुवा न्यू गिनीमा भूकम्पले ठूलो पहिरो निम्त्याउन र जमिन फाट्ने गर्छ ।
सेप्टेम्बर २०२२ मा पपुवा न्यू गिनीमा ७.६ म्याग्निच्युडको भूकम्पले कम्तिमा २१ जनाको ज्यान लियो र दर्जनौं घाइते भएका थिए। २०१८ मा पनि शक्तिशाली भूकम्प जांदा पहिरोका कारण कम्तिमा २०० व्यक्तिको मृत्यु भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology